कैलासबावु श्रेष्ठ
साउन ९ गते । गोरखा–आँबुखैरेनी सडक बाट भित्र पसे पछि बिर्दी बजार आउछ । मुख्य सडक छेवै र पक्की घरको बिचमा गरिबीले सताएको रसमायाँको परिवार देख्न सकिन्छ ।
भूकम्पले भत्काएको घरको स्थानमा २ कोठे पक्की भवन त बनेको छ तर न ढोका छ न झयाल नै । त्यही कोठा भित्र उनको गरिबी सहजै देख्न सकिन्छ ।
कुमाल परिवारकी रसमायाँले सानैमा बिहे गरिन । ३ बच्चा भयो तर २ वटा बच्चा अपांङ्ग भई दिए । ४ बर्षका २ छोरी अपांङ्ग भए पछि उनको जिवन निकै कष्टकर भएको छ ।
साना नानीहरुलाई खुवाउन दैनिक ज्यालादारी गनुपरयो । ज्यालादारी गर्न जान बच्चाहरुले दिदैन । श्रीमानको असहयोग बिना पनि उनी दैनिक जसो गोठमा पालेको गाईका लागि घास दाउरा गरिरहेकी देखिन्छीन ।

भूकम्पको घर छेवैमा रहेको गोठमा बच्चाको लागि खाना तयार गरे पछि बच्चालाई त्यसै छाडेर गाउँमा उत्पादन भएको तरकारी खरिद गरेर १० किलो बजार सम्म जान्छिन र बिक्रीबाट आएको नाफाले साँझको चुल्यो जलाउछिन ।
उनी संग भएको ८ बर्षिया अञ्जली कुमाल र ४ बर्षिया मञ्जली कुमाल हिडडुल गर्न सक्दिनन् भने आफै खान पनि सक्दिनन । एउटै थलोमा खाना खाने दिशा गर्ने उनीहरुलाई रसमायाँले दिनभरी छाडेर ज्यालादारी गर्न जादाँ समस्या हुने गरेको छ ।
रसमायाँको दुख देखेर वरपर र बाहिरबाट जानेहरुले दिएको दुई चार पैसाले बच्चाहरुको लागि दुध खरिद गरेर खुवाउने गरेकी छिन ।

छिल्लो समय उनको दुखलाई देखेर महिला तथा बालबालिका उद्वार केन्द्रले राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तरर्गत १७ हजार बिऊ पुजी राखीदिएको छ । उनले त्यही पैसाबाट गाउँमा उत्पादन भएको तरकारी खरिद गरेर बजारमा बिक्री गर्छिन र आम्दानीले जेनतेन चुल्यो जलाउने गरेकी छिन ।
सहयोगको खाँचोमा बाटो नियाली रहने रसमायाँलाई घरको ढोका र झ्याल हालिदिने दयालु र बच्चाहरुको स्याहारका लागि सहयोग गरिदिने सहयोगी हातहरुको आवश्यता परेको छ ।





















