कैलासबावु श्रेष्ठ
साउन १५ गते । गोरखा बजारको एउटा पुरानो मिठाई पसलको उत्पादीत सामाग्री जाँचका लागि पठाईएको छ ।
गोरखा नगरपालिका ६ को पुरानो बसपार्कमा रहेको गुप्ता मिष्ठान्न भण्डारमा उत्पादीत भएका मिठाईहरु गुणस्तर जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहु पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
कार्यालयले मंगलबार मिठाईएका केही नमुना संकलन गरी गुणस्तर जाँचका लागि तनहुँ पठाएको थियो । उत्त मिष्ठान्न भण्डारबाट उत्पादीत लडुमा अखाद्य बस्तु मिसाएको भन्ने भिडियो सामाजिक संञ्जालमा देखिए पछि सरोकारवालाहरुको एक समूहले मंगलबार पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भण्डार कानून भन्दा विपरीत सञ्चालन भएको पाईएको छ । नेपाल सरकारको कुनै पनि निकायमा बिना दर्ता उत्त मिष्ठान्न भण्डार हाल सम्म सञ्चालन हुदै आएको भन्दै प्रशासनले १५ दिन भित्र सबै कागजात उपलब्ध गराउन भनेको छ ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श गोरखा, उपभोत्ता हित संरक्षण मञ्च र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



