×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भ्यागुता महात्म्य

  •  
  • सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कनकमणि दीक्षित

    प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति ।

    करीब दुई दशक अघि भक्तप्रसाद भ्यागुतोको धूमधामको घुमघाम बाल–पुस्तक लेखेका कारण धेरैले स्तम्भकारलाई भ्यागुतो–मित्र ठान्छन् । मैले ‘भक्ते’ लाई पात्र बनाउनुको उद्देश्य आफ्नो पदयात्राका क्रममा देखेको नेपालबारे आफ्ना छोरी–छोरा लगायत बालबालिकालाई सुनाएर उत्साह जगाउनु थियो ।

    जीव विज्ञानबारे थोरै थाहा नभएको पनि होइन । जस्तो कि, वातावरणमा कुनै तल–वितल पर्दा पहिलो असर उभयचरहरूलाई नै पर्ने भएकाले भ्यागुताहरू विनाशको सूचक पनि हुन् ।

    हालै एक कार्यक्रममा भ्यागुताको वैज्ञानिक पक्षबारे वातावरण अभियन्ता सञ्जीवनी योञ्जन श्रेष्ठको प्रवचनबाट विस्तृतमा जान्न पाएँ । यस्तै, मैले आफ्नै प्रस्तुतिको लागि अनुसन्धान गर्दा संस्कृतविज्ञ तथा संस्कृतिविद् गौतमबज्र बज्राचार्यको लेखोट र पुस्तक फेला पर्‍यो । दुवै विज्ञको कारण म आज भ्यागुताबारे केही ‘बुज्रुक’ भएको छु ।

    सञ्जीवनीका अनुसार, विश्वको अर्बौं वर्षको इतिहासमा तीन छुट्टाछुट्टै महाप्रलय पार गर्दै आएका भ्यागुता प्रजातिहरू आजको ‘एन्थ्रोपोसिन’ (मानव जातिको) युगमा फेरि जोखिममा छन् । अहिले भइरहेको प्रकृतिमाथिको प्रहारले पहिला भ्यागुता लैजान्छ, अन्ततः पूरै मानव जातिलाई ।

    संसारभरि रहेका भ्यागुताका ७ हजार प्रजातिमध्ये ३२ प्रतिशत लोप हुने खतराको सूचीमा छन् । नेपाल पनि भ्यागुता प्रजातिमा धनी मुलुक हो, यद्यपि कतिपय प्रजाति भने अनुसन्धान हुन नपाउँदै लोप हुने सम्भावना छ ।

    बालीमा लगाइने विषादि र रासायनिक मल भ्यागुता संसारमा घातक आक्रमणको रूपमा देखिएको छ । भ्यागुताको छाला अत्यन्तै संवेदनशील हुने भएकाले कुनै पनि बाहिरी ‘टक्सिक्’ तत्वको सम्पर्क हुनासाथै यिनीहरूलाई असर परिहाल्छ ।

    बाल–पुस्तक धूमधामको घुमघाम को ‘भक्ते’ ।

    भ्यागुता लोप हुँदै जाँदा यिनीहरू मार्फत जीवन गुजारा गर्ने प्राणी (बकुल्ला, सर्प आदि) को आहारा पनि हराउँछ । यस्तै, प्राकृतिक तरिकाले कीराफट्याङ्ग्रा नियन्त्रण गर्ने भ्यागुताको अवसानले कृषि कर्म झन्–झन् रासायनिक उपक्रमतिर धकेलिन्छ ।

    भ्यागुतामाथिको हाम्रो सांस्कृतिक संवेदनशीलता जगाउने काम गरेका छन्, अमेरिकामा बस्दै आएका प्रा.डा.गौतमबज्र बज्राचार्यले । जसले पुस्तक र अनुसन्धानात्मक लेखबाट ऋग्वेदको उत्पत्ति र यसमा नेपालमण्डल लगायत दक्षिणएशियाको योगदानबारे चर्चा गरेका छन् ।

    बज्राचार्यको लेख अनुसार, इरान–अफगानिस्तान क्षेत्रबाट ‘इन्डो–इरानियन’ हरू जब बसाइँ सरेर पञ्जाब हुँदै गंगा मैदानमा झरे, उनीहरूले लिएर आएको ऋग्वेदमा दक्षिणएशियाली छाप पर्न थाल्यो । त्यस क्रममा विशेषगरी ‘पर्सिया’ र मध्यएशियामा नपाइने चालचलन, वार्षिक दिनचर्या, मौसम र जीवजन्तुका कुरा ऋग्वेदका श्लोकमा छिर्न थाले ।

