नरेन्द्र ढकाल/गोरखा
फाल्गुण ३० गते । उत्तरी गोरखाको धार्चेमा परम्परागत कला र सस्कृतिको सरक्षणका लागि ग्यालरी निर्माण सुरु गरिएको छ । गाउँपालिको ५ लाख लगानीमा नेपाल मै पहिलो पटक आउट डोर ग्यालरी (घर बाहिर बनाईन) निर्माण थालिएको हो । ‘हाम्रो कला सस्कृति हराउन थाले, त्यसको जग्रेना गर्दै पर्यटकलाई आकर्षित गर्न नयाँ कार्यक्रम गर्न लागेका हौं’ धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले भने । धार्चे गाउँपालिका वडा नम्बर ३ को खोर्लाबेंसीको एक पहरामा बुद्धको मुर्ति कुंदेर ग्यालरी बनाउने अभियान सुरु गरिएको हो ।
धार्चे गाउँपालिका भित्रका डाँडा, भिर पहराहरुमा विभिन्न किमिसका चित्रहरु बनाएर आकर्षक पर्यटकिय गन्तब्य बनाउने गुरुङको योजना छ । ‘पुरै धार्चेको मौलिकता झल्कने गरी हामी आउट ग्यालरीहरु निर्माण गछौं, जसले हाम्रो पहिचान दिओस्, पर्यटकलाई आर्कषित गराओस् ।’ धार्चे घुम्न पुग्ने पर्यटकलाई आकर्षित गरी २÷३ सम्म भुलाउने बिभिन्न ठाउँमा आकर्षक ग्यालरीहरु निर्माण गर्ने गाउँपालिकाको योजना छ । त्यसका लागि नेपाल मै पहिलो पटक धार्चे गाउँपालिकाले ५ लाख बजेट समेत बिनियोजन गरेको छ ।
सोही बजेटमा काठमाण्डौको ललितकला क्याम्पसमा आर्ट बिषय लिएर पढ्दै गरेका विद्यार्थीहरुलाई धार्चे ल्याएर चित्र बनाउन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष गुरुङले पहरामा खोप्दै उक्त कार्यको उद्घाटन गरेका छन् । उक्त क्याम्पसका बिशाल सारु मगरको नेतृत्वमा ४ जना कलाकारहरुको टोली अहिले धार्चेको खोर्ला बेसीमा रहेको पहरामा बुद्धको चित्र बनाउन व्यस्त छ । ‘हाम्रा पहाड, पहराको सौन्दर्य नबिगारिकन, त्यसलाई झन आकर्षक बनाउँदै, मन्द्रमुक्त बनाउने हाम्रो योजना छ, सोही