गोरखा समाचारदाता
साउन १७ गते । मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जन सहित पश्चिम पहाडका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार तीन दिनसम्म मेघ गर्जन सक्ने र चट्याङसहित पानी पर्ने पूर्वानुमान गरेका छन् ।
शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडी भूभागमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन भनेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा राति चाहिँ पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए। हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेकोआगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १७ गते शुक्रबार
दिउँसोस् देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिस् देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण १८ गते शनिबार
दिउँसोस् देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिस् देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
श्रावण १९ गते आइतबार
दिउँसोस् देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिस् देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।



