गोरखा समाचारदाता
साउन १६ गते । रोटरी क्लव अफ ब्रज मनास्लु गोरखाको अध्यक्षमा रुसबाबु जोशी चयन भएका छन् ।
जिल्ला सदरमुकाममा भएको चौथो पदस्थापना कार्यक्रममा वर्ष २०१८/०१९ का अध्यक्ष बाबुराम श्रेष्ठले जोशीलाई पद हस्तान्तरण गरेका हुन् । जसअनुसार रोटरी क्वल अफ बज्र मनास्लुको नयाँ कार्यसमितिले पदस्थापना गरेको छ ।
जसको निबर्तमान अध्यक्षमा बाबुराम श्रेष्ठ, इलेक्र्ट प्रेसिडेन्टमा विष्णुबहादुर राना, नोमिनेट प्रेसिडेन्ट कृष्णमान श्रेष्ठ, उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सचिव शिशुबाबु प्रधान, सहसचिव नोखबहादुर बोगटी, कोषाध्यक्ष किरणबाबु श्रेष्ठ, एडमिन दामोदर घिमिरे, टि आर एफ बिदुर बानियाँ, पब्लीक रिलेसन कोर्डिनेटर विनोद अर्याल, मेम्बर सिप ग्रोथ रामकुमार श्रेष्ठ, सर्भिस पोजेक्ट सुजन श्रेष्ठ, प्र. एवं सर्जन एट आर्म भाइचन्द्र श्रेष्ठ रहेका छन ।



