×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फेरिँदै गन्धर्व जीवनशैली (फिचर)

  •  
  • शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • पहिले गाउँघरमा सारंगी रेटेर छाक टार्थे, अचेल संगठित, व्यवस्थित र व्यावसायिक रुपमा गाउने, बजाउने र बिक्री गरेर जीवनशैली बदल्दै छन्

    विमल खतिवडा

    वैशाख २१, २०७५ काठमाडौँ — दोस्रो जनआन्दोलन २०६२/६३ मा गोरखा पालुङटार २ स्थित लिगलिगकोटका रुविन गन्धर्व १२ वर्षका थिए । त्यो बेला राम्रोसँग राजनीति नबुझेका उनलाई देशमा के भइरहेको छ भन्ने राम्रो हेक्का थिएन । सानै उमेरमा उनी जीवन गुजाराका लागि काठमाडौं आए ।

    काठमाडौंको ठमेलस्थित गन्धर्व सांस्कृतिक कला संगठनको कार्यालयमा सारंगी बजाउँदै गन्धर्व कलाकार (बायाँ) र ठमेलमा सारंगी बजाउँदै रुविन गन्धर्व । तस्बिर : विमल

    गाडी भाडासम्म नभएकाले बसको सिटमुनि लुकेर राजधानी ओर्लिएका थिए । कता जाने, के गर्ने मेसो पाएनन् । भोको पेट, उनको बास सडकपेटीमा हुन्थ्यो । सुरुमा गाडीमा सहचालक बनेर काम सुरु गरे । आफ्नो बाबुबाजेले बजाउँदै आएको सारंगीमा उनको पनि लगाव थियो । सहचालक भएर एक महिनाको कमाइले उनले सारंगी किने । त्यसपछि यात्रा रत्नपार्कतिर सुरु भयो । त्यो बेला रत्नपार्कमा राजनीतिक नेता तथा कार्यकर्ताहरूको ठूलो जमघट हुन्थ्यो ।
    आन्दोलन चलिरहेकाले नाम चलेका नेताहरू त्यहीँ भेटिन्थे । सारंगीको संगीतमा वेदना समेटिएका गीत गाउँथे रुविन । उनी गाउँदागाउँदै सबैको नजरमा परे । आन्दोलनमा उनी दैनिकजसो सरिक हुन थाले । जहाँ राजाविरोधी नाराजुलुस हुन्थ्यो, त्यहाँ उनको उपस्थिति अनिवार्यजस्तै हुन्थ्यो ।

    सबैले रुविनको खोजी गर्थे । आफैं र अरूले रचेका राजाविरोधी गीत सारंगीको धुनमा भाका हालेर गाउँथे । पछि जनआन्दोलनले सफलता पायो । उनी एकाएक सेलिब्रिटी बने । ऊ बेलाका रुविन अहिले २५ वर्षका भए । उनलाई नचिन्ने सायदै होलान् । जनआन्दोलनले सफलता पाएपछि उनको पनि दैनिकी फेरियो । अहिले उनी सडकमा गीत गाएर वेदना पोख्दैनन् । ठमेलमा बसेर विभिन्न जिल्लाबाट आएका सारंगी जम्मा गर्छन् र बजाउँदै बिक्री गर्छन् ।

    त्यति मात्र होइन, गन्धर्व समुदायको हकहितका लागि गठित गन्धर्व सांस्कृतिक कला संगठनका उपाध्यक्षका रूपमा सक्रिय पनि छन् रुविन । संगठनमा आइपर्ने समस्या समाधान गर्ने जिम्मेवारी उनैले लिएका छन् । अहिले उनी स्वयम्भू बस्छन् । आमा, श्रीमती र छोरी साथमा छन् ।

    ‘काठमाडौं पसेपछि सबैले चिन्ने भएँ,’ उनी भन्छन्, ‘पहिलाजस्तो सडकमा बसेर गीत गाउँदिनँ, सारंगी बिक्री गरेर परिवार पाल्दै आएको छु ।’ ठमेलमा विदेशी पर्यटकको भीडभाड हुन्छ । त्यही भएर गन्धर्व समुदायका प्राय: सबै यहीं बस्ने गरेका छन् । कसैले सारंगी सिकाउने त कोही सारंगी बजाएर विदेशीको मन जित्दै बिक्री गर्छन् । यसैको आम्दानीले अधिकांशले छोराछोरीलाई उनीहरूले चाहेको शिक्षा दिन सक्षम भएका छन् ।

