×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एमबीबीएस खर्च १ लाख रुपैयाँ !

  •  
  • शनिबार, असार ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • नेपाली विद्यार्थीले डाक्टर बन्न र व्यापारीहरू मेडिकल डिग्रीको व्यापार गर्नका लागि मरिहत्ते गरिरहेको सन्दर्भमा सबैभन्दा धेरै रकम कति तिरेमा वा सबैभन्दा कम रकम कति खर्च गरेमा डाक्टर बन्न पाइन्छ भन्ने कुराको चासो स्वाभाविकै हो ।
    • हामीकहाँ करिब आधा करोड रुपैयाँ खर्चेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीका लागि कलकत्ताको मेडिकल पढाइ आफैंमा अचम्मलाग्दो छ।

    दीपक अर्याल

    असार ३०, २०७५ काठमाडौँ — भर्ना शुल्क १६ सय रुपैयाँ । मासिक पढाइ शुल्क १२ सय रुपैयाँ । होस्टल शुल्क मासिक २० रुपैयाँ । जम्माजम्मी खर्च यति नै हो । ५ वर्षे एमबीबीएस पढाइमा बढीमा हुने खर्च भनेको १ लाख रुपैयाँ मात्रै हो । के यो ‘सम्भव’ कुरा हो ?

    यो विवरण हेर्दा सहजै भन्न सकिन्छ— यो ‘असम्भव’ कुरा हो । अझ हामीकहाँ करिब आधा करोड रुपैयाँ खर्चेर चिकित्साशास्त्रको अध्ययन गरिरहेका नेपालीका लागि त यो आफैंमा अचम्मलाग्दो कुरा हो, गिज्याएजस्तै । तर, भारतको पश्चिम बंगाल सरकार र त्यहाँका सरकारी मेडिकल कलेजहरूको सद्भाव, सहयोगका कारण नेपाली विद्यार्थीले यो सेवासुविधा निरन्तर पाइरहेकै छन् । ६० वर्षयताको यो इतिहासमा कम्तीमा १ सय २० नेपाली विद्यार्थीले माथि उल्लेख गरेकै शुल्क तिरेर चिकित्सक पढाइ पूरा गरेका छन् ।

    सन् १९५५ मा जगदम्बा कुमारी देवी र तत्कालीन आरजी कर कलेज तथा कलकत्ता मेडिकल कलेजबीच भएको सम्झौताले नेपाली विद्यार्थीलाई भारतस्थित यी सरकारी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि अवसर जुटाइदिएको हो । उल्लिखित शुल्क हाल यी कलेजमा पढ्ने विद्यार्थीले तिरिरहेको सन्दर्भमा सन् १९५५ तिरको शुल्क कति थियो होला (?) भन्ने अनुमान गर्न सकिन्छ ।

    गाउँको स्कुलमा पढ्ने बेलामा शिक्षक/शिक्षिकाले ‘ठूलो भएपछि के बन्ने ?’ भनेर सोध्ने गरेको प्रश्नको उत्तरमा सबैभन्दा धेरै हात डाक्टर वा इन्जिनियर बन्ने सपनाका लागि उठ्ने गथ्र्यो । कुनै समयमा यी दुईबाहेक पनि संसारमा अरू पेसा वा व्यवसाय होलान् र भन्ने सोचिन्थ्यो । आज समय धेरै बदलिएको छ र संसारभर अथाह सम्भावनाहरू सिर्जना भएका छन् । तर, नेपाली समाज भने डाक्टर वा इन्जिनियर बन्ने त्यो स्कुले सपनाबाट धेरै टाढा पुगिसकेको छैन । त्यसैले डाक्टर बन्ने सपना, यसका लागि ऋण/धन गर्ने वा भएका जग्गाजमिन बन्धकी राख्नेसम्मका हाम्रो मानसिकता र परम्परामा अझै कमी आएको छैन । यही कमजोरीले गर्दा चिकित्सा क्षेत्र कुनै सामान्य पेसा वा सेवा नभएर बन्द–व्यापार र यही कारण जन्मिएको सामाजिक प्रतिष्ठाको एउटा पर्यायका रूपमा परिणत भएको छ ।

