×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

राजकुमारी हाया: दुबईका शासककी कान्छी पत्नीद्वारा ‘बलपूर्वक गरिएको विवाह’ विरुद्ध जोगिन यूकेमा मुद्दा

  •  
  • बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै यूकेमा एउटा मुद्दा हालेकी छन्।

    शेख मोहम्मद अल मक्तुमकीकी पत्नी राजकुमारी हाया बिन्त अल-हुसेन राजपरिवारबाट भाग्ने तेस्री महिला सदस्य हुन्।

    यसै महिना उनी लन्डनमा लुकेको बताइएको थियो। उनी आफ्नो ज्यान असुरक्षित भएको भनेर चिन्तित भएको बताइन्छ।

    उनले दायर गरेको मुद्दा मङ्गलवार लन्डनमा सुरु भएको छ।

    उच्च अदालतमा के भयो ?

    राजकुमारी हायाले संयुक्त अरब इमिरेट्स (यूएई)मा आफूले छाडेका छोराछोरीको अभिभावकत्व लिन पाउनुपर्ने माग गरेकी छन्।

    उनले जबरजस्ती गरिएको विवाह र दुर्व्यवहारबाट बच्ने आदेश पनि माग गरेकी छन्।

    राजकुमारी हाया

    राजकुमारी हायाद्वारा गरिएका मागहरूको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

    यसबीच शेख मोहम्मदले चाहिँ आफ्ना सन्तानको दुबई फिर्तीका लागि आवेदन दिएका छन्।

    उनले अदालतले दिने आदेशहरूको विस्तृत विवरणहरूको जानकारी सार्वजनिक गर्ने कार्यमा पनि रोक लगाउन माग गरेका थिए। तर त्यसलाई न्यायाधीशले खारेज गरिदिए।

    सर एन्ड्र्यु म्याक्फार्लेनले यो “सार्वजनिक सरोकारको विषय” भएको भन्दै अदालतमा गइसकेपछि त्यसको व्यापक अर्थ रहने आदेश दिएका थिए।

    राजकुमारी हाया को हुन् ?

    राजकुमारी हायाको जन्म जोर्डनमा भएको थियो। उनले ब्रिटेनका निजी विद्यालयहरूमा अध्ययन गरेकी हुन्।

    उनी जोर्डनका वर्तमान शासक अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन्। उनी ओलम्पिक्समा घोडचढीमा सहभागी पनि भएकी थिइन्।

    शेख मोहम्मदसँग उनको सन् २००४ मा विवाह भएको थियो। उनी शेख मोहम्मदकी छैटौँ र कान्छी पत्नी हुन्।

    सत्तरी वर्षका शेख गोडोल्फिन घोडादौड कम्पनीका अर्बपति मालिक हुन्। उनका विभिन्न पत्नीमार्फत् २३ सन्तान रहेको बताइन्छ।

    राजकुमारी हाया

    पैँतालीस वर्षीय हाया सुरुमा शरण खोज्न जर्मनी पुगेकी थिइन्।

    अहिले उनी लन्डनको प्रमुख क्षेत्र केन्सिङ्टन प्यालेस गार्डेनमा झन्डै १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसेर कानुनी लडाइँ लडिरहेको बताइएको छ।

    उनी यूकेमा नै बस्न चाहन्छिन् भन्ने अनुमान गरिएको छ।

    यद्यपि उनका पतिले दुबईमा उनको फिर्ती चाहे भने यूएईसँग निकट सम्बन्ध रहेको ब्रिटेनका लागि कूटनीतिक टाउको दुखाइ बन्नसक्छ।

    राजकुमारी भागेपछि शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोस्ट गर्दै नाम उल्लेख नगरीकन एक महिलाले ‘धोखा दिएको र विश्वासघात गरेको’ आरोप लगाएका थिए।

    राजकुमारी हाया

    राजकुमारी हाया किन भागिन् ?

    उनीनिकटस्थ सूत्रहरूका अनुसार हायाले यसै वर्ष शेखकी एक छोरी शेखा लतिफाबारे चिन्ताजनक तथ्यहरू फेला पारेकी थिइन्।

    शेखा लतिफा एक फ्रान्सेलीको सहयोगमा डुङ्गामार्फत् दुबईबाट भागेकी थिइन्। तर उनलाई भारतीय तटबाट सशस्त्र रक्षकहरूले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए।

    उक्त घटनालाई लिएर त्यस बेला राजकुमारी हायाले दुबईको प्रतिरक्षा गरेकी थिइन्।

    उनले शेखा लतिफा ‘शोषणको सङ्कटमा रहेको’ र दुबई फर्केपछि ‘सुरक्षित भएको’ दाबी गरेकी थिइन्।

    मानव अधिकारकर्मीहरूले चाहिँ शेखा लतिफालाई उनको इच्छाविपरीत अपहरण गरिएको बताएका थिए।

    यस घटनापछि राजकुमारी हायालाई कैयौँ नयाँ तथ्य थाहा भएको र उनको पतिको ठूलो परिवारबाट उनीमाथि दबाव बढ्दै गएको बताइएको छ।

    त्यसपछि उनले आफूलाई दुबईमा असुरक्षित अनुभूति गर्न थालेको बताइएको छ।

    सन् २००० मा शेख मोहम्मदकी अर्की छोरी शेखा शाम्सा अल मक्तुम दक्षिण पूर्वी इङ्ल्यान्डस्थित घरबाट भागेकी थिइन्।

    झन्डै एक वर्षपछि उनी क्याम्ब्रिजमा फेला परिन् र दुबई फर्किइन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.