मोहसिन अलि मियाँ/गोरखा
चैत्र २ गते । वारपाकमा एक विदेशी नागरिक भिरबाट लडेर घाइते भएका छन् । पुनःनिर्माण हुदै गरेको विद्यालय अनुगमन गर्न जादैगर्दा बाटोमा लडेका दक्षिण कोरियाका नागरिक क्वाङ सिक चोङको उद्धार गरी उपचारका लागि काठमाणै लागिएको छ ।
वारपाक स्थित भगवती प्राथमिक विद्यालय भवन पुनःनिर्माणको क्रममा बारपाक आइपुगेका इन्जिनियर क्वाङ सिक चोङ बिहीबार दिउँसो मान्द्रे र स्नानकोबीचको भीरबाट लडेर घाइते भएका हुन् । टाउकोमा गहिरो चोट लागेका उनलाई स्थानीयले उद्धार गरि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘उहाँहरुको टिमले बारपाकमा स्कुल बनाउदै रहेछ, त्यै स्कुल हेर्न जादै गर्दा बाटोमा लडेर घाइते भएपछि तत्कालै उद्धार गरेर काठमाण्डौ लगिएको छ’ एसपी प्रकाश अधिकारीले भने ।
साथै उनको हात समेत भाँचिएको अनुमान गरिएको छ । दक्षिण कोरियाको अम हङ्गिल ह्युमन फाउण्डेशन नामक संस्थाको सहयोगमा पुननिर्माण भइरहेको भगवती प्राविको उद्घाटन कार्यक्रमको तयारीमा उनिहरु केही दिन अघि गोरखा आएका स्थानीयले बताएका छन् । उक्त संस्थाका कन्ट्री डाइरेक्टरसमेत रहेका उनको हाल काठमाण्डौ स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर एक विदेशी नागरिक घाइते
भिरबाट लडेर एक विदेशी नागरिक घाइते
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















