मोहसिन अलि मियाँ/गोरखा
चैत्र २ गते । हजयात्राका लागि यस बर्ष गोरखाबाट दश जनाले आवेदन बुझाएका छन् । साउदीको मक्का र मदिना शहरमा हुने हजमा सहभागी हुनका लागि यस बर्ष गोरखाका १० जना मुस्लिम समुदायका ब्यक्तिहरुले आवेदन बुझाएका हुन् ।
नेपालबाट १ हजार २ सय जनाले यस बर्ष हज गर्न पाउने गरि कोटा छुट्याएको छ । अघिल्लो बर्ष आवेदन दिने ७ सय र यस बर्ष परेका आवेदनबाट ५ सय जनालाई छनौट गरि जम्मा १ हजार २ सय जनालाई हजमा पठाइने तयारी भएको नेपाल हज कमिटीका अध्यक्ष मोहम्मद शोएवले बताएका छन् ।
जस अनुसार हज कमिटीले फाल्गुन १५ गतेलाई आवेदन दिन अन्तिम मिति तोकेको थियो । गोरखाबाट सो अवधीमा ५ जना पुरुष र ५ महिला गरि १० जनाको आवेदन परेको जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत नायव सुब्बा चेतप्रसाद अम्गाईले बताएका छन् । प्राप्त भएको आवेदन कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।
यस बर्ष हजयात्रीहरुले कति रकम धरौटी राख्नु पर्ने भन्ने बारे हालसम्म पनि निश्चित नभइसकेको अध्यक्ष शोएव बताउछन् । सुरुमा आवेदन संगै एक लाख धरौटी राख्न लगाएको हज कमिटीले अब कति रकम थप गर्नुपर्ने हो भन्ने हालसम्म पनि निर्धारण गर्न सकेको छैन । ‘सुरुमा एक लाख राख्न लगाएका छौ, अब हाम्रो टिम साउदी अरेयिबा गएर त्याहाको सबै ब्यवस्थापन गरेर आउछ, खाना, होटल, यातायात लगायत सम्पूर्ण ब्यवस्थापन भइसकेपछि कति रकम लाग्छ अनि हामी त्यसपछि मात्रै रकम निर्धारण गर्छौ’ हज कमिटीका अध्यक्ष शोएवले भने ।
अघिल्लो बर्षहरुमा नेपाली हजयात्रीहरुले खानाको प्रवन्ध आफै गर्ने गरेको तर यस बर्ष खानाको समेत हज कमिटीले नै ब्यवस्थापन गर्ने भएकाले अघिल्लो बर्षको भन्दा केही रकम बढ्न सक्ने उनको भनाई छ । अघिल्लो बर्ष हजयात्रीलाई प्रतिब्यक्ति १ लाख ९० हजार रकम तोकको थियो ।
यस बर्ष साउन तेस्रो हप्तामा नेपाली हजयात्रीहरु साउदी जाने छन् । साउदीको मक्कामा ३२ दिन र १० दिन मदिना सरिफमा गरि ४२ दिन उनिहरु हजमा रहने हज कमिटीले जनाएको छ । यस बर्ष पनि गत बर्ष झै माग गरिएको कोटा भन्दा करिब ४ सय आवेदन बढि परेको अध्यक्ष शोएवले बताएका छन् । इस्लामको पाँच आधार स्तम्भ मध्येको एक आधार स्तम्भ हज पनि भएकाले यसको बिशेष महत्व रहेको मुस्लिम अगुवाहरु बताउछन् ।
हजयात्राका लागि गोरखाबाट दश जनाको आवेदन
हजयात्राका लागि गोरखाबाट दश जनाको आवेदन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


