×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आरुघाट घटनालाई प्रहरीले हलुका रुपमा हेरेको पिडित पक्षको आरोप

  •  
  • बिहिबार, चैत ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    चैत्र ८ गते । फागुनको करिब १० गते तिर आरुघाटका बाबुराम बरामलाई घरबाट फोन आयो । काठमाण्डौमा सानो काम गरेर बसेका बाबुराम घरको कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तै भए । उनललाई भाउजुले फोन गरेकी थिइन् । ‘भाउजुले फोन गरेर दिदी गर्भवती भएको कुरा सुनाउनुभयो, बिहे नभएको दिदी त्यहीँ माथि अपाङ्गता हुनुहुन्थ्यो कसरी त्यस्तो भयो भनेर हामी सबै छक्क परयौं’ उनले भने । उक्त कुरा थाहा हुने बित्तिकै आरुघाट एक स्वास्थ्य संस्थामा लगेर उनकी दिदीलाई जँचाईयो । स्वास्थ्यकर्मीले उनी गर्भवती भएको र पेटमा ५-६ महिना भन्दा बढिको बच्चा रहेको बताएपछि बराम परिवार उक्त बच्चाको बाबुको खोज्न थाल्यो । ‘भाउजुले सोधीखोजी गर्दा, दिदीले एउटा घर देखाउनु भएछ, अनि हामीले त्यो घरको केटा (आरोपी) को फोटो पठाइदियौं उहाँले हो भनेर इसारा गर्नुभयो’ बाबुरामले भने ।

    काठमाण्डौमा खाएको सानो जागिर छोडेर बाबुराम दिदीलाई न्याय दिलाउन घर आए । ११ गते उक्त घटना बारे थाहा पाएका उनले १४ गते आरोपी केटालाई फोन गरे अनि १५ गते घर आए । त्यत्ती बेला वच्चा जन्मिसकेको थियो । ‘जचाउँदा ५÷६ महिनाको बच्चा छ भन्ने कुरा आएको थियो, त्यसको २÷३ मा त बच्चा जन्मिहाल्यो’ बाबुरामले भने । अपाङ्गता भएकी महिलालाई ललाई फकाई वा जबरजस्ती गरेर उक्त घटना भएको हुन सक्ने आशंकामा बराम परिवारले गाउँ भेला बोलायो । उक्त भेलामा आरोपी युवक पनि गाउँ आए ।

    वडा अध्यक्ष सहित जनप्रतिनिधि समेत सहभागी भएको भेलामा आरोपी युवकले आफूलाई फसाउँन खोजिएको भन्दै त्यस घटनामा आफ्नो संग्लनता नरहेको जिकिर गरेपछि त्यहाँ निष्र्कष निस्कन सकेन । त्यसपछि पिडित पक्ष इलाका प्रहरी कार्यालय आरुघाटको ढोका ढकढकाउन पुग्यो । ‘गाउँमा भएको भेलामा उहाँहरुले स्वीकार्नु भएन, अनि हामी आरुघाट प्रहरी गयौं त्यहाँ पनि प्रहरीले केही गर्न सकेन’ बाबुराम भने । गाउँमा उक्त समस्याको छिनोफान नभएपछि न्याय खोज्दै अहिले बराम परिवार जिल्ला सदरमुकाम आईपुगेको छ ।

    बुधबार जिल्ला प्रहरी कार्यालयमा उक्त घटनाको बारे दुबै पक्ष विच छलफल समेत भयो । ‘हामीले दुबै पक्षलाई झिकाएका थियौ, उहाँहरुलाई राखेर छलफल भयो, तर निष्कर्ष भने निस्किन सकेन, घटना निकास अब अदालती बाटोबाट मात्र निस्केला जस्तो देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले भने । उक्त घटनाको टुंगो नाता प्रमाणित गरेर मात्र लाग्ने भएकाले अदालत जानुपर्ने प्रहरीको भनाई छ ।

    यता पिडितका आफन्तहरुले भने प्रहरीले घटनालाई हलुका रुपमा लिएको आरोप लगाएका छन् । ‘हामी न्याय पाइन्छकी भनेर जुन उन्मिदका साथ जिल्ला प्रहरी कार्यालयमा आएका थियौं त्यहाँ पनि उक्त वातावरण पाएनौं’ पिडितका भाई बाबुरामले भने । घटना बारे यथेष्ट प्रमाण पेश गरेर प्रहरीलाई किटानी जायरी दिदाँ पनि प्रहरीले आरोपसँग सामान्य सोधपुछ पनि नगरेको गुनासो पिडितको छ । ‘त्यहाँ उहाँलाई सामान्य केरकार समेत गरिएन, हामीले सबै कुरा भन्दा पनि प्रहरी गभ्भीर भए जस्तो लागेन’ उक्त घटनाको बारेमा अध्ययन गर्न काठमाण्डौ बाट आएकी अधिकारकर्मीले भनिन् ।

    प्रहरीले पिडितलाई न्याय दिनुका सट्टा, राजनितिक पावरको आडमा पिडकलाई उन्मुक्ति दिन खोजेको उनीहरुको आरोप छ । छलफलले निकास निकाल्न नसकेपछि पिडित पक्ष अदालत जाने तयारीमा रहेको उनीहरुले बताएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.