×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘संघीय सरकारले रमिता हेर्न खोजेको हो ?’

  •  
  • शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • यो संघीय शासन प्रणालीलाई असफल पार्ने षडयन्त्र हो

    संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार जस्तै केन्द्र सरकार पनि नेपालको इतिहासमा पहिलो नै हो । संघीय र प्रदेश सरकार गठन र काम सुरु नहुँदासम्म स्थानीय तहको पनि समय यत्तिकै बितिरहेको थियो । स्थानीय तहले २ वर्ष बिताए । उसको पनि पछिल्लो वर्ष संघीयता कार्यान्वयनको वर्षका रुपमा लिनुपर्छ । स्थानीय तह र प्रदेश सरकार, मन्त्रीहरु रसांसदलाई सरकार गठन हुँदै गर्दा धेरै नै काम गर्न सकिन्छ भनेर उत्साहित थियौं । तर, अनुमान र अपेक्षाअनुसार अगाडि बढ्न सकिएन । यसका धेरै कारण छन् ।

    पानीमुनिको हिँउको ढिक्का जहाजबाट नदेखिएजस्तो संघीय शासन कार्यान्वयन गर्दै जाँदा आइपर्ने समस्या, चुनौति र बिध्नबाधालाई कम आँकेका रहेछौं । सरल ढंगले जाला भन्ने अनुमान गरेको संघीयता कार्यान्वयन त्यसरी गएन । संघीय सरकार धेरै राम्रो तरिकाले जाला भन्ने लागेको थियो, त्यो पनि भएन ।

    प्रदेश सरकारले आफ्नो योग्यता र क्षमताले पनि धेरै गर्छ भन्ने थियो तर सकिएन । गर्दागर्दै पनि सकिएन । अभ्यास थिएन, कतिपय हिसाबले ढंग पुर्‍याउन सकिएन ।

    प्रदेश सरकार कानुन, स्रोत साधन, बजेट र जनशक्तिका हिसाबले शून्यमा थियो । सुरुमै कर्मचारीको अभाव खड्किइहाल्यो । कति प्रदेशले त बस्ने ठाउँ पनि पाएनन् । आजका दिन पनि बसको टिकट काट्ने ठाउँमा कति प्रदेशका मन्त्रालय छन् । भौतिक संरचना बेलैमा ब्यवस्था हुन नसक्दा र भएका पनि एकदमै निर्वाहमूखीमात्रै भए । यसले हाम्रो कामको गतिमा अवरोध गर्‍यो ।

    कर्मचारी जति काठमाडौंमा थुपार्ने अनि प्रदेश र जिल्लामा कर्मचारी अभाव हुने, के यो रामरमिता होइन ? यो संघीय शासन प्रणालीलाई असफल पार्ने षडयन्त्र हो भन्ने लाग्छ ।

    विधेयक बनाउने कुरा आफैंमा कठिन रहेछ । यद्यपि हामीले २०/२५ वटा विधेयक निर्माण गर्‍यौं । विधेयक निर्माण गर्ने क्रममा प्रमुख सचिव, सचिव र कर्मचारीहरुलाई धेरै ठाउँमा आलोचना पनि गरेको छु, गाली गरेको छु । सम्झाउँदै, उत्साहित बनाउँदै चाँडै गर्नुपर्‍यो भनेको छु । तर, त्यसको पनि सीमा रहेछ । विधेयक बनाउने सीप सबैमा हुँदो रहेन छ । थोरै–थोरै कानुन आयोग वा कानुनका क्षेत्रमा काम गरेका कर्मचारीले केही ढंग पुर्‍याउने रहेछन् । नत्र सचिव नै भए पनि नजान्ने रहेछन् ।कर्मचारी अझै समायोजन हुन सकेका छैनन् । भएका कर्मचारी पनि बेलैमा नआउँदा जुनखालको समस्या भोग्नुपर्‍यो, त्यो जनताले नदेख्ने कुरा हो । जनताले महसुस र अनुभूति गर्न नसक्ने विध्नबाधा हामीले बेहोर्नुपर्‍यो ।

    कर्मचारीको विज्ञता र अनुभव कम भएका कारणले पनि जति विधेयक बनाउन सकिन्थ्यो, त्यति सकिएन । साउनदेखि बजेट कार्यान्वयन गर्न सकिन्छ होला भन्ने लागेको थियो । साउनभित्र कार्यविधि बनाइसक्ने भनेका थियौं तर चार महिना लाग्यो ।

