×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्रचण्डको हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी संशयबारे कानुनविद्‍ विभाजित

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष तथा पूर्वविद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने’ भनि दिएको अभिव्यक्ति अहिले निकै चर्चामा छ।

    नेत्रविक्रम चन्दको नेकपा छाडेर आएका कार्यकर्तासँग सोमवार आफ्नै निवासमा कुरा गर्दै प्रचण्डले आफूलाई द हेग पुर्‍याइए पनि फरक नपर्ने बताएका हुन्।

    द नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायत विषयका मुद्दा हेर्ने गर्छ।

    तर प्रचण्ड वा अन्य नेपाली नागरिक सन् २००२ मा रोम विधान अन्तर्गत स्थापना भएको आईसीसीसम्म पुग्ने विषय सहज भने छैन।

    सोमवार के भने प्रचण्डले ?

    आफूलाई द हेग पुर्‍याउने कुरा बेलाबेला उठाउने गरिएको प्रसङ्ग औँल्याउँदै प्रचण्डले भने, “मैले भनेँ हेग लगेर पनि मलाई केही फरक पर्दैन।”

    “हेग लगियो भने म त झन् विश्वकै हिरो भएर निक्लिन्छु।”

    उनले थपे: “संसारले मलाई एकैचोटि झन् चिन्ने हुन्छ। संसारभरिका जनताले यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भन्ने चाहिँ ठाउँ हुन्छ।”

    भिडिओमा हाँस्दै गरेको देखिएका प्रचण्ड थप्छन्, “त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन यिनीहरूले मलाई लान्छन् र विश्वकै हिरो बनाउँछन्।”

    आईसीसीले हालसम्म २७ मुद्दामा ४४ जनामाथि सुनुवाइ गरेको छ जसमध्ये चारवटा मुद्दामा आरोपितहरूलाई दोषी ठहर गरेको उसको वेबसाइटमा उल्लेख छ।

    प्रचण्ड हेग पुग्न सक्छन् त ?

    प्रचण्डको टिप्पणी लगत्तै कानुनविद्हरूले नेपालका नेतालाई त्यहाँसम्म पुर्‍याउन मिल्ने वा नमिल्नेबारे फरक-फरक धारणा व्यक्त गरेका छन्।

    एकथरीले नेपाल रोम विधानको पक्ष राष्ट्र नहुनुका साथै अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिका कारण त्यस्तो सम्भावना न्यून रहेको तर्क गरेका छन्।

    अर्कोथरीले ‘युनिभर्सल जुरिस्डिक्शन’ अर्थात्‌ विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत पूर्वमाओवादी विद्रोही र नेपाली सेनाको नेतृत्व पंक्ति आईसीसीसम्म तानिन सक्ने दलील गरेका छन्।

    प्रचण्ड

    नेपाली सेनाका महासेनानी कुमार लामालाई लण्डनमा पक्राउ गरी उनीमाथि मुद्दा चलाइएको घटना र चाडमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनबाट सैनिक अधिकारी निरञ्जन बस्नेतलाई फिर्ता पठाइएको घटना त्यसैको परिणाम भएको कानुनविद्‌हरू बताउँछन्।

    फौजदारी कानुनका जानकार अधिवक्ता सुबास आचार्य रोम विधानको क्षेत्राधिकार चारवटा कारणले आकर्षित हुने बताउँछन्:

    • रोम विधान अनुमोदन गरेको देश भएमा,
    • आफूले रोम विधान अनुमोदन नगरे पनि अनुमोदन गरेको देशको सिमानाभित्र अपराध गरेमा,
    • रोम विधान अनुमोदन नगरेको र अनुमोदन गरेको देशको सिमानाभित्र अपराध पनि नगरेको तर कुनै घटना विशेषमा रोम विधानप्रति आकर्षित हुन्छु भनेर कुनै देशले सहमति जनाएमा,
    • र, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले राष्ट्रसङ्घको कुनै सदस्य राष्ट्रबारे सङ्कल्प प्रस्ताव पारित गरेमा।

    आचार्य भन्छन्, “तेस्रो अन्तर्गत सम्भावना एकदमै न्यून छ किनकि ती नेताहरू नै अहिले सत्तामा छन्। त्यसकारण चौथो अन्तर्गत आशा देखिन्छ।”

