×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

तरकारी खेतीले बदलिदै चेपाङ गाउँको कथा

  •  
  • बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    माघ २ गते । गण्डकी गाउँपालिका ६ पूजारीगाउँकी टिकाकुमारी चेपाङको ४ बर्षअघिसम्म कोदो रोपिने बारी अहिले भने तरकारीले भरिभराउ छ । भएको ३ हलको मेलो बारीमा बर्षभरी दुख गर्दा तिन महिनापनि खान नपुग्ने चेपाङ परिवारमा अहिले आफ्नै उब्जनीले बर्ष मात्रै काट्दैनन् उनिहरु फलेको तरकारी बेचेर मनग्य आम्दानी समेत गर्न थालिसकेका छन् । ‘पहिला त बर्षभरीमा एक पटक कोदो लगाइन्थ्यो, बर्षभरी दुख ग¥यो, खानेबेला तिन महिना पनि नपुग्ने, पैसाको मुखै देख्न गाह्रो हुने’ २९ बर्षिया चेपाङले भनिन् ‘अहिले कोदोको सट्टा तरकारी लगाइन्छ, एक सिजन हैन बर्षमा तिन सिजनसम्म तरकारी फलाउछौ ।’

    कोदो रोप्दासम्म गाउँमा कर्मि काम गरेर परिवार पाल्दै आएका उनका श्रीमान पनि अहिले सबै काम छाडेर श्रीमतीसंगै तरकारी खेतीमा ब्यस्त छन् । अहिले उनको घरमा घर खर्च धान्न समेत अरुसंग ऋण खोज्नुपर्ने बाध्यता मात्रै हटेको छैन अरुलाई ऋण दिन पनि सक्ने भइसकेका छन् । ‘पहिला केहि खर्च आइलाग्यो भने साहुकहाँ जानुप¥थो, अहिले हामीले पनि बचत गर्न थालिसकेका छौ’ चेपाङले थपिन् ‘आइपरे अरुलाई ऋण दिन पनि पछि हटिदैन ।’

    भएको ३ हलमेलाको बारीमा अहिले उनले काँक्रो र गोलभेडा लगाएकी छिन् भने अन्य सिजनमा बोडी, काउली, बन्दा, खुर्सानी, आलु लगायतका तरकारी लगाउछिन् । केहि बर्षअघिसम्म बिहान बेलुका छाक टार्न समेत धौ–धौ पर्ने उनको परिवारले अहिले ३ लाख सम्म बार्षिक बचत गर्न थालेको छ । ‘दुख गरेअनुसार आम्दानी राम्रै हुन्छ, आफुले खाएर पनि बर्षमा ३ लाखजति बचत हुन्छ’ उनले भनिन् ‘आफ्नो बारी धेरै छैन, अझ धेरै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’

    गण्डकी ६ अदमरेकी मनमाया चेपाङ पनि अहिले तरकारी खेतीमै छिन् । डेढ बर्षअघिसम्म अरुको बारीमा मेला जानेगरेकी उनि अहिले आफ्नै पौरखमा रमाउन थालेकी छिन् । ‘आफ्ना पूर्खाले नगरेको काम, कसरी जान्नु, तरकारी गर्न लगानी पनि चाहिने, आफुसंग त्यो पनि नहुने’ उनले भनिन् ‘साहुसंग ऋण मागेर एउटा टर्नेलबाट सुरु गरेको, अहिले त धेरैवटा थपिसकेके ।’

    परम्परागत खेतीबाट ब्यवसायीक तिर लम्किरहेको चेपाङ बस्तीमा सिंचाईको भने निक्कै असुविधा छ । नजिक पानीको भरपर्दो स्रोत नहुदा उनिहरुले सोचे अनुसार खेती लगाउन नसकेको बताउछन् । ‘वरिपरी पानी छैन, टाढाबाट ल्याउनुपर्छ, त्यैपनि दिनभरी आउदैन’ मनमायाले भनिन् ‘रातभरी ट्यांकीमा थापेर बिहान बारीमा हाल्नुपर्ने बाध्यता छ, पानीकै कारण हामीले मन फुकाएर काम गर्न पाएनौ ।’

    त्यस्तै उनिहरुले फलाएको तरकारी बिक्रि गर्न समेत समस्या रहेको बताए । सडक भएपनि समयमा सवारी साधन नआउदा २ घण्टासम्म डोकोमा बोकेर जानुपर्ने उनिहरुको बाध्यता छ । त्यस्तै दुख अनुसार तरकारीको मुल्य नपाउनु पनि उनिहरुको अर्को समस्या हो । ‘तरकारी लिन गाडी नि आउदैन, आएपनि फिस्लिङ पारीसम्म जादैन, सधै ५ बजे उठेर डोकोमा बोकेर जानुपर्छ’ उनले भनिन् ‘डोको बोकेर हामी जाने, तरकारी हामी फलाउने अनि नाफा हामीले भन्दा उनिहरुले बढि खाने ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.