- प्राधिरण भन्छ :अध्ययन गरिरहेका छौ
नरेन्द्र ढकाल/गोरखा
चैत्र २० गते । जिल्लाका ३६७ परिवारले पुरानो थाकथलोमा घर बनाउन नमिल्ने देखिएको छ । खानी तथा भु–गर्भ विभाग र राष्ट्रिय पुर्न:निर्माण प्राधिकरणका विशेषज्ञहरुको अध्ययनले उक्त कुरा निष्र्कष निकालेको हो । ‘गोरखाको विषयमा ४ चरणमा अध्ययन भइसकेको छ, अहिले पनि साथीहरु फिल्डमा हुनुहुन्छ, बाँकी रिर्पोट आउन बाँकी छ’ राष्ट्रिय निर्माण प्राधिकरणको जग्गा प्राप्ती तथा भौगर्भिक अध्ययन शाखाका प्रमुख कमल घिमिरेले भने । भुकम्प पछि २०७२ साउन १५ गते गृह मन्त्रालयले सार्वजानिक गरेको रिर्पोटलाई आधार मानेर अध्ययन थालिएको हो ।
सोहीका आधारमा प्राधिकरणले केरौंजा, उहिया, सिर्दीबास र बारपाकका गरी ३६७ घर स्थानान्तरण गर्नुपर्ने निश्कर्ष निकाले को हो । ‘यो तेश्रो चरणको सम्मको रेर्कड हो, चौथो र पाचौं चरणको रिर्पोट आएका छैन्, साथीहरु अध्ययन मै हुनुहुन्छ’ घिमिरेले भने । सुरुमा खानी तथा भु–गर्भ विभागले केरौजा, उहिया, गुम्दा, लापु र लाप्राकको अनुसन्धान गरेको थियो । पुर्न:निर्मााण प्राधिकरण निर्माण भए लगतै जग्गा प्राप्ती तथा भौगर्भिक शाखाले खानी तथा भु–गर्भ विभाग सँगको समन्वयमा कुल ३१ वटा स्थानको बारेमा अध्ययन गरेको उनले बताए ।
पहिलो चरणमा अध्ययन गरेका मध्ये ५ वटा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ । त्यसैगरी दोश्रो चरणमा ८ स्थानको अध्ययन गरिएकोमा वगुवाको रिठ्ठे पानीका केही घरलाई स्थानान्तरणको सिफारिस गरिएको घिमिरेले बताए । ‘यो रेर्कडमा लाप्राकको समाबेश छैन, कतिपय गाउँका केही घर मात्र सिफारिस भएका छन्, सबै भन्दा धेरै केरौंजाका घरहरु सार्नुपर्ने देखिएको छ’ उनले भने ।
उहियाको माछाखोला, सिर्दिबासको खट्टेखोला, केरौंजाको झाग्री, सेङताङ, पुछारटोल, पखेटो, मान्पु, मानेटोल, केरौंजा बेसी, केरौजागाउँ, काज्छा, गैरीगाउँ, बिक टोल लगायतका ठाउँका स्थानियले पुनः सोही स्थानमा घर बनाउन नसक्ने भन्दै ती स्थानका प्रभावितको नाम समेत जिल्ला पठाइ सकिएको प्राधिकरण श्रोतले बताएको छ ।
तेश्रो चरणमा सुलिकोट र अजिरकोट गाउँपाकिलाको विभिन्न ठाउँमा अध्ययन गरिएको तर त्यसको रिर्पोट कार्यालयमा पुगिनसकेको राष्ट्रिय पुर्न:निर्माण प्राधिकरणले जानकारी दिएको छ । चौथो चरण अन्र्तगत विगत १ साता यता विशेषज्ञहरु सहितको टोलीले जिल्लाका विभिन्न ठाउँको अध्ययन गरिरहेको छ । ‘हामीले त्यहाँको जमिनका अवस्था कस्तो छ, बस्ती सार्न पर्ने छ की छैन्, मिटिकेसन गरेर सोही ठाउँमा फर्काउन सकिन्छ वा पुरै बस्ती सार्नुपर्ने हो ती विषयमा शुक्ष्म रुपले अध्ययन गरेका छौ’ अध्ययन टोलीमा सहभागी प्राधिकरणको जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाको अधिकृत कृष्ण बहादुर थापाले भने ।
चौंथो चरणको अध्ययनका लागि भुगर्भविद, भु तथा जलधारबिद् र पहिरोबिद् सम्लित टोलीले सुलिकोट, अजिकोट, आरुघाट गाउँपालिकाको विभिन्न ठाउँको अध्ययन गरी अहिले धार्चे गाउँ तथा चुमनुब्री गाउँपालिका जाने तयारी गरेको छ । ‘हामी सुलिकोट र अजिरकोटको अध्ययन गरी अहिले आरुघाट गाउँपालिकामा छौं, चुमनुब्रीको सिद्धिबास सम्म जाने तयारी छ, कत्ति सम्भव हुन्छ’ थापाले भने । सिद्र्धिबासमा ६-७ घर पहिरोको जोखिमा रहेकोले बस्ती स्थानान्तरण गनुपर्ने प्रारम्भिक जानकारी पाएको उनले बताए ।
एनआरएनएले लाप्राकको बस्ती स्थानान्तरणको लागि सोही ठाउँको गुप्सीपाखामा नयाँ बस्ती निर्माण गरिहेको छ । त्यसैगरी अर्को ठुलो बस्ती केरौंजालाई पनि स्थानान्तरणको काम अगाडी बढाइएको प्राधिकरणको भनाई छ । ‘यही वर्ष केरौंजाको काम टुंगाउने तयारी थियो अलि असम्भव देखिएको छ, त्यहाँबाट मालपोत र नापी कार्यालय पनि टाढा छ त्यसैले पनि समस्या भएको हो ’ प्राधिकरणको जग्गा प्राप्ती तथा भौगर्भिक अध्ययन शाखाका घिमिरेले भने ।
सिद्र्धिबासमा रहेको मालपोत तथा नापी कार्यालयबाट काम गर्न असम्भव भएपछि काठमाण्डौबाट टोली खटाएर काम गर्नेे तयारी प्राधिरणको छ । त्यसकारण केही ढिलाई भए पनि असार मसान्त भित्र केरौंजाको लागि जग्गा प्राप्ती गर्ने प्राधिरणको तयारी छ । भुकम्प गएको ३ वर्ष पुग्न लाग्दा समेत प्राधिकरणले बस्ती स्थानान्तरणको काम अध्ययनमा मात्र सिमिति राखिदिदाँ जोखिमयुक्त क्षेत्रका पिडितले आगामी वर्खा अघि घर बनाउने सम्भावना कम हुँदै गएको छ ।




