    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को सङ्कल्प प्रस्तावका आधारमा सुडानका पूर्व राष्ट्रपति ओमार अल बसर र लिबियाका राष्ट्रपति मुअम्मर गद्दाफीका मुद्दाहरू आईसीसी पुगेका हुन्।

    लिबियाले रोम विधानमा हस्ताक्षर गरेको छैन र सुडानले मुद्दा चलेपछि आफ्नो हस्ताक्षर फिर्ता लिएको थियो।

    चीनको भूमिका

    तर सङ्क्रमणकालीन न्यायसम्बन्धी मामिलाका एकजना जानकार नेपाली नेताहरूलाई आईसीसीसम्म पुर्‍याउन सहज नभएको दाबी गर्छन्।

    “सुरक्षा परिषद्‌को स्थायी सदस्यमा नेपालको राम्रो सम्बन्ध रहेको उत्तरी छिमेकी चीन भएकोले र सन् १९९४ यता परिषद्‌ले त्यस्तो प्रस्ताव पारित गरेको अवस्था नरहेकोले पनि त्यस्तो स्थिति आउने सम्भावना देखिँदैन,” नाम उल्लेख नगर्ने शर्तमा उनले थपे।

    आईसीसीका दस्तावेजका अनुसार कुनै पनि विषयमा मुद्दा चलाउनका लागि अनुसन्धान सुरु गर्नुभन्दा अगाडि अपराधको प्रकृति मुद्दा चलाउन मिल्ने नमिल्ने सम्बन्धमा प्रारम्भिक अध्ययन गर्नुपर्ने हुन्छ।

    उसले हाल प्रारम्भिक अध्ययन गरिरहेका १० विषयहरूमध्ये एक अफगानिस्तान एवम् एक म्यान्मारमा भएको रोहिँग्या समुदाय सम्बन्धी छ।

    विश्वव्यापी क्षेत्राधिकार

    अधिवक्ता आचार्यले उल्लेख गरेका आधारबाहेक नेपाली नेताहरू आईसीसीसम्म तानिन सक्ने अर्को एउटा आधार विश्वव्यापी क्षेत्राधिकार रहेको अधिकारकर्मी तथा अधिवक्ता इन्दु तुलाधर बताउँछिन्।

    तुलाधर भन्छिन्: “त्यस अन्तर्गत सम्भावना छ, तर त्यसका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पीडितहरूको आवाज पुर्‍याउने र उनीहरूलाई दिइने समर्थन महत्त्वपूर्ण हुन्छ।”

    विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत कसैमाथि मुद्दा चलाउनका निम्ति ठूलो तयारी तथा अनुसन्धान चाहिने जानकारहरू बताउँछन्।

    कुनै न कुनै मोडमा आफूहरू आईसीसीसम्म तानिन सक्ने मनमा डर भए पनि त्यसलाई लुकाउने मनसायले कतिपय पूर्वविद्रोही नेताले द हेगमा पुग्ने सम्भावनालाई नकार्ने गरेको अधिवक्ता तुलाधर दाबी छ।

    तर प्रचण्ड नेतृत्वको सरकार भएको बेला महान्यायाधिवक्ता रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेपाली नेताहरू आईसीसीसम्म तानिन सक्ने कुरा बेलाबखत उठ्नुमा राजनीतिक दल र स्वयम्‌ सरकार जिम्मेवार रहेको बताउँछन्।

    द्वन्द्वकालीन मुद्दाहरूको सम्बोधन गर्न राज्यले गरिरहेको ढिलाइका कारण यस्तो अवस्था आएको उनको तर्क छ।

    श्रेष्ठले भने, “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगमार्फत् द्वन्द्वकालीन मुद्दाहरूको टुङ्गो लगाइसकेको भए यो अवस्था नै आउँदैन्थ्यो।”

    संयोगवश सोमवार नै चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूले नेपालले सङ्क्रमणकालीन न्याय प्रदान गर्ने वाचा पूरा गर्न विफल भएको भन्दै कडा भाषामा संयुक्त विज्ञप्ति जारी गरेका थिए।

    मानव अधिकारवादीहरूका अनुसार ती संस्थाका भनाइलाई गम्भीरतापूर्वक नलिएमा भविष्यमा नेपालले न्याय दिन नसक्ने निचोड निकालिने र त्यसैको आधारमा आईसीसी जस्ता संस्थामा तान्ने वातावरण निर्माण हुन सक्ने जानकारहरूको मत छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.