मोहसिन अलि मियाँ/गोरखा
चैत्र ८ गते । गोरखा नगरपालिका वडा नम्बर ४ मा रहेको ढुंगागाढे आधारभुत विद्यालयको भवन पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । १ करोड ८६ हजार ४५ हजारको लागतमा निर्माण भइरहेको विद्यालय भवनको काम अन्तिम चरणमा पुगेको विद्यालय निर्माण अनुगमन समितीले जनाएको छ । ‘स्कुलको काम लगभग सकिएको छ, अब केही साना तिना काम बाँकी छ, त्ये पनि केही दिनमा पुरा हुन्छ’ समितीका अध्यक्ष पहलमान बिकले भने ।
कक्षा ८ सम्म पढाई हुने विद्यालयको भवन २०७२ सालको भुकम्पले ध्वस्त भएपछि विद्यालयले अस्थाई टहरामा पढाई संचालन गर्दै आइरहेको छ । हाल विद्यालय भवन बनेको स्थानबाट करिब २ सय मिटर तल विद्यालयले अस्थाई रुपमा कक्षा संचालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर थापाले जानकारी दिएका छन् । पूरानो भवन भएको स्थानमा जग्गा नपुग्ने भएकाले विद्यालयको भवन नै केही माथी स्थानान्तरण गरिएको उनको भनाई छ । ‘हाम्रो पहिलाको भवन त अलि तल छ, नयाँ भवन बनाउन त्याहा जग्गा नपुग्ने भएर यहा सारेको’ प्राधानाध्यापक थापाले भने ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधा सम्पन्न १० कोठे भवन निर्माण भएको हो । ५ रोपानी क्षेत्रफलमा बनेको उक्त विद्यालयले आगामी नयाँ शैक्षिक सत्रबाटै नयाँ भवनबाट कक्षा संचालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ । ‘हामी बैशाखबाटै नयाँ भवनबाट कक्षा संचालन गर्ने भनेर तयारीमा छौ, गुड नेवर्ससंग पनि त्यै अनुसार हाम्रो सम्झौता भएको हो’ प्रअ थापाले भने ।
भवन निर्माणका लागि प्रअ थापा सहित स्थानीय देव कुमारी आले र जित बहादुर आलेले ३ रोपानी जग्गा विद्यालयलाई दान गरेको ब्यबस्थापन समितीले जनाएको छ । एक बर्ष अघिदेखि धुलिखेल निर्माण सेवा केन्द्रले माघ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि काम सुरु गरेको थियो । तर पानी र कामदार अभावका कारण निर्माण कार्य केही ढिला भएको समितीले जनाएको छ । विद्यालयमा १० कोठे भवन सहित ५ वटा सुविधासम्पन्न शौचालय समेत निर्माण भएको छ ।
यससंगै विद्यालयमा कम्प्युटर, पुस्तकालय, फर्निचर एवम खानेपानीको समेत प्रबन्ध मिलाउने गरि प्रक्रिया अघि बढाइएको गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कार्यालय गोरखाका प्रमुख दोर्ण जिसीले बताएका छन् । ‘हामीले भवन मात्रै होइन विद्यालयको पढाई गुणस्तरिय र विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि कम्प्युटर, पुस्तकालय समेत सहयोग गर्छौ, यससंगै खानेपानी र अन्य आवस्यक सामाग्रीका लागि पनि हामी प्रक्रियामा छौ’ जिल्ला प्रमुख जिसीले भने । जिल्लाका अन्य स्थानमा समेत गुड नेवर्सले विद्यालय, स्वास्थ्य चौकी भवन तथा खानेपानी आयोजनाहरुको निर्माण गरेको जनाएको छ ।
गुड नेवर्सले बनायो ढुङ्गागाढेमा १० कोठे सुविधा सम्पन्न विद्यालय भवन
गुड नेवर्सले बनायो ढुङ्गागाढेमा १० कोठे सुविधा सम्पन्न विद्यालय भवन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


