×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गरीब चेपाङ वस्तीमा छिर्‍यो बाइबल

  •  
  • बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • अतिक्रमणको चपेटामा चेपाङको धर्म र भाषा
     

    भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा र आसपासमा स-साना झुपडी । विभिन्न जिल्लाका यस्तै तन्नम वस्तीमा गुजारा चलाइरहेका चेपाङ समुदायलाई दशैंले खासै छोएको छैन ।

    कारण हो धर्म परिर्वतन । भूमि, नदी र प्रकृतिको पूजा गर्ने चेपाङ समुदायका धर्मपरिवर्तन भुसको आगो झै फैलिएको छ ।

    गरीबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै क्रिश्चियन बनाउने लहर चलेको छ । धर्म परिवर्तनसँगै चेपाङका मौलिक पर्व र संस्कृतिहरु हराउँदै जान थालेका छन् ।

    चेपाङ समुदायको उत्थानमा क्षेत्रमा काम गर्दै आएका केपी किरण शर्माले अधिकांश चेपाङहरु क्रिश्चियन भइसकेको अनलाइनखबरलाई बताए । आफू पहिलोपटक चेपाङ समुदायमा जाँदा र अहिले आकाश जमिनको फरक आएको उनको अनुभव छ । ‘चेपाङका वस्ती-वस्तीमा चर्चहरु बनेका छन्’ उनी भन्छन, ‘पैसा दिने, बालबच्चा पढाइदिने, खानेकुरा दिने लोभ देखाएर चेपाङहरुमाथि इमोसनल ब्याकमेलिङ गरिएको छ ।’

    विनाशकारी भूकम्पपछि चेपाङ वस्तीहरुमा धर्मप्रचारको महाअभियान नै चलेको शर्माले दाबी गरे । उनको दाबीमा सहमत छन् पूर्वसभासद गोविन्दराम चेपाङ । झण्डै ८० प्रतिशत चेपाङहरु क्रिश्चियन बनेको उनले बताए । ‘हामीले परम्परादेखि मानेको प्रकृति धर्म हो, हाम्रा आफ्नै मौलिक संस्कृति छन् तर, पछिल्लो समय पैसाको बलमा हाम्रो धर्म-संस्कृतिमाथि प्रहार भएको छ,’ गोविन्द चेपाङले भने ।

    पूर्वी चितवनको भण्डारा, लोथर, बीरेन्द्रनगरतिरका पादरीहरु बाइवल बोकेर चेपाङ वस्ती छिर्ने गरेका छन् । चेपाङ बालबालिकालाई राखिएका केही संरक्षण केन्द्रमा क्रिश्चियन धर्मको प्रचार र प्रार्थना गराइने गरिएको पाइएको छ ।

    नेपाल चेपाङ संघका अध्यक्ष जितेन्ऽ चेपाङले आफ्नो समुदायमा धार्मिक जागरणका लागि न्वागी पर्वमा बिशेष कार्यक्रम गर्ने गरेको जानकारी दिए ।

    भाषा पनि हराउँदै

    धर्म मात्र नभएर चेपाङ समुदायको मौलिक भाषा पनि अतिक्रमणमा परिरहेको छ । नयाँ पुस्ता मातृ भाषाप्रति बेखबर बन्दैछ । पुरानो पुस्ताले चेपाङ भाषा बोले पनि युवाहरुले नेपाली भाषा मात्र जानेका छन् । यसको पनि कारण छ ।

    विद्यालय जाने उमेरका चेपाङ बालबालिकाहरु शहरी क्षेत्रमा खुलेका छात्रावासमा छन् । उनीहरुलाई विभिन्न नाममा खोलिएका संरक्षण केन्द्र र विद्यालयका होस्टलमा ल्याएर राखिएको छ । सानै उमेरमा परिवारसँग टाढिएकाले मातृ भाषा सिक्नै पाउँदैनन् । विद्यालयमा नेपाली भाषामा मात्रै पढाई हुन्छ । चेपाङहरुको मातृभाषामा पढाई हुने अवस्था छैन किनकी उनीहरुको आफ्नो लिपी छैन ।

    राज्यले  भाषा संरक्षणमा कुनै चासो नदिँदा आफ्नो समुदायको भाषा नै हराउने खतरा देखिरहेका पूर्वसभासद गोविन्दराम चेपाङको गूनासो छ ।

    नेपाली पाण्डुलिपीलाई नै चेपाङहरुले पनि प्रयोग गरिरहेका छन् । सरकारको लगानीमा २०५७ सालदेखि चितवनको शक्तिखोरमा चेपाङ छात्रावास स्थापना गरिएको छ । यहाँ चितवनका मात्र ३२ जना बालवालिकाहरु पढदै आएका छन् ।

    कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी छात्रावासमा २५ जना, गामवेशी चेपाङ संरक्षण केन्द्रमा १३२, नवोदय विद्यालय वेल्सीमा २५०, अन्तोदयमा २५० बालबालिकाले संरक्षण पाएका छन् ।

    गामवेसी चेपाङ संरक्षण केन्द्रमा प्रमुख केपी किरण शर्मा विद्यालयमा कक्षा १ देखि ५ सम्म चेपाङ भाषाको एक पिरियड पढाउने बिषयमा कुरा चलाएको बताउँछन् । चेपाङहरुको शब्दकोष समेत आइसकेकोले पढाउन सहज हुने उनको भनाइ छ ।

