गोरखा समाचारदाता
गोरखा नगरपालिका नेपालकै पहिलो सहयोगापेक्षी सडक मानव रहित नगर घोषणा भएको छ । विभिन्न कारणले सडकमा पुगेका मानिसहरुलाई मानव सेवा आश्रमले उद्धार गरी आश्रय दिन थालेको एक पुगेका दिन सोमबार उक्त घोषणा गरिएको हो । ‘अब कोही मानिसले गोरखा नगरपालिका भित्र सडकमा जिवन बिताउनु पर्नेछैन्, त्यसका लागि हामी सबैले प्रतिवद्धता व्यक्त गर्दछौ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने । गोरखा नगरपालिका र मानब सेवा आश्रमको सयुक्त आयोजनामा सोमबार भब्य कार्यक्रम गरी सहयोगापेक्षी मानव रहित घोषणा गरिएको थियो । मानब सेवा आश्रमबाट सुरु भएको ¥याली बजार परिक्रममा पश्चात हरमटारीको मिराकल होटलमा आएर कार्यक्रममा परिणत भएको थियो । उक्त सभामा नगरबासीलाई सामुयिक रुपमा प्रतिवद्धता गराउँदै नगर प्रमुख पन्तले गोरखा नगरपालिकालाई सयोगापेक्षी सडक मानब मुक्त नगर बनाउने प्रण गरे । ‘हामी सबैले यो अभियानलाई सार्थक बनाउनुपर्छ, यस कुरामा नगरपालिका दृढ प्रतिवद्ध छ, नगरबासी सबैको सहयोगको अपेक्षा गरेको छु ।’
कार्यक्रममा उपस्थित भएका मानब सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोबिन्द टण्डनले गोरखा नगरबासीलाई धन्यवाद दिदै मानव मुक्तिको बाटोमा लाग्न सबैलाई आग्रह गरेका छन् । ‘हामीले मानब भएर मानबको दुःख देख्न सकेनौं भने यो जिवन व्यर्थ छ, बेसाहारा मानिसहरुलाई आश्रय दिने यो महा अभियानलाई तपाइँहरुले सफल बनाउँदै हुनुहुन्छ, तपाइँ धन्य हुनुहुन्छ । ’ यस अघि आश्रमको परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।
आश्रमले हाल सम्म जिल्लाका विभिन्न ठाउँमा सडक पेटि, मठमन्दिर वा सार्वजानिक स्थलमा बेसाहारा जिवन बिताईरहेका २५ जनालाई उद्धार गरिसकेको छ । ती मध्ये ७ जनाको पारिवारिक मिलन समेत भइसकेको छ भने १५ जना बेसाहारा,मानसिक समस्या समेत भएकाहरुलाई आश्रमको मुख्य कार्यालय हेटौडामा राखिएको छ । मानब सेवा आश्रमले उद्धार गरेका मध्ये १ जनाको ज्यान गएको छ भने ४ जना मनोरोगीहरु उपचार पश्चात सुधार भएर आश्रमकै सेवा लागेको अधिकारीले बताए । केहि दिन अघि भेटिएकी १ जना मनोरोगी उपचार थालिएको आश्रमले जानकारी दिएको छ ।
गोरखा नगरपालिका ६ पाटेचौरमा एक भाडाको घरमा सञ्चालन गरिएको आश्रमको गत बर्ष चैत ५ गते औपचारीक उद्घाटन गरिएको थियो । अहिले आश्रमले देशका विभिन्न स्थानमा भेटिएका २६ जना बालबालिकाहरुलाई सेवा दिइरहेको छ । भकार्यक्रममा नगरबासीको उल्लेख्य उपस्थिती रहेको थियो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षता तथा मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोबिन्द टण्डनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
सयोगापेक्षी सडक माबन रहित नगर घोषणा
सयोगापेक्षी सडक माबन रहित नगर घोषणा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


