- नेत्र विक्रम चन्द विप्लव समूह माथि आशंका
कैलासबावु श्रेष्ठ
साउन १६ गते । गोरखाको पालुङटारमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राती अज्ञात समूहले उत्त टावरमा आगजनी गरेको थियो ।
पालुङटार नगरपालिका ८ को दुवाड भन्ने स्थानमा बुधबार राती ११ बजेको समयमा अज्ञात समूहले एनसेलको टावर माथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । ‘देशै भरी एनसेलको टावरमा आगजनी भई रहेको छ ।गोरखामा पनि आगजनी गर्ने नेत्र बिक्रम चन्द समूह विप्लव समूहले आगजनी गरेको हुन सक्ने’ प्रहरी उपरिक्षक अधिकारीले बताए ।

राती गरिएको आगजनीमा टावरको लागि जडित जेनेरेटर र टावरमा प्रयोग गरिएको प्लाटिक तारमा क्षेति पुगेको ईलाका प्रहरी कार्यालय ठाटीपोखरीले जानकारी दिएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी बिहीबार बिहानै घटना स्थल पुगेको थियो । क्षेतिको विवरण भने आउन बाँकी नै छ ।