    केन्द्र सरकारका कर्मचारीहरु, मन्त्रीहरु संघीय शासन प्रणालीप्रति, प्रदेश र स्थानीय सरकारप्रति संवेदनशील भएको महसुस गर्न सकिएन । सोझो मनले काम गरेको देखिएन । कसरी अधिकार आफैंमा केन्द्रित गर्ने, कसरी संघलाई शक्तिशाली बनाउने भन्ने ढंगले लागेको देखियो । कर्मचारी समायोजन, कार्यालय ब्यवस्थापन गर्दा आफ्नो अधिकार र स्रोत साधन हेर्ने गरेको देखियो ।

    विधि विधान र बजेट नहुँदा हामीलाई चाहिँ गाडी किन्न पनि समस्या पर्‍यो । उनीहरुले रोजेर १५ वर्ष, २० वर्ष पुराना थोत्रा गाडी पठाए । यो सानो कुरा हो । तर, यसले हामी कस्तोखालको संघीयतामा जान खोजिरहेका छौं, हाम्रा मन्त्री र कर्मचारीले संघीयतालाई कस्तो बनाउन खोजिरहेका छन् भन्ने उदाहरण हो ।

    मन्त्रालयहरु खारेज भए, त्यहाँका कर्मचारीले काम नपाएर घाम तापेर बसे, जागिर कहाँ हुन्छ भन्ने ग्यारेन्टी पनि नहुने, अस्तव्यस्त, अस्थिरता, अन्योलतामा माघ–फागुनदेखि भर्खरसम्म बितायौं । अस्ति भर्खरसम्म कुन–कुन कार्यालय जिल्ला तह र कुन–कुन कार्यालय प्रदेशमातहत हुने छिनोफानो गर्दिएन संघीय सरकारले । कार्यालय छ, कर्मचारी छ, स्रोतसाधन छ । तर, छिनोफानो नगर्दिँदा हामीले कामै गर्न सकेनौं । बजेट कार्यान्वयनमा त्यसले समस्या पार्‍यो । जनताको सेवा गर्ने कुरामा त्यसले बाधा पार्‍यो । संघीय संरचनामा भएका कार्यालयको ब्यवस्थापन गर्ने हो, किन घटाउनुपर्‍यो ?

    आज जिल्लाका कार्यालय, विकासे अड्डा सब घटाइदिएर ११ जिल्लामा भएको कार्यालय प्रदेशमा ४/५ वटा मात्रै स्वीकृत गर्ने, अरु त्यत्तिकै थन्क्याइराख्ने किन गरियो ? पक्कै पनि यो प्रदेश सरकारलाई सहयोग गर्ने कुरा होइन । संघीय सरकारले रमिता हेर्न खोजेको हो ? अनि हामीले विरोध गर्‍यौं भने प्रदेश सरकारले विरोधमात्रै गरेर बस्यो भन्ने, अनि विरोध नगरौं, अवरोध गर्ने काम भइरहेको छ ।

    कर्मचारी चाँडै नै बाँडिदिएको भए के जान्थ्यो ? कर्मचारी बाँडफाँड पनि संघीयताको मर्मअनु्सार छैन । आज पुरानै विभाग किन चाहियो ? त्यतिका मन्त्रालय संघलाई किन चाहियो ? संघलाई २८ वटा मन्त्रालय चाहिएकै छैन । प्रधानमन्त्री आफैंले सुरुमा १७/१८ वटाबाहेक मन्त्रालय बनाउँदिन भनेको होइन ? १५ वटाबाहेक संघलाई मन्त्रालय नै चाहिँदैन भन्ने मान्यता हो मेरो । आज तिनको काम यति घटिसक्यो भने विभागको संख्या घटाउनुपर्छ । कर्मचारी ४७/४८ हजार राख्ने होइन, १५–२० हजार राखे पुग्छ संघलाई । शिक्षा, स्वास्थ्य, कृषिका धेरै कर्मचारी स्थानीय तहलाई चाहिन्छ, त्यसपछि प्रदेशलाई चाहिन्छ ।

    ७ वटा प्रदेश सरकारलाई २०/२२ हजार कर्मचारी दिने अनि ऊचाहिँ ४७/४८ हजार कर्मचारी लिएर बस्ने ? कर्मचारी जति काठमाडौंमा थुपार्ने अनि प्रदेश र जिल्लामा कर्मचारी अभाव हुने, के यो रामरमिता होइन ? यो संघीय शासन प्रणालीलाई असफल पार्ने षडयन्त्र हो भन्ने लाग्छ । कर्मचारी अहिले नबाँडे कहिले बाँड्ने ? अहिले नगरे कहिले गर्ने ? अहिले हुँदैन भने कहिले हुन्छ ?

