गोरखा समाचारदाता
विभिन्न जिल्लाका स्थानीय तहहरुलाई विपद् प्रति कार्यका लागि समन्वय तथा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
इकोको आर्थिक सहयोगमा प्रयास दोस्रो परियोजना द्धारा सिरानचोक, भिमफेदी र ईन्द्रवती गाउँ पालिकाका आयोजनामा तालिम प्रदान गरिएको हो ।
तालिममा भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदिम लामा, सिरानचोक गाँउपालिका उपाध्यक्ष रीता देवकोटा , विपद् व्यवस्थापन केन्द्रिय विभाग, रेडक्रसका भोजराज धिमिरे र नन्दराम थपलिया, केएर नेपालका क्षमता तथा पैरवी विशेषज्ञ केशवदत्त भट्ट, स्वाँरा सघन गाउँ विकास केन्दका प्रयास परियोजना २ का जिल्ला कार्यक्रम संयोजकअभिषेक ओझा, लगायतको उपस्थिति रहेको थियो ।




