    बज्राचार्यका अनुसार, मनसुन संस्कृति र कृषिमा आधारित नेपालमण्डल तथा अन्य स्थानीय सभ्यताले ऋग्वेद तथा अथर्ववेद दुवैको श्लोकलाई प्रभाव पार्‍यो । ‘आर्य’ भनिने समूहको आगमनपूर्वका स्थानीय समाजले नवआगन्तुक समाजमा आफ्नो छाप पारिछाड्यो । यसै कारण ऋग्वेदमा मनसुन र भ्यागुताको बखान पाइन्छ ।

    अतः भ्यागुताको महत्व वातावरण र विज्ञान तथा मानवको भौतिक अस्तित्वसँगको सम्बन्धमा सीमित रहेन । नेपाल र दक्षिणएशियाको मानव इतिहास र संस्कृतिले पनि हामीलाई भ्यागुतासँग गाँसेको रहेछ ।

    पूरै प्राचीन इतिहास र यसको प्रतिनिधित्व गर्ने ऋग्वेदलाई साक्षी राखेर, र आधुनिक विज्ञानको सहारा लिएर भ्यागुता जाति, प्रजातिलाई बचाउनु छ । यसरी प्राचीन वैदिक सभ्यताले समेत हाम्रो आधुनिक ‘एन्थ्रोपोसिन्’ युगमा प्रकृति बचाउन सहयोग गर्नेछ ।

    ऋग्वेदको ‘भ्यागुता’ नामक ८ हरफको श्लोकले रमाइलो पाराले भ्यागुतालाई उतिबेलाको मनसुन संस्कृतिसँग जोड्छ । श्लोकका हरफले भ्यागुताको बखान गर्नुका साथै बर्खायाममा प्रकृति पुनर्जीवित र मानव संस्कृति पुनर्जागृत हुने चर्चा गर्दछन् ।

    छिर्के र हरिया मण्डूका
    ऋग्वेदको सूक्त १०३ का केही अंश जुन तल उद्धृत गरिएको छ (साभारः ऋग्वेद संहिता, अनुवादकः तिलकप्रसाद लुइटेल), यस कविताको शीर्षक ‘छिर्के र हरिया भ्यागुता’ भन्न मिल्ला ।

    संवत्सरं शशयाना ब्राह्मणा व्रतचारिणः ।

    वाचं पर्जन्यजिन्विन्तां प्रमण्डूका अवादिषुः ।। १ ।।

    वर्षभरि गुप्त रूपमा बस्ने व्रतपालक ब्राह्मण झैं रहेका भ्यागुताहरू मेघलाई खुशी पार्ने खालका वाणी बोल्न थाले ।

    दिव्या आपो अभि यदेनमायन्दृतिं न शुष्कं सरसी शयानम् ।

    गवामह न मायुर्वत्सिनीनां मण्डूकानां वग्नुरत्रा समेति ।। २ ।।

    सुकेका तलाउमा सुक्खा छाला जस्तो भएर सुतेका भ्यागुताहरूमा अन्तरिक्षको जल पुगेपछि उनीहरू लैनो गाईझैं स्वर निकालेर कराउन थाल्छन् ।

    यदीमेनां उशतो अभ्यवर्षीत्तृष्यावतः प्रावृष्यागतायाम् ।

    अख्खतीकृत्या पितरं न पुत्रो अन्यो अन्यमुप वदन्तमेति ।। ३ ।।

    तिर्खाएका भ्यागुतामाथि वर्षायाम आएपछि झरीको पानी बर्सिन थाल्छ, त्यसपछि त बाबुले छोरासित कुरा गरेझैं गरी भ्यागुताहरू आफ्ना विनम्रताको ध्वनि निकाल्दै एकापसमा नजिकिन्छन् ।

    अन्यो अन्यमनु गृभ्णात्येनोरपां प्रसर्गे यदमन्दिषाताम् ।

    मण्डूको यदभिवृष्टः कनिष्कन्पृश्निः सम्पृङ्क्ते हरितेन वाचम् ।। ४ ।।

    पानी बर्सिंदा भ्यागुताहरू खुशीले उफ्रन थालेपछि छिर्के भ्यागुतो हरिया भ्यागुतासित कुरो गर्ने शब्द निकाल्छ । त्यसबेला ती दुवै एकापसमा अनुग्रह गर्छन् ।

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.