संपादकीय
गोरखा नगरपालिकाले जिल्ला सरमुकामको मुख्य बजार क्षेत्रलाई व्यवस्थित बनाउने अभियान थालेको छ । यस अघि पनि यस्ता अभियानहरु नभएका होइन् । जनताका प्रतिनिधि बिना कर्मचारीको प्रयासमा थालिएको फुटपाथ व्यवस्थापनको काम अहिले फेरी सुरु भएको छ । केही दिन अघि नगरप्रमुख आफै फुटपाथ हटाउन भन्दै सडकमा आएपछि यसले केही गति लिएको छ । सोमबारबाट औपचारीक रुपमा टोली नै बनाएर नगरक्षेत्रको फुटपाथ व्यस्थापन र सरसफाईको बारेमा अनुगमन सुरु गरिएको छ । अहिले गोरखा बजारको अबस्था दयनिय छ । मानिस हिड्नका लागि बनाइएको फुटपाथमा व्यापारी व्यसायीले सामान फिजाएर व्यापार गरिरहेका छन् ।
कतियय स्थानमा निर्माण सामाग्रीले फुटपाथ परिएको छ । थोक बिक्रेताहरुले बजार क्षेत्रको मुख्य चोकहरुमा ठुला÷ठुला सबारी साधन फुटपाथमै राखेर सामान लोडअनलोड गरिरहेका छन् । यो व्यथिती अचाक्ली मौलाएको छ । यसले गर्दा ऐतिहासिक गोरखा बजारको सुन्दरता बिग्रिनुका साथै आवागमनलालाई जोखिमयुक्त बनाएको छ । फुटपाथमा सामान राखिदिदाँ यात्रुहरु सडकबाट हिड्न बाध्य छन् जसले गर्दा दुरघटनाको जोखिम बढेको छ । बजार व्यवस्थीत भएन भने बाहिर बाट आउनेहरुले नाक खुम्चाउछन् । मानिस आएनन भने यहाँको व्यापार व्यवसायमा मन्दी आउँछ । हामी जो सुकै, जतिबेला पनि दुरघटनामा पर्ने अवस्था पनि छ । यस्तो अवस्था नगरपालिकाले थालेको काम हामी सबैका लागि हो । नगरबासी सबैले नगरपालिकालाई सहयोग गरी यो अभियान सफल बनाउन लाग्नुपर्छ । यसले गोरखा बजारलाई सुन्दर बनाउनका साथै सभ्यताका परिचय पनि दिन्छ । त्यसैले नगरपालिकाको यो अभियानलाई सबैले सहयोग गरौं ।




















