×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कमजोर मानसिकताका कारण आत्महत्या बढ्दो

  •  
  • बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    साउन १६ गते । बुधबार एकाविहानै अपत्तयारिलो खबर आयो । खबर थियो, शहिद लखन गाउँपालिका ७ बुंकोटमा १२ बर्षिया बालिकाले झुण्डिएर आत्महत्या गरिन् । कक्षा ५ मा पढ्ने बुंकोटकी प्रशान्ता श्रेष्ठले किन फालिन ज्यान ? तर कारण ठूलो केहि थिएन । उनले ज्यान अकालमै फाल्नु पर्ने त्यस्तो ठूलो समस्या पनि केहि होइन । भएको के रहेछ भने, अघिल्लो दिन मंगलबार बेलुका उनले आमाको ५० रुपैया नसोधिकनै झिकिछन् । आमाले थाहा पाएपछि उनले सभ्य भाषामा छोरीलाई सम्झाउने प्रयास गरिन् । रकम ठूलो थिएन तर बानी बिग्रिने भन्दै उनकी आमाले आवस्यक भए माग्न सुझाव दिइन् । यो सबैको अभिभावकले स्वभाविकै गर्ने ब्यवहार थियो । तर उनलाई त्यै कुराले बिझायो ।

    बिहान आमा धारा गएको बेला पिङ हाल्छु भन्दै लुगा सुकाउने डोरी ल्याएर उनि झुण्डिइन् । तत्कालै उनकी ७ बर्षकी बहिनी प्रविनाले देखिन् । छिमेकीलाई बोलाएर उनले डोरी त काटिन तर दिदीलाई बचाउन सकिनन् । ‘पैसा चोर्नु हुन्न भनेर अजि र ममिले बेलुका नै भन्नुभएको हो, म आफ्नै धुनमा खेलिरहेको थिए, दिदी पिङ हाल्छु भनेर डोरी लिएर भित्र जानुभएको हो’ बहिनी प्रविनाले आँखाभरी आँसु बनाउदै भनिन् ‘एकछिन पछि जादा त डोरीमा झुण्डिरहनु भएको रहेछ, पल्लोघरको अजिलाई बोलाएर थाम्न लगाएर मैले नै डोरी काटिदिएँ ।’

    त्यसो त यस्तो घटना गोरखामा नयाँ भने होइन । तिन बर्षको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक बर्षमा आत्महत्याको संख्या बढेको देखिन्छ । आर्थिक बर्ष २०७३÷७४ मा ५३ जनाले आत्महत्या गरे भने ७४÷७५ मा केहि घटेर ४७ मा झ¥यो । तर त्यो संख्या २०७५÷७६ मा ह्वात्तै बढेर ६८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । तिनबर्षमा गोरखामा १६८ जनाले आत्महत्या गरेको मध्ये बढि पुरुष छन् । जसमध्ये ९७ जना पुरुष र ७१ जना महिला रहेको तथ्थ्यांकमा छ ।

    आत्महत्या गर्नेमा युवाको संख्या बढी
    जिल्लामा आत्महत्या न्यूनिकरणको अभियान नचलेका पनि होइनन् । विद्यालय, कलेज लगायत बिभिन्न समुदायमा प्रहरी र नागरिक समाज स्तरबाट पनि अभियान चलिरहेकै छन् । तर दिनप्रतिदिन संख्या भने बढ्दो देखिन्छ । यसो त जिल्लाको तिन बर्षको तथ्यांकलाई हेर्दा आत्महत्या गर्ने मध्ये सबैभन्दा बढी युवा अवस्थाका छन् ।

    ३ बर्षमा १६८ जनामध्ये ९५ जना १८ देखि ४० बर्षभित्रका छन् । यस बर्ष ६८ मध्ये ३९ जना यसै उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस्तै ३ बर्षमा १८ बर्षमुनिका २४ जना र ४० माथीका ४९ जनाले आत्महत्या गरेका छन् ।

    बेरोजगारी मुख्य कारण
    हाम्रो समाजमा बेरोजगारी मुख्य समस्या हो । बेरोजगारीकै कारण दिनप्रतिदिन युवाहरु वैदेशिक रोजगारीका लागि पलायन हुने क्रम बढ्दो छ । गरिवी र बेरोजगारीका कारण हत्या हिंशा, लुटपाट र अवैद्य धन्दा पनि उत्तिकै मौलाएको देखिन्छ । तर त्यसो मात्रै होइन, पछिल्लो समय बेरोजगारी र गरिवीकै कारण आत्महत्याको संख्या पनि उत्तिकै बढ्दो छ । जिल्लाको गत ३ आर्थिक बर्षको तथ्यांकलाई केलाउने हो भने ४३ जनाले सोही कारणबाट आफ्नो ज्यान फालेका छन् ।

    यस बर्ष मात्रै २७ जनाले बेरोजारीका कारण आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै अशिक्षा, घरेलु हिंशा, मानसिक असन्तुलन, प्रेममा असफलता, उच्च आकांक्षा, सामाजिक सञ्जालको दुरुपयोग, परिक्षा, सामाजिक दवाव, बसाईसराई लगायतका कारणले पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।

    कमजोर मानसिकता हुनेले ज्यान फाल्छन् : एसपी अधिकारी
    कमजोर मानसिकता हुनेले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले बताए । चुनौतीसंग सामना गर्न असमर्थ ब्यक्तिलाई यस्तो किसिमको बिचार आउन सक्ने उनको भनाई छ । ‘मान्छे चाहिने भन्दा बढी महत्वाकांक्षी हुनु ।

    आफुले भनेका कुरा पूरा नहुँदाको अवस्थामा आत्मबल कमजोर हुनेहरु र जीवनको महत्व नबुझ्नेहरुले आत्महत्याको गलत बाटो रोज्ने गरेको देखिन्छ’ एसपी अधिकारीले भने ‘आत्महत्या एउटा जटिल सामाजिक समस्या बनेकाले यसविरुद्ध जनचेतनामूलक महाअभियान चलाउनुपर्ने देखिन्छ ।’ आत्महत्या समस्या समधानको बाटो नभएको जिकिर गर्दै एसपी अधिकारीले मानिसले जिवनको मुल्य नबुझ्दा र समयअनुकुल आफुलाई परिमार्जन गर्न नसक्दा समस्या पैदा भएको बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.