कैलासबावु श्रेष्ठ
साउन १५ गते । जनता आवास अन्तरर्गत यो बर्ष गोरखा जिल्लामा १ सय ५४ घर निर्माण हुने भएको छ ।
शहरी विकास तथा भवन कार्यालय गोरखाले दिएको जानकारी अनुसार यो बर्ष चेपाङ, कुमाल, भुजेल, माझी, मस्लिम, कुसुण्डा र गन्धर्व गरी उत्त घर बन्न लागेको हो । कार्यालयका अनुसार लोपउन्मुख, अति सिमान्तकृत, विपन्न र दलित तथा मुस्लिम समुदायको लागि १ सय ५४ घर निर्माण हुन लागेको हो ।
घर निर्माणका लागि जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले समेत स्विकृती दिई सकेको कार्यालयका ईन्जिनियर अजय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यो बर्ष दलित समुदायका लागि ५१ घर निर्माण हुने छन भने चेपाङ समुदायका लागि ३९ घर निर्माण हुने छन । त्यस्तै गरी बराम समुदायको लागि २५, कुमाल समुदायको लागि २४, माझी र मुस्लिम समुदायका लागि ५÷५ घर र भुजेल र कुसुण्डाका लागि २÷२ घर र गन्धर्व जातीको लागि १ घर निर्माण हुने भएको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार सबै भन्दा धेरै गोरखा नगरपालिकामा घर निर्माण हुने छ भने गण्डकी गाउँपालिकामा ४० घर घर निर्माण हुने छ । त्यस्तै गरी आरुघाट गाउँपालिकामा १६ घर, पालुङटारमा १४ घर, सिरानचोकमा १० घर, धार्चे गाउँपालिकामा ६ घर, शहिद लखनमा र बारपाक सुलिकोट गाउँपालिकामा ५÷५ घर, अजिरकोटमा ४ घर र भिमसेनथापा र चुम नुब्री गाउँपालिकामा ३÷३ घर निर्माण हुने छ ।
गत बर्ष संघिय सरकार अन्तरर्गत रहेको जनता आवास कार्यक्रम यो बर्ष भने प्रदेश सरकार अन्तरर्गत रहेको कार्यालयले जानकारी दिएको छ ।



