×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

आधा साउन सकिदा समेत धान रोपाइ सकिए

  •  
  • बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    जिल्लामा यस वर्ष धान रोपाइँ ढिला भएको छ । मनसुन ढिला गरी आएको र प्रयाप्त रुपमा सक्रिय हुन नसक्दा रोपाइँ हुन नसकेको हो । ‘अहिलेसम्मको डाटा हेर्दा ७० प्रतिशत रोपाइँ सकिएको देखिन्छ’ कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले भनिन् ‘अहिले सम्म पुरै रोपाइँ सकिनु पर्ने हो तर ढिला भयो ।’

    सिञ्चाइ सुबिधा भएका जिल्लाका अधिकाशं फाटहरुमा धान रोपाइँ भइसकेको छ । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ठाउँमा भने अझै बाँकी छ । ‘गोरखामा २० प्रतिशत खेतको लागि मात्र सिञ्चाइ सुबिधा छ’ उनले भनिन्, ‘बाँकी ८० प्रतिशत भू-भागमा आकाशे पानीको भर पर्नुपर्ने अबस्था छ, बेलामा पानी परेन भने सधै यस्तै समस्या हुन्छ ।’ आवश्यकता अनुसार मनसुन सक्रिय नहुँदा मुल फुट्न सकेको छैन् ।

    जिल्लाको चेपे, मस्याङ्दी, दरौंदी र बुढीगण्डकी नदीको किनारमा रहेका केही ठूला फाँटमा सिञ्चाइ सुबिधा भए पनि अधिकाशं खेतमा आकाशे पानीको भर पर्नुपर्ने अबस्था छ । ‘अब त बिऊ बुढो भइसक्यो, छिप्पिएको बिऊ रोप्दा राम्रो उत्पादन हुँदैन’ कृषि ज्ञान केन्द्रकी प्रमुख थापाले भनिन्, ‘साउनको पहिलो हप्तासम्म त राम्रै हो अब गरिएको रोपाइँले उत्पादनमा ह्रास ल्याउँछ ।’ पछिल्लो समय खेति योग्य जमिन बाँझिने क्रम बढ्दो छ । गाउँमा प्रयाप्त श्रम शक्ति नहुँनु, कृषिमा आकर्षण कम, मल बिऊको अभाव लगायतका कारणले कृषिमा आकर्षण घट्दो छ । ‘सत प्रतिशत रोपाइँ त हुने अबस्था देखिदैन’उनले भनिन् ‘८५ प्रतिशत ठाउँमा धान रोपिएलाकी भन्ने हाम्रो अनुमान छ ।’ तर ग्रामिण भेगका अधिकाशं जमिन बाँझै देखिन्छन् ।

    जिल्लाका पहाडी भगेमा भने अझै परम्परागत रुपमा धान खेतिहुँदै आएको छ । त्यहाँ का किसानहरुले व्यवसायिक भन्दा निर्वाह मुखी खेतिगर्ने भएको पनि रैथाने जातका परपम्परागत बिऊ बिजन नै लगाउने गरेका छन् । ‘अहिले सुख्या ठाउँ उत्पादन हुने धानका जातहरु पनि आइसकेका छन्’ उनले भनिन् ‘प्रयाप्त पानी नपर्ने ठाउँमा ती जात धान रोप्न तर्फ किसानलाई प्ररित गर्नुपर्छ ।’

    नेपालको मुख्य अन्नबाली धान खेतिको व्यवसायीकतामा जोड दिदै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी देखिदैन् । माग अनुसार उत्पादन नहुँदा वर्षेनि ठुलो परिमाणमा विदेशबाट आयत गर्नुपर्ने बाध्यता छ । गोरखामा उत्पादन भएको धानले पनि जिल्लाको माग थेग्न सक्ने अवस्था छैन् । गोरखामा परम्परागत जातका अलवा साबित्री, मनसुली, राधा लगायतका विभिन्न जातका धान खेतिहुने गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.