    नेपाली विद्यार्थीले डाक्टर बन्न र व्यापारीहरू मेडिकल डिग्रीको व्यापार गर्नका लागि मरिहत्ते गरिरहेको सन्दर्भमा सबैभन्दा धेरै रकम कति तिरेमा वा सबैभन्दा कम रकम कति खर्च गरेमा डाक्टर बन्न पाइन्छ (?) भन्ने कुराको चासो स्वाभाविकै हो । के नेपालीहरू १ लाख रुपैयाँ मात्र खर्च गरेर दक्षिण एसिया वा संसारका उत्कृष्ट डाक्टर बनेका उदाहरण छन् ? के यति थोरै पैसा वा खर्चमा डाक्टर बन्न सम्भव छ ? सम्भव छ भने कसरी ? यस्ता प्रश्नका केही उत्तर र उदाहरणका लागि मदन पुरस्कार गुठीबाट अध्ययनका लागि कोलकाता पुगेका र आफ्नो अध्ययन पूरा गरेका चिकित्सकसँग जिज्ञासा राख्न सकिन्छ । डाक्टर बन्नका लागि लाखौं खर्च गरिरहेको र नेपालका सन्दर्भमा कम्तीमा पनि ४० लाख रुपैयाँ खर्च गरेर नेपाली डाक्टर उत्पादन भइरहेको सन्दर्भमा १ लाख रुपैयाँमै नेपाली चिकित्सक उत्पादन भइरहेको र उनीहरूले नेपाल तथा विश्वका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवाहरू दिइरहेको कुरा धेरैले ख्याल नगरेको विषय हुन सक्छ ।

    कुनै समयमा भारतका विभिन्न क्षेत्रमा सम्पर्क बनाइरहेका नेपालीले त्यहाँका मेडिकल कलेजलाई निश्चित सहयोग गरेबापत डाक्टरी अध्ययनका लागि वर्षमा निश्चित कोटा छुट्याइको थियो । सन् १९५५ मा रानी जगदम्बासँग मेडिकल कलेज एन्ड हस्पिटल कलकत्ता र आर जी कर मेडिकल कलेजले नेपाली विद्यार्थीलाई वार्षिक १/१ वटा मेडिकल सिट उपलब्ध गराउने गरी गरेको सम्झौता एउटा उल्लेख्य सामाजिक योगदान थियो । यो ६० वर्ष लामो इतिहासमा रानी जगदम्बासँग भएको सम्झौताअनुसार मदन पुरस्कार गुठीले छानेर पठाउने विद्यार्थीको संख्या १ सय २० पुगिसकेको छ र यी विद्यार्थीले कति शुल्क तिरे वा कति खर्च गरेर डाक्टर बने ? उनीहरूले नेपालभित्र वा बाहिर कस्तो योगदान दिइरहेका छन् भन्ने कुरा नेपालमा मेडिकल शिक्षाको बहस भइरहेका समयमा चर्चामा आउन जरुरी पनि छ ।

    सन् १९८५ देखि यसरी पढ्न जाने विद्यार्थीका निम्ति गुठीले फिजिक्स, बायोलोजी, केमेस्ट्री र नेपाली विषयको परीक्षा लिन्थ्यो । यसरी परीक्षा लिएपछि शीर्ष १० लाई अन्तर्वार्ताका लागि बोलाइन्थ्यो र तीमध्ये २ जनालाई गुठीले उक्त कलेजमा पढ्नका लागि सिफारिस गथ्र्यो । उनीहरूलाई गुठीले छुट्टै छात्रवृत्ति वा अन्य कुनै आर्थिक सहयोग दिंदैन ।

    बरु त्यहाँ पढ्न लाग्ने सम्पूर्ण खर्चका लागि विद्यार्थीका आमाबुबाहरू तयार छन् वा छैनन् भनेर अभिभावकको स्वीकृति लिइन्छ । एकैसाथ अध्ययन सकिएपछि कम्तीमा २ वर्ष नेपालमा सेवा गर्ने मञ्जुरीनामामा हस्ताक्षर गराइन्छ ।

    कुनै समय चिकित्साशास्त्रको अध्ययन यति चर्चा गर्नुपर्ने विषय, यति व्यावसायिक वा चासोको विषय थिएन । तर, समयले यसमा सबैको चासो जगायो । यसमा सबैको चासो बढेपछि र यसमा आफ्नो भविष्य सुरक्षित देखेपछि भारतमै पनि कम पढेका, कम स्कोर ल्याएका कमजोर विद्यार्थीले चिकित्साशास्त्र अध्ययनका लागि ठाउँ पाए भन्ने गुनासो सुरु भयो । त्यसपछि अप्रिल २८, २०१६ मा भएको सर्वोच्च अदालतको निर्णयका आधारमा भारतभर एमबीबीएस गर्ने वा डेन्टल कोर्स गर्नेहरूका लागि नेसनल इलिजिविलिटी कम इन्ट्रान्स टेस्ट (निट) अनिवार्य गरियो । यस परीक्षामा निश्चित प्रतिशत र अंकसहित पास भए मात्र भारतभरका करिब ६६ हजार एमबीबीएस/बीडीएस सिटका लागि भर्ना हुने न्यूनतम योग्यता पुग्ने भयो । निट परीक्षाबाट जाने विद्यार्थीमध्ये २५ हजार ८ सय ४० विद्यार्थीले निजी कलेजमा र २७ हजार ५ सय ९० विद्यार्थीले सरकारी कलेजमा भर्ना पाउँछन् । यसरी छुट्याइएका सिटमध्ये निजी र सरकारीमा अध्ययनरत विद्यार्थीका लागि फरक–फरक शुल्क निर्धारण गरियो ।