    पहिलाजस्तो सडक र गाउँगाउँमा गीत गाउंँदै हिँड्ने यो समुदाय कमै भेटिन्छन् । गाडीमा गीत गाएर हिँड्ने दृश्य पनि बिस्तारै दुर्लभ बन्दै गएका छन् । बाबुबाजेले गाउँगाउँ गएर गीत गाउंँदै परिवारका लागि साँझबिहानको छाक जुटाए पनि अहिलेको पुस्ता ‘गायन’ लाई व्यवस्थित गर्न सक्रिय छ । केहीले यही पेसामा लागेर जग्गाजमिन जोडेका छन् । घर बनाएका छन् ।

    गोरखा, आँपपीपलका केदार गान्धारीले समुदायमा आधारित भएर ठमेलमा ‘सारंगी रेस्टुरेन्ट’ चलाएका छन् ।

    प्रत्येक शुक्रबार ‘सारंगी नाइट’ आयोजना हुन्छ । ‘मेरा हजुरबा/बुबाले सारंगी बजाउनुभएन,’ उनी भन्छन्, ‘मैले बजाएँ, म नेपालको पहिलो म्युजिक थेरापिस्ट पनि हुँ ।’ उनलाई बुबाले सानामा बजाउन दिएनन् । पछि बुबाले नै यसको संरक्षण गर्नुपर्छ भनेपछि आफू सक्रिय भएको उनले सुनाए । उनको पहिलो प्राथमिकता गन्धर्व समुदायको संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने नै हो । ‘यहाँ हामीले कुक, वेटरको तालिम पनि दिने गरेका छौं,’ उनले भने, ‘पहिलो प्राथमिकता गन्धर्वलाई हो, उनीहरूलाई रोजगारी दिएर अध्ययनमा सहयोग गर्दै आएका छौं ।’ उनका तीन छोराछोरी छन् । छोराले ग्यालेक्सीबाट यो वर्ष एसईई दिए । छोरी ग्यालेक्सीमै ९ कक्षामा र कान्छो छोरो बालबाटिकामा १ मा पढछन् । ‘निकै संघर्ष गरेर यो अवस्थामा आइपुगेको छु,’ उनले भने, ‘दु:खको आम्दानीले छोराछोरी पढाउन पाएको छु, त्यसैमा खुसी छु ।’

    १९ वर्षअघि आईए पढ्न काठमाडौं आएका थिए उनी । गोरखा बजारका सुरेश गान्धारीले भने, ‘पढदापढदै बिहे गरें, पछि बाबुबाजेले अँगाल्दै आएको सारंगी बजाउने पेसामा हात हालें ।’ उनी पनि सडकमा गीत गाएर हिँडदैनन् । ठमेलमा सारंगी बिक्री गर्छन् । गन्धर्व सांस्कृतिक कला संगठनको कार्यालयमा विभिन्न जिल्लामा तयार पारिएका सारंगी पठाइन्छ । जम्मा भएका सारंगी सबै मिलेर बिक्री गर्छन् । ठमेल घुम्न आउने विदेशी नै सारंगीका मुख्य ग्राहक हुन्छन् । साताको २ वटासम्म सारंगी बिक्री गर्ने गरेको उनले सुनाए । ‘सानैमा सारंगी नै खेल्ने साधन थियो, बजाउन कुनै समस्या भएन,’ उनले भने, ‘पहिला रहरले बजाइथ्यो, अहिले परिवार पाल्न यो पेसा अँगालेको छु ।’ ‘मैले सारंगी बजाउन थालेपछि विदेशी साथी बनाएँ,’ उनले भने, ‘छोराछोरी पढाउन र घर बनाउन विदेशी साथीले सहयोग गरेका छन् ।’

    भूकम्पले उनको घर भत्काएको थियो । गोरखा बजारमै साढे २ तलाको घर बनाए । ‘घर बनाउन जनता आवासबाट थोरै सहयोग आयो, ठूलो सहयोग विदेशी साथीले गरे,’ उनले भने, ‘४५ लाखमा तयार भयो ।’ उनले सारंगी बिक्री गरेर जम्मा गरेको रकम पनि घर बनाउनै खर्चिएको बताए । ठमेलमा प्राय: बिहानबाट साँझ अबेरसम्म गन्धर्व समुदायको जमघट हुन्छ । गन्धर्व सांस्कृतिक कला संगठनको कार्यालय त्यहीं छ । सारंगी ठूला र साना विभिन्न साइजका आउँछन् । सानो सारंगी धेरै बिक्री हुन्छ । पहिला गन्धर्वले मात्र सारंगी बजाउँथे । अहिले अन्य समुदायमा पनि आकर्षण बढेको छ । विभिन्न समुदायका व्यक्ति सारंगी सिक्न ठमेल पुग्छन् ।

