गोरखा समाचारदाता
साउन १५ गते । योगेश भट्टराईले राष्ट्रपति विद्या भण्डारीबाट पर्यटनमन्त्री पदको सपथ लिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शीतल निवासमा भएको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए।



