मोहसिन अलि मियाँ/गोरखा
चैत्र ६ गते । घरघरमा खानेपानीको धारा आए संगै सिरानचोक गाँउपालिका वडा नम्बर ३ बयापानीका बासिन्दामा खुशियाली छाएको छ । यस अघि एक गाग्री पानी लिन गाँउमा भएको एउटा धारामा घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको भन्दै उनिहरु उत्साहित भएका हुन् । ‘गाँउमा पानीको साह्रै दुख थियो, पानी लिन गयो बिहान त धारा मै बित्थ्यो, अहिले त साह्रै सजिलो भएको छ’ स्थानीय राममाया बिकले भनिन् ।
खानेपानी मात्रै होइन सरसफाई र गाइबस्तुहरुलाई खुवाउन समेत टाढाबाट पानी बोक्नु परेको दुख भोगेका बयापानीका स्थानीयलाई घरघरमा बनेको धारामा पानी आउन थालेपछि हाल पानीको समस्या हटेको स्थानीय सलिमा खातुन बताउछिन । ‘अब चाई पानीको समस्या भोग्नु पर्दैन होला नत्र त खान, लुगाधुन, नुहाउन, बस्तुभाउलाई खुवाउन सबै बोक्नुपर्ने’
ब्राह्मण क्षेत्री, मुस्लिम र दलित समुदायको बस्ति रहेको बयापानीको १ सय १२ घरधुरीको घरघरमा पानीको धारासंगै मिटर समेत जडान गरिएको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाले संचालन गरेको भुकम्पप्रतिकार्य कार्यक्रम अन्तरगत निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको सोमबार एक कार्यक्रमका बिच समुदायलाई हस्तान्त्रण गरिएको छ । बेल्जियम, नेदरल्याण्ड र जर्मन रेडक्रशको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको आयोजनामा २० लाख रुपैया खर्च भएको छरछरे खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मोहन बोगटीले बताएका छन् । जसमध्ये १२ लाख २७ हजार रेडक्रश सोसाइटी र ८ लाख ४२ हजार स्थानीयस्तरबाट जुटाइएको अध्यक्ष बोगटीको भनाई छ ।
बयापानीमा १८ हजार घनमिटरको रिजर्भ ट्यांकी निर्माण गरेर घरघरमा पानीको लाइन बितरण गरिएको उनले बताएका छन् । हाल एक महिना परिक्षण कालका लागि निशुल्क पानी वितरण गरिने र सो पश्चात न्युनतम मुल्य तोक्ने योजना रहेको आयोजनाका अध्यक्ष बोगटीको भनाई छ ।
आयोजनाका अध्यक्ष बोगटीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष बिरबहादुर थापा, रेडक्रश गोरखाका उपसभापति मोहन ढकाल, गाँउकार्यपालिका सदस्य योगेन्द्र सुनार, रेडक्रश हर्मि उपशाखाका सहसचिव अमृतप्रसाद पराजुलीले मन्तब्य राखेका थिए । त्यस्तै परियोजनाका जुनियर इन्जिनियर कृष्ण प्रसाद सोडारी, वडासदस्यहरु टोप बहादुर बोगटी, सिता सुनार समाजसेवी इश्वर बहादुर बोगटी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस्तै रेडक्रश सोसाइटी गोरखाको सहयोगमा बयापानी कै शिखरज्योती प्राविमा सुविधासम्पन्न शौचालय समेत निर्माण सम्पन्न भएको छ । ७ लाख रुपैयाको लागतमा बनेको शौचालय अपांगमैत्री, बालमैत्री भएको परियोजनाका जुनियर इन्जिनियर सोडारीको भनाई छ ।
खानेपानी आयोजना बनेपछि स्थानीयमा खुशियाली
खानेपानी आयोजना बनेपछि स्थानीयमा खुशियाली
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