    गन्धर्व समुदायका पुर्खाले पीडाका गीत सुनाउँदै परिवार पाल्ने मुख्य आधार सारंगीलाई नै बनाउँथे । अहिले बिस्तारै शैली फेरिँदै गएको छ । युवा पुस्ताले यसलाई जीविका चलाउने व्यवस्थित माध्यम बनाएका छन् ।

    ‘पहिला पढ्नुपर्छ भन्ने ज्ञान थिएन,’ लमजुङका अर्जुन गन्धर्व भन्छन्, ‘अहिले पहिलाको जस्तो जमाना छैन, हामीले पढ्न नपाए पनि छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान भएपछि काठमाडौं आयौं ।’ उनी ०५० मा काठमाडौं आए । घर उतै छ । बसाइ कपुरधारामा छ । ‘मेरो पहिलो काम नै छोराछोरी पढाउनु हो,’ उनले भने, ‘आफ्नै कमाइले छोराछोरी पढाएको छु, परिवार पनि सारंगीकै कमाइले पालेको छु ।’ उनको ७ जनाको परिवार छ । उनी सांगीतिक कार्यक्रमको सिलसिलामा सारंगी बजाउन जापान पनि पुगे । उनको ६ जनाको समूह छ । यो समूहले ठमेलकै नर्थफिल क्याफेमा बेलुका ६ देखि ९ बजेसम्म सारंगीको धुनमा मौलिक गीतसंगीत सुनाएर पाहुनाको मन जित्ने गर्छ । गरिबीका कारण पहिले जीविका चलाउन घरघर डुलेर सारंगी बजाउनु गन्धर्व समुदायमा बाध्यता थियो ।

    आफूसँग जे सीप थियो, त्यसैले साँझबिहानको छाक जुटेको थियो । लमजुङका बुद्धिमान गन्धर्व १५/१६ वर्षको उमेरमा पूर्वतिर गएर गीत गाउँथे । सारंगी बजाउँथे । पछि फर्किएर घरगाउँमै गीत गाउन थाले । तर उनलाई वचन लगाउने धेरै भए । ‘हातखुट्टा भएको मान्छे गरेर खानु’नि भन्दै वचन लगाउने धेरै भए,’ उनले सुनाए, ‘बरु भोकै बस्छु, नमिठो वचन सुन्दिनँ भनेर सारंगीको व्यापार गर्न काठमाडौं आएँ ।’ उनी अहिले ठमेलकै नेपाली चुलोमा सारंगी बजाउँछन् । दिउँसो सारंगी बिक्री गर्न हिँडछन् ।

    अहिले पनि गन्धर्व समुदायको पेसा उही हो तर सडक, गाडी वा घरघर होइन, व्यवस्थित ठाउँ र सारंगी बजाउने केन्द्र बनेका छन् । पेसा छाक टार्न मात्र होइन, छोराछोरी पढाउन र दैनिकी सहज बनाउन सहयोगी बन्दै छ ।

    सारंगी बजाएर गीत गाउने कमै महिला छन् । तर भोजपुरकी वता गन्धर्व सारंगी बजाएर गीत मात्र गाउँदिनन्, बजाउन सिकाउँछिन् । ठमेलमा सारंगी बिक्री गर्ने पसल नै खोलेकी छन् । मणिराम गन्धर्व, झलकमान गन्धर्वलगायत पुराना स्रष्टाले सारंगी मात्र बजाएनन् । मन छुने गीत गाएर सबैलाई भावुक बनाए । धुन र गीतमा कथा समेटिन्थ्यो । रेडियो नेपालमा २५ वर्षदेखि वाद्यबादकका रूपमा काम गर्दै आएका खडग गन्धर्व सारंगी बजाउने पेसा हराउँदै गएकामा दु:खी छन् । ‘यो पेसालाई हराउन दिनु हुँदैन, व्यवस्थित गरेर बचाइराख्नुपर्छ,’ उनले भने, ‘सरकारले सरस्वती पूजाको दिन सारंगी दिवस घोषणा गरिदिए आभारी हुने थियौं ।’ यो समुदायको बसोबास गोरखा, तनहुँ, लमजुङ र चितवनमा बढी छ ।

    समुदायका अगुवा शिवजी गायकका अनुसार ०६८ सालको जनगणनाअनुसार गन्धर्वको जनसंख्या ६ हजार ७ सय ८० छ । ०५८ मा ५ हजार ८ सय ८७ थियो । जसमा ४१ दशमलव १ प्रतिशत गन्धर्व भूमिहीन छन् । केही युवा भने पेसा छाडेर रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका छन् । ‘पहिलेभन्दा अहिले पेसा व्यवस्थित हुँदै गएको छ,’ उनले भने,‘ गन्धर्व समुदायको चिनारी सारंगी लोप हुनबाट जोगाउन सरकारको सहयोग आवश्यक छ ।’

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.