    चेपाङ भाषाको वर्ण पहिचान भएको भएता पनि शब्दकोश निर्माण हुन सकेको थिएन । २०२४ सालमा न्युजिल्याण्डका नागरिक रोस कलीलेे मकवानपुरको काँकडा गाविस-४ माइसिराङ निवासी भविकन चेपाङसँग मिलेर लामो खोज-अनुसन्धानपछि करिव सात हजार शब्दको चेपाङ शब्दकोश तयार पारेका छन् ।

    अब भने भाषाको संरक्षणका लागि केही काम गर्न सकिने समुदायका अगुवा जितेन्द्र चेपाङले बताउँछन् ।

    गरिबीले थिचिएको जाति

    सीमान्तकृत चेपाङको दरिऽताका कथाहरु सञ्चार माध्यममा खुब बेचिन्छन् । कतिपयले चेपाङको गरिबीमै ‘ग्ल्यामर’ देख्छन् । तर, यो समुदायको जीवनस्तरमाथि उठाउन ठोस पहल भएको छैन । एकाध चेपाङ परिवार त अहिले पनि ओडारमै बस्छन् ।

    थोरै अन्न अनि वनजंगलबाट कन्दमूल, वनस्पति, फलफूल बटुलेर गुजारा चलिरहेको छ । गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरीलगायत कन्दमुल चेपाङ बस्तीमा प्रचलित छन् । ६६ प्रतिशत परिवारलाई आफ्नो खेतीपातीबाट ६ महिना पनि खान पुग्दैन ।

    सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । चरम गरिबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्छन् ।

    राजनीतिक पहुँच नहुँदा चेपाङ वस्तीमा पूर्वाधार निर्माण हुन सकेको छैन । नागरिकता नहुँदा उनीहरुले पुख्र्यौली आवादी गरेको जग्गाजमिनको स्वामित्व पाएका छैनन् ।

    राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ रहेको छ ।

    इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास छ । सबैभन्दा धेरै चितवनमा २८ हजार ९ सय ८९ जना छन् ।

    चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरुको राजधानी मानिन्छ । यहाँ ९० प्रतिशतभन्दा बढि चेपाङ छन् । चितवनको कुल जनसंख्यामा चेपाङ सातौं स्थानमा छन् । यस्तै चेपाङको जनसंख्या मकवानपुरमा १९ हजार २ सय ३३, धादिङमा १४ हजार ४ सय ९२, गोरखामा ३ हजार ४ सय ५४ रहेको छ ।

    सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिका रैथाने वासिन्दा मानिन्छन् उनीहरु ।

    मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा उनीहरुको घना बसोबास छ ।
    चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक बन्धनले बाँधेको छ । उनीहरुको जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित हुन्छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नामाकरण चेपाङ भाषाबाटै गरिएका छन् ।

    विकास कार्यक्रम खारेज

    विगत चार दशकदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र जनता आवास कार्यक्रम सरकारले खारेज गरेको छ ।

    यसमा चेपाङ समुदाय रुष्ट छ । भाषा र धर्ममाथि प्रहार बढिरहेका बेला सरकारले समेत कार्यक्रम हटाएको भन्दै गोविन्दरामले आक्रोश पोखे । लोपोन्मुख चेपाङ समुदायको उत्थान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हटाएर राज्यले उपेक्षा गरेको उनको भनाई छ ।

    चेपाङ संघको मागअनुसार ‘प्रजा विकास कार्यक्रम’लाई २०६२ सालदेखि चेपाङ विकास कार्यक्रम भनेर नामकरण गरिएको थियो । बजेटको ७५ प्रतिशत हिस्सा शिक्षामा लगानी गरिएको छ भने बाँकी आयआर्जनमा ।

    चेपाङ समुदायमा केन्द्रित कार्यक्रम तीनवटै तहका सरकारले आफ्नो बजेट र योजनामा राखेका छैनन् । २०३४ सालदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र ८ वर्षदेखि निरन्तरता पाइरहेको जनता आवास कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारले कटौती गरेका छन् । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले कटौती गरिनुको कारण बुझन् नसकेको बताउँछन् ।

    ४१ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको चेपाङ विकास कार्यक्रमले चेपाङ बालबालिकाहरूको निम्ति विद्यालय पोशाक र छात्रवृत्ति दिँदै आएको थियो । पोशाक र छात्रवृत्तिका कारणले चेपाङका बालबालिकाको आकर्षण बढेको थियो ।

    चेपाङ जातिको साक्षरता दर ३६ प्रतिशत मात्र रहेको छ । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले चेपाङका लागि हरेक बर्ष दुई-तीन सय घर बनाइदिने गरेको थियो । चेपाङ बहुल जिल्लामा करिब २०-२५ लाखसम्म रकम चेपाङ विकास कार्यक्रमबाट आउने गरेका थियो । चेपाङ विकास कार्यक्रमलाई कमाई खाने भाँडोका रुपमा अगुवाहरुले प्रयोग गरेको आरोप पनि लाग्दै आएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.