नरेन्द्र ढकाल/गोरखा
चैत्र २ गते । भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवाको लामाचौरमा एकिकृत वस्ती निर्माणका काम सुरु भएको छ । साबिकको बगुवा गाबिस वडा नम्बर ४ र ५ मा छरिएर रहेका करिब १५० घरधुरीलाई एकिकृत गरी नमूना बस्ती निर्माण गर्ने उदेश्यका साथ पुनर्निमाण प्राधिकरणसँगको समन्वयमा स्थानीयले काम अगाडी बढाएका हुन् । ‘३० घरको निर्माण सुरु भएको छ, अरु घरको पनि घडेरी सम्याउने काम सकिएको छ’ एकिकृत मिलन वस्ती पुनर्निमाण तथा विकास समितिका सचिव चन्द्रमान श्रेष्ठले भने । कुल १३८ घर मध्ये ३० वटा घर अक्सफामसँगको साझेदारीमा तुलसी मेहर युनेस्को क्लवले बनाउन लागेको हो । समाजमा रहेका गरिब, असाहय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुको छनोट गरी करिब ७ लाख भन्दा बढिको लागतमा उनीहरुका लागि घर निर्माण गरिएको हो । ‘उहाँहरुले बनाएको मापदण्ड र एनआरएनएले तोकेको नम्सलाई आधार मानेर हामीले काम गरिरहेका छौं, घर धनीहरुको सहयोग पनि उत्तिकै छ’ अक्सफामका जिल्ला कार्यक्रम प्रबन्धक विजयराज पन्तले जानकारी भने ।
त्यहींका लाभग्राहीको जग्गा, अरु व्यक्ति सँग किनिएको र वन कार्यलयसँग साटिएको २३ रोपनी गरी कुल २ सय रोपनी क्षेत्रफलमा अहिले बस्ती निर्माणको काम सुरु भएको छ । उक्त बस्ती निर्माणको अवस्था बारे जानकारी गराउने उदेश्यले एकिकृत मिलन बस्ती पुनर्निमाण तथा विकास समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अहिले सम्मको कामबारेमा जानकारी गराएको छ । बस्ती निर्माणको काम अगाडी बढेसँगै लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । आगामी चैत्र ३ गते शनिवार एक कार्यक्रम गरी हाल लाभग्राही सूचिमा समाबेस भएका १३८ घरलाई लालपुर्जा वितरण गर्ने लागिएका एकिकृत मिलन बस्ती सेवा समाजका महासचिव रामहरी श्रेष्ठले जानकारी दिए । ‘निकै लामो मेहनत पछि जग्गाको पुर्जा बनाउन सफल भइएको छ, एक कार्यक्रमका विच घरधनीलाई वितरण गर्दैछौ’ उनले भने । क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हरिराज अधिकारी, राष्ट्रिय पुननिर्माण प्राधिकरणका डाक्टर हरेराम पराजुली लगायतको उपस्थितीमा लालपुर्जा वितरण गर्ने समितले जनाएको छ ।
मौलिक परम्परा झल्कने खालका एकनासे घरहरु निर्माण गर्ने, बस्ती भन्दा तल पशुचौपायाका लागि गोठ निर्माण गर्ने, खेलमैदान, खानेपानी, विद्युत, सडक जस्ता पुर्वाधारहरु समेत निर्माण गरि नमूना गाउँ बनाउने उदेश्यका साथ बस्ती निर्माणको काम सुरु भएको हो । एकिकृत मिलन वस्ती पुनर्निमाण तथा विकास समितिको अगुवाईमा सुरु भएको उक्त बस्तीका लागि हाल सम्म जग्गा प्राप्तीको काम सम्पन्न गरी घडेरीको रेखाङ्कन गरी कित्ताकाट समेत सम्पन्न भइसेको छ । बस्ती निर्माणका लागि अहिले घडेरी खारेर कुल १ सय ३८ लाभग्राहीलाई चिठ्ठा समेत थुताइसकेको छ भने हाल लाभग्राही सूचिमा नपरेका घरहरुका लागि पनि आवश्यक जग्गाको प्रबन्ध गरिएको महासचिव श्रेष्ठले बताए । ‘हामीले आठ वटा कष्टर बनाएर घर चिठ्ठा थुतायौं, धर्म सस्कृति र परम्परालाई ध्यानमा राखेर बस्तीलाई व्यवस्थीत बनाउने प्रयास गरेका छौ’ श्रेष्ठले भने । एउटा घर निर्माणका लागि ६ आना जमिन छुट्याइएको छ । उक्त वस्ती निर्माणका लागि नेपालमा भर्खरै भित्रिएको नयाँ प्रबिधी प्रयोग गरिएको छ । सोही ठाउँको माटो, बालुवा र सिमेन्टलाई प्रयोग गरेर बनाइएको बिशेष खालको इट्टा (इन्टरलगिङ ब्लक) ले सबै घर बनाउने तयारी गरिएको छ । सोका लागि अक्सफामको सहयोगमा ३ वटा मेसिन मार्फत धमाधम इट्टा बनाउने काम समेत भइरहेको छ । एकिकृत बस्ती निर्माण स्थानीयको पहलमा भए पनि सडक, खानेपानी, बिजुली, खेलमैदान, मठमन्दिर, विद्यालय, सामुदायिक भवन जस्ता पुर्वाधारहरु भने नेपाल सरकारले बनाउने सहमती भएको छ । सोही अनुरुप जमिनको रेखाङ्कन समेत गरिएको छ । हाल लाभग्राहीको सुचिमा नभएका झण्डै २५ भन्दा बढि घर धुरीलाई पनि त्यही व्यवस्थीत गर्ने गरी जग्गाको रेखाङ्कन गरिएको स्थानीयले बताएका छन् ।
बगुवाको एकिकृत मिलन वस्तीमा ठडिन थाले घर
बगुवाको एकिकृत मिलन वस्तीमा ठडिन थाले घर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