    निट परीक्षा लागू गर्ने क्रममा फरकफरक धारणा, प्रक्रिया, अन्योल तथा तयारीका माझ गुठीले एक वर्ष (सन् २०१६/१७) कुनै पनि विद्यार्थी यस अध्ययनका लागि पठाउन सकेन । तर, यस समस्याको समाधाननिम्ति तत्कालीन परराष्ट्रमन्त्री कमल थापा, भारतस्थित नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतसँग निरन्तर संवाद भइरह्यो । फलस्वरूप अर्को वर्षदेखि यस कार्यक्रमले निरन्तरता पायो ।

    यो नयाँ व्यवस्थासँगै निटमा सहभागी भएर पास भएका सबै विद्यार्थीले चिकित्साशास्त्र अध्ययनका लागि फारम भर्न पाउँछन् । पहिले लिने गरिएको फिजिक्स, केमेस्ट्री र बायोलोजीको परीक्षा खारेज गरेर त्यसको सट्टा निटको परीक्षालाई मान्यता दिएको छ भने लिखित नेपाली परीक्षा र अन्तर्वार्ताको प्रक्रिया भने यथावत् छ । यसरी चिकित्साशास्त्र अध्ययन गरिरहेकाहरू सबैले कलेजमा र कलेजपछि पनि राम्रो गरिराखेका छन् । सन् २०१४ का श्रृतिक देवकोटाले सन् २०१८ को तेस्रो प्रोफेसनल एमबीबीएसतर्फ सबैभन्दा धेरै नम्बर ल्याएर कलेज टप गरेका थिए । कपिल दवाडी (२००९) एनाटोमी प्रोसेक्टरसीप– २०१० का लागि पुरस्कृत भए, त्यस्तै सन्तोष उपाध्याय (२०१६) एनाटोमी प्रोसक्टरसिप–२०१६ का लागि पुरस्कृत भए । इन्डियन इन्स्टिच्युट मेडिकल रिसर्चअन्तर्गत मेडिकल रिसर्च फेलोसिप पाएका केही तथ्य–तथ्यांक पनि गुठीसँग छ ।

    हाल दुईवटा कलेजमा मात्र गुठीबाट गएका १२ जना विद्यार्थी अध्ययनरत छन् । यीमध्ये केहीले इन्टर्नसिप गर्दै छन् भने केही सबै पढाइ सकेर पोस्ट ग्य्राजुएट (पीजी) अध्ययनका लागि तयारी गर्दै छन् । गुठी एउटा माध्यम मात्र भए पनि यस्तै कामहरू फरक–फरक विधामा फरक–फरक संस्थाले गरिरहेको हुन सक्छ ।

    माथि उल्लिखित शुल्क सन् २०१८ (हाल) यी सरकारी कलेजमा मेडिकल पढिरहेका विद्यार्थीसँग सोधेर लिइएको हो । कुल नौ सेमेस्टरमा सकिने चिकित्साशास्त्रको अध्ययन क्रममा ‘इन्टर्नसिप’ बापत कलेजले उपलब्ध गराउने आर्थिक सहयोगका विषयमा पनि सोच्ने हो भने यी अध्ययनहरू लगभग नि:शुल्क छन् । अर्थात् यो कुनै छात्रवृत्ति कोटा होइन, तर ६० वर्षदेखिको यो निरन्तरतामा आपसी सम्बन्ध, सहयोग र सद्भावका कारण नेपाली विद्यार्थीले सस्तो मूल्यमा उत्कृष्ट चिकित्सा शिक्षा पाइरहेका छन् ।

    पश्चिम बंगालमा सरकारी मेडिकल कलेजहरूको स्थिति कस्तो छ ? किन उनीहरूले यति सस्तोमा डाक्टर उत्पादन गरिरहेका छन् ? आदि कुराहरूको पनि एकैसाथ खोज गर्न सकिन्छ । पश्चिम बंगाल स्वास्थ्य विश्वविद्यालयअन्तर्गत सञ्चालित १४ मध्ये १३ सरकारी कलेज रहेछन्, एउटा मात्रै निजी पाइयो । यी सरकारी कलेजको शुल्कको विषयमा थाहा पाउँदा (उल्लिखित) अचम्म लाग्ने तथ्यहरू देखा पर्छन् । सौभाग्यले यस सरकारी उदारताको प्रतिफल नेपाली विद्यार्थीहरूले पनि पाइरहेका छन् । आशा छ, अझै पाइरहनेछन् ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.