गोरखा समाचारदाता
साउन १६ गते । लगातारको बर्षासँगै आएको पहिरोले आरुघाट गाउँपालिका १ मान्बुको धोरतमा चार घर परिवार विस्थापित भएका छन् ।
एक हप्ताअघि परेको बर्षासँगैको पहिरोले स्थानीय सानुमाया गुरुङ, सुम्बा गुरुङ, चन्द्रबहादुर घले, र जया गुरुङको परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पुर्ण बहादुर दाहालले बताए । घर आसपासका क्षेत्रबाट पहिरो खस्न थालेपछि उनिहरु घर छोड्न बाध्य भएको अध्यक्ष दाहालको भनाई छ ।
बिस्थापित चार परिवारलाई नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाले गाउँमै पुगेर सहयोग सामाग्री वितरण गरेको जनाएको छ । उनिहरुलाई अस्थायी टहरा निर्माण गर्न टेण्ट, त्रिपाल लगायत अत्यावस्यक सामाग्री हस्तान्तरण गरिएको रेडक्रशका जिल्ला सभापति भगवानबाबु मास्केले बताए ।