    अर्को, स्रोत र साधन व्यवस्थापन गर्दा पनि न्यायोचित भएन भन्ने मेरो भनाइ हो । धेरैै कार्यालय प्रदेश र स्थानीय तहमा आइसक्यो, १ लाखको हाराहारीमा कर्मचारी तल चाहिन्छ । बजेट छुट्याउँदाखेरी पनि त्यसैअनुसार हुनुपर्‍यो नि । राजस्व बाँडफाँडमा ७० प्रतिशत संघले राख्छ । १५ प्रतिशत प्रदेशलाई दिने भनेको त्यही पनि नदिएर ८/१० प्रतिशतमा थन्क्याउने काम भएको छ । १५ प्रतिशत स्थानीय तहलाई भनेको छ उसलाई १८ प्रतिशतसम्म दिएको छ ।

    प्रदेशलाई घटाएर स्थानीय तहलाई बढी दिने गरी ३० प्रतिशत तल बाँडेर ऊ ७० प्रतिशत राजस्व राख्छ । अनि योजना जति सबै तल पठाउँछ । उदाहरणका लागि अर्थ मन्त्रालयले के गर्‍यो भने, ४० हजारदेखि माथिका अर्बसम्मका ५ सय ६५ वटा सडकहरु हामीलाई पठायो । अनि ५ अर्ब हाराहारीका ती सडकका लागि जम्मा २६ करोड रुपैयाँमात्रै पठाएको छ । यो के तरिका हो ? प्रधानमन्त्रीलाई सघाउन खोजेको हो कि, प्रदेश सरकारलाई सघाउन खोजेको हो कि ? या त्यसको विरुद्धमा हो ? यो कुरा अर्थ मन्त्रालयले ध्यान दिओस् ।

    हिजो जे भए पनि अन्तर सरकारी ऐनमा सुधार हुनुपर्‍यो । प्रदेश र स्थानीय तहलाई सकिन्छ भने ७० प्रतिशत, सकिँदैन भने ६० प्रतिशत राजस्व ७ सय ६० सरकारलाई हुनुपर्‍यो । संघले ३० प्रतिशतमात्रै बजेट राखे हुन्छ । त्यसो हुँदा बल्ल प्रदेश र स्थानीय तहले काम गर्न सक्छ । बजेटका अभावले पनि कति कुरा गर्न सकेका छैनौं । कर्मचारी, बजेट, संरचना, कानुन, स्रोत, साधन हरेक कुरामा ढिलाई गरेर संघले हामीलाई काम गर्न बाधा पार्‍यो ।

    सुरुमा कानुन निर्माणका बेला पनि सहयोग भएन । विज्ञहरु काठमाडौं थुप्रिएर बस्ने अनि यहाँ चाहिँदा एक जना पनि नपठाउने । प्रशासन विज्ञ पठाइदेउ, कानुन विज्ञ पठाइदेउ, स्रोत विज्ञ पठाइदेउ भनेर पटकपटक भन्यौं तर अहँ पठाउँदै पठाएन ।

    धेरैभन्दा धेरै समस्या संघीय सरकारबाटै बेहोर्‍यौं । संघीयता कार्यान्वयन गर्ने सवालमा संघीय सरकार अनुदान बन्यो । हाम्रो उदासीनताका कारण केही बिग्रेकै छैन । संघीय सरकार उदासिन बनेर बस्दाखेरी समस्या भोग्नुपर्‍यो । हाम्रो अनुभव र परिपक्कताका कारणले पनि केही गर्न सकेनौं होला तर संघीय सरकारले भन्ने ठाउँ दिएका छैनौं ।

    प्रधानमन्त्रीज्यूले संघीय मन्त्री, मन्त्रालयका सचिव र मुख्य सचिवलाई संघीय शासन प्रणालीअनुरुप, संघीयतालाई परिणाममुखी ढंगले अभ्यासमा लैजानलाई निर्देशन दिनुपर्‍यो । प्रधानमन्त्रीज्यूको निर्देशन, निरीक्षण र अनुगमन पुगेको छैन। कुन मन्त्रीले के गरिरहेको छ भन्ने प्रधानमन्त्रीले बुझ्नुपर्‍यो ।

