गोरखा समाचारदाता
साउन १४ गते । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय लाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएको छ।
प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव समेत हुन् ।
यसअघि पार्टीका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा ५ साउनमा पक्राउ परेका थिए ।




















