×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

खिर खानुको फाइदा

  •  
  • बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साउन १५ गते । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

    कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ ।

    आयुर्वेद चिकित्सक डा. अमितमान जोशी भन्नुहुन्छ, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । ’’ उहाँका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उहाँले थप्नुभयो, “चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । ”

    लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. सत्यमोहन जोशीले जानकारी दिनुभयो ।

    उहाँले नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको पाइएको बताउनुभयो । संस्कृतविद् जोशी थप्नुहुन्छ, “साउन महिनाको सुरुआतमा मासुभन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीले साउन १५ मात्र होइन, सङ्क्रान्तिमा पनि खिर खाने गर्दछन्,” हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर बस्ने गरेको पनि पाइन्छ ।

    शुद्ध, स्वास्थ्यबद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खिर खान ख्वाएर गरिने प्रचलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । आयुर्वेद अस्पताल नरदेवीका चिकित्सक डा. सरिता बजगाईंका अनुसार अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खिर खान उपयुक्त मानिन्छ ।

    दूधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ, मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिबललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसमा शीतलता प्रदान गर्ने गुण हुन्छ । दाख अग्निबद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । चिनीमा पनि यस्तै गुण रहेकाले यो ऋतुमा खिर भोजन गर्नु लाभप्रद हुन्छ ।

    रामघाट स्वास्थ्य केन्द्र पिङ्गलास्थानका अध्यक्ष प्रवेश भण्डारी भन्नुहुन्छ, खिर स्वादिष्ट भए पनि मधुमेह रोगीका लागि खिर फाइदाजनक हुँदैन । ज्योतिषी डा. सुनिल सिटौला भन्नुहुन्छ, “बुधबार बिहान ११ः४५ बजेदेखि औँसी लागेर पितृपक्ष सुरु हुने भएकाले यो दिन अभ्यागतलाई खिर भोजन गराउँदा पितृसमेत खुसी हुने योग परेको छ । ”

    गाउँघरमा झिनुवाको चामल, बकेनो भैँसीको बाक्लो दूधलाई फलामको फराकिलो भाँडामा हालेर पकाएको खिरको स्वाद स्मरण गर्ने निकै छन् । खिर खाएपछि रोपाइँ सकिएको र खेतमा प्रयोग भएका औजार ओभानो ठाउँमा थन्क्याउने दिनका रूपमा साउन १५ लाई सम्झने पनि छन् । काठमाडौँमा नाम कहलिएको खिर पाइने जयवागेश्वरीस्थित अल्कापुरी खाजाघरकी व्यवस्थापक नीरु चौलागाईं भन्नुहुन्छ, “तौरतरिका मिलाउन सकियो भने डेरीबाट उपलब्ध दूधमै स्वादिलो खिर बनाउन सकिन्छ । ”

    सबै सप्तमी तिथिमा राजा रणबहादुर शाहको श्राद्धप्रसाद स्वरूप पशुपतिमा भक्तजनलाई ३० पाथी दूध, १२ पाथी चामल र आवश्यकता अनुसारको चिनी, मसला हालेको खिर पकाएर खुवाउँदै आएको सप्तमी श्राद्ध गुठीका पुजारी त्रिलोचन अधिकारी सुनाउनुहुन्छ । खिर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । दूध बाक्लिएपछि चिनी मसला हाल्ने अनि सग्लो चामलको दानालाई भैँसीको घ्यूमा मोलेर दूधमा मिसाउनुपर्छ ।

    मलमलको कपडाले छोपेर आगोको रापमा होइन, आँचमा पकाउँदा राम्रो हुन्छ । ग्यासको रापमा भन्दा दाउराको आगोको आँचमा पकाउँदा खिर स्वादिष्ट हुन्छ । अनि काजु, दाख, मरिच, अलैँची र नरिबलका स–साना टुक्रा हालेर खिर जमेपछि केसर छरेर पस्कँदा शानदार खिर बन्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.