संपादीकय
एसईई परिक्षा नजिकिदै गर्दा एउटा गम्भिर बिषय सार्वजानिक भएको छ । जिल्लाका ५२ जना विद्यार्थीले तोकिएको मापदण्ड पुरा नगरेको भन्दै परीक्षा दिनबाट बञ्चित भएको खबर बाहिर आएको छ । त्यसका पछाडी थुप्रै कारणहरु छन् । विद्यार्थी, अभिभावक र विद्यालय तिनै पक्षको कमजोरीका कारण विद्यार्थीहरु एईई परीक्षा दिनबाट बञ्चित भएका छन् । हाजिरी नपुगेको होस्, या आवश्यक दस्तुर नबुझाए होस्, जे÷जे कारणले भए पनि यति ठुलो संख्यामा विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित हुनु राम्रो कुरा होइन । त्यसलाई गम्भीर रुपमा लिनुपर्छ । विद्यार्थीहरुले वर्ष भरी गरेको मेहनत त्यसै खेर जाने भएको छ ।
विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन, दैनिक रुपमा विद्यालय आउने वातावरण निर्माण गर्न शिक्षक र अभिभावकहरुले पहल गर्नुपर्छ । मुलक नयाँ संरचनामा गएको छ । सदरमुकाममा रहेको जिल्ला शिक्षा कार्यालयको सेवा गाउँगाउँमा पुगेको छ । परिक्षा प्रणालीहरु फेरिदै छन् । शिक्षालाई बिशेष जोड दिएर स्थानीय तहले पनि गम्भीरता देखाउनु पर्छ । समाज बिकासको मुख्य आधार शिक्षा हो । यदी जनता शिक्षित भएनन भने, त्यहाँ दक्ष जनशक्ति उत्पादन हुन सक्दैन, मानिस शिक्षित भएन भने उसका अज्ञानताका कारण थुपै्र गलत कामहरु हुन सक्छन् । आउन वर्षहरुमा यस्ता गल्ती दोहोरिन निदिई, शैक्षिक जागरण फैलाउन स्थानीय तहहरुले पनि विशेष पहल गर्नु पर्छ । शिक्षा कार्यालयहरुले पनि फेरिएका नयाँ प्रावधानबारे विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई शुसुचित गराएर यस्ता गम्भीर गल्ती रोक्न आजै बाट पहल सुरु गर्नु आवश्यक छ ।


