×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

व्यापारीको हैरानी रोक्न मनकामनामा सिसिटिभि क्यामेरा

  •  
  • बुधबार, फागुन ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    फाल्गुण ३० गते । एकपटक मनकामना मन्दिर पुग्ने सबैलाई थाहा छ, व्यापार व्यवसायका लागि त्यहाँ के के हुन्छ भनेर । मनकामनामा खोलिएका अधिकाशं होटलमा ग्राहक तान्ने छुट्टै व्यक्ति राखिएका हुन्छन् । जब केबुलकारको गेटबाट मन्दिर तर्फ प्रवेश गर्ने बित्तिकै केही युवाहरु भक्तजनको हात समात्न आइपुग्छन् । विभिन्न शैलीमा भट्याउदै उनीहरु त्यहाँ पुग्ने जो कसैलाई पनि हैरान पार्न पछि पर्दैनन् । होटलको विज्ञापन देखि फोटो खिचाउने, पुजा सामाग्री बिक्रि गर्ने र उपहारका सामाग्री किन्न भक्तजनलाई बाध्य बनाउनु नै उनीहरुको दिनचर्या हो । ‘लौ आउनुस्, आउनुस्, तपाइँकै घरमै जस्तै, मसिनाको चामल, गुन्दु्रकको अचार, लोकल कुखुराको मासु, त्यसमा घ्यू झ्याइ’ केही दिन अघि हामी मनकामना पुग्दा एक युवा रयाप गितको शैलीमा भट्याउँदै थिए । उक्त समस्याका कारण मनकामना मन्दिर आउने वाक्क भएपछि गाउँपालिकाले नियन्त्रणको प्रयास थालेको छ ।

    मनकामना बजारलाई सिसिटिभी क्यामेराबाट निग्रानी गर्ने तयारी गरिएको छ । नेपालकै ऐतिहासिक मनकामना मन्दिर घुम्न आएका भक्तजनहरुलाई स्थानीय व्यापारी÷व्यवसायीले व्यापारका नाममा अनावश्यक दुःख दिएको भन्दै उक्त क्यामेरा राख्न लागिएको हो । ‘मनकामना बजारलाई व्यवस्थीत बनाउन हामीले सिसिटिभी बाट निग्रानी गर्न लागेका छौं, केही दिनमा उक्त कार्यले पुर्णता पाउँछ’ शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भने ।

    मनमनामाईको दर्शनका लागि आएका भक्तजनहरुलाई आफ्नो होटल, रेष्टुरेन्टमा खाना खुवाउन, फोटो खिचाउन र अन्य उपहारका सामान किन्नका लागि बाटो छेक्ने, अनावश्यक प्रलोभन देखाएर जर्बजस्ती गर्ने जस्ता क्रियाकलाप बढेको गुनासो आएपछि गाउँपालिका उक्त निर्णयमा पुगेको हो । ‘व्यापारका नाममा अलि बढि नै त्यस्ता गतिविधि भएको छ भन्ने गुनासो आयो, हामीले अध्ययन गर्दा पनि व्यथिति नै पाइयो, त्यसैले नियन्त्रणको प्रयास गरेका हौ’ थापा मगरले भने ।

    केबुलकारको गेट देखि मन्दिर हुँदै प्रहरी चौकी सम्म विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिने त्यसको नियन्त्रण भने इलाका प्रहरी कार्यालय मनकामनाले गर्ने तयारी गरिएको छ । कहाँ कसले के गरेको छ प्रहरीले कार्यालयमा बसेर हेर्न र गलत गर्नेलाई कारवाही गर्ने बताइएको छ । ‘प्रहरी कार्यालयमा त्यसको कन्ट्रोल हुन्छ, प्रहरीले नै निग्रानी गर्छ, जसले बाटोमा आएर भक्तजनलाई त्यस्तो व्यवहार गर्छ उसलाइ तुरुन्तै पक्राउ गरिन्छ’ थापाले भने ।

    सिसिटिभी राख्नका लागि ८ लाखको बजेट समेत निर्माण गरिएको छ । गाउँपालिकाको २ लाख अनुदान, वडा कार्यालयको ५ लाख र स्थानीय उद्योगवाणिज्य सघंको पहलमा जुटाइएको १ लाख ५ हजार गरी ८ लाख ५ हजारमा सिसिटिभि क्यामेरा राख्न लागिएको वडा अध्यक्ष अचल थापाले जानकारी दिए । ‘हामीले तयारी गरिसकेका छौ, यो काम उद्योग वाणिज्य संघको नेतृत्वमा हुन्छ, उहाँहरुले आवश्यक तयारी गर्दै हुनुहुन्छ’ उनले भने ।

    उद्योग वाणिज्य सघं मनकामना बजार इकाईका अध्यक्ष रामकुमार श्रेष्ठ सवारी दुरघटनामा परी दुखद निधन भएकाले उक्त काम केही ढिलो भएको वडा अध्यक्ष थापाले बताए । ‘उद्योग वाणिज्य संघसँग छलफल भइरहेको छ, केही दिनमै जडान कार्य गर्ने उहाँहरुले बताउनुभएको छ’ थापाले भने । नेपालकै ऐतिहासिक मनकामना मन्दिरमा दिनहुँ हजारौं भक्तजनहरु पुजाका लागि आइपुग्छन् । मनकामना मन्दिरमा नेपाल मै पहिलो केबुलकार समेत सञ्चालन गरिएकाले त्यसले पनि आकर्षण बढाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.