    समस्यासँग जुध्दै प्रदेश र स्थानीय तहमा उस्तै उत्साह र जाँगर छ । स्थानीय तहको इम्पावर गर्न प्रदेश सरकारले अझै सकेको छैन । हामीले स्थानीय तहसँग मिलेर धेरै काम गर्ने भनेका छौं । अरु अरु प्रदेशले यस्तो गरे झैं मलाई लाग्दैन गण्डकी प्रदेशले सहकार्यको योजना बनाएका छौं । ती योजना पनि कानुन, जनशक्ति, स्रोतको अभावले कार्यान्वयन गर्न सकेका छैनौं । तीनवटै सरकारको सहकार्य, समन्वय र सहअस्तित्वलाई स्वीकारेर अगाडि बढ्ने कुरामा समस्या पैदा भइरहेको छ ।

    सरकारबीचको समस्यालाई हल गर्न बेलाबेलामा अन्तर प्रदेश परिषदको बैठक बस्नुपर्‍यो । त्यसले समन्वय र सहकार्य गर्नुपर्‍यो भन्ने हाम्रो भनाइ हो । प्रधानमन्त्री कार्यालयले बढी अनुगमन र सबै मन्त्रालयलाई समन्वय गरिदिनुपर्‍यो । सुपरिवेक्षण गर्नुपर्‍यो । प्रदेशले सिफारिस र माग गरेका कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्‍यो । त्यो पनि देखिँदैन । कहाँ हो कहाँ सरकारमा गतिहीनताजस्तो, अलमलजस्तो, उदासीनताजस्तो देखिन्छ । यो अलमल र गतिहीनता हटेन भने हामीले जुन आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने हो, जुन समृद्धिको बाटो हिँड्नुपर्ने हो, ठ्याक्कै ट्रयाक समातेर हिँड्न सक्छ भन्ने मलाई लाग्दैन ।

    यी सबै समस्या समाधान गर्न प्रधानमन्त्री र मुख्यमन्त्रीबीच ठूलो समझदारी चाहिन्छ । मुख्यमन्त्री र पालिका प्रमुखबीच समझदारी चाहिन्छ । त्यसरी मात्रै यो शासन व्यवस्थालाई व्यवस्थित गर्न सक्छौं ।

    अझै पनि संघीय प्रणाली कार्यान्वयन गर्न आयोगहरु बनिनसकेको, समितिहरु नभएको अवस्था छ । सरकारले गर्न नसकेका काम ती आयोग र समितिहरुले गर्ने थिए । संघीय सरकार कहाँ हराएको छ, कहाँ रुमलिरहेको छ । जसका कारण प्रदेशले गतिका साथ काम गर्न सकिरहेको छैन ।

    संघीयता कार्यान्वयनको एक वर्ष बित्दै गर्दा मैले यी समस्या बताएको हुँ तर निराश नै भइहाल्नु पर्ने अवस्था छैन । धमाधम कानुन र बजेट कार्यान्वयनको निम्ति कार्यविधि बनेका छन् । आयोजनाहरुको धमाधम डीपीआर र टेन्डर भइरहेका छन् । हामी लक्ष्य प्राप्तिका निम्ति रोकिएका छैनौ । जागिरहेका छौं । उस्तै उत्साहबीच प्रदेशका योजना अगाडि बढिरहेका छन् ।

    समस्या र बिध्नबाधाका बाबजुदसंघीय शासन प्रणाली अगाडि बढेको छ । अब यसलाई कसैले रोक्न सक्दैन, सफल बनाउनुको विकल्प छैन । म त धेरै आशावादी छु । हामी धेरै काम गर्न सक्छौं । संघीयता कार्यान्वयनका चरणमा देखा परेका समस्यालाई पराजित गर्दै, चुनौतिको सामाना गर्दै अगाडि बढेका छौं, बढ्नै पर्छ ।

    हामी प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य सबै आइपरेको अभिभारा पूरा गर्न सचेत भएका लागेका छौं । अरु ६ प्रदेश सरकरालाई पनि शुभकामना छ । ७ सय ५३ वटै स्थानीय सरकारको बाँकी रहेको ३ वर्ष र प्रदेश सरकारको ४ वर्षमा सघन रुपले काम गरौं, सफलता निश्चित छ ।

    संघीयलाई परिणाममूखी व्यवस्थाका रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास गरौं । पक्कै समृद्धि मिल्ने छ । यो काममा संघीय सरकार र मन्त्रीलाई पनि सफलता मिलोस्, शुभकामना छ ।

    (अनलाइखबरका लागि अमृत सुवेदीसँग कुराकानीमा आधारित)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.