×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

संसदीय समितिः महिला नेतृत्वबारे अझै अन्योल

  •  
  • सोमबार, असार २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतिनिधि सभाका १० वटा समिति र राष्ट्रिय सभाका चार समितिमध्ये कति वटामा महिलालाई नेतृत्व दिने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन।

    संसदीय व्यवस्थामा ‘मीनी’ संसद् भनिने संसद्‌का समिति गठन प्रक्रिया संसद् सचिवालयले शुरू गरेको छ।

    त्यसका लागि समितिमा बस्ने सांसदहरूको नाम सम्बन्धित दलसँग मागिसकिएको र कतिपय दलले उपलब्ध पनि गराइसकेको बताइएको छ।

    तर प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको कार्य सञ्चालन नियमावलीमा गरिएको ३३ प्रतिशत समितिको नेतृत्व महिलालाई दिने व्यवस्थाबारे भने दलहरू टुङ्गोमा पुग्न सकेको देखिँदैन।

    सभापतिबारे समितिहरू गठन भइसकेपछि मात्रै छलफल शुरू होला। अहिले यसबारे छलफल भएको छैन

    देव गुरुङ, प्रमुख सचेतक, प्रतिनिधि सभा

    नियमावली

    नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभाका प्रमुख सचेतक देव गुरुङले भने, “सभापतिबारे समितिहरू गठन भइसकेपछि मात्रै छलफल शुरू होला। अहिले यसबारे छलफल भएको छैन।”

    ३३ प्रतिशतको हिसाब निकाल्दा प्रतिनिधि सभाका १० वटा समितिमध्ये ३ वटा समितिमा महिला नेतृत्व दिँदा अपुग हुने देखिन्छ।

    राष्ट्रिय सभामा पनि एउटा समितिमा मात्रै महिला सभापति दिँदा कम हुने भन्दै ३३ प्रतिशतलाई बढाएर दिनुपर्ने माग महिला सांसदले राख्दै आएका छन्।

    महिला

    दलहरूलाई ३३ प्रतिशत नघट्ने गरी समितिका सभापति दिन भनिएको उपसभामुख शिवमाया तुम्बाहाम्फे बताइन्।

    उनले भनिन्, “त्यो नियमावलीले के भनेको होइन भने कम्तीमा ३३ प्रतिशत चाहिँ हुनुपर्छ। त्योभन्दा माथि जान सकिन्छ भन्ने नै हो। त्यसैले तीन वा चार जना सभापति राख्ने भन्ने कुरा दलहरूको हो। तर हामीले नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्छ भनेका छौँ।”

    राष्ट्रिय सभामा समितिको नेतृत्वबारे छलफलसम्म भए पनि ३३ प्रतिशतको व्यवस्थालाई दलहहरूले बेवास्ता गर्न नहुने राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले बताइन्।

    त्यो नियमावलीले के भनेको होइन भने कम्तीमा ३३ प्रतिशत चाहिँ हुनुपर्छ। त्योभन्दा माथि जान सकिन्छ भन्ने नै हो

    शिवमाया तुम्बाहाम्फे, उपसभामुख

    सन्तुलन

    संसद्को चुनाव भएको महिनौँ बितिसक्दा समेत समितिहरूको गठन हुन सकेको छैन।

    प्रतिपक्षी नेपाली कांग्रेसलाई कतिवटा समितिको नेतृत्व दिने भन्ने विषय पनि सुल्झिन सकेको छैन।

    समितिहरूलाई सरकारका विभिन्न निकायको निरन्तर अनुगमन, सोधपुछ, निर्देशन र नियन्त्रणको भूमिका दिइएको हुन्छ।

    कार्यपालिकामाथि व्यवस्थापिकाको सन्तुलन र नियन्त्रणको सिद्धान्त अनुरूप यी समिति रहेका हुन्छन्।

    यस्ता महत्त्वपूर्ण निकायमा महिलाको नेतृत्वको माग पहिलेदेखि नै हुँदै आएको छ।

    त्यसो हुँदा महिलाका निम्ति महत्त्वपूर्ण हुने मुद्दाहरू वा अन्य मुद्दामा पनि महिलाको दृष्टिकोणबाट यथेष्ट बहस हुन सक्ने जानकारहरू ठान्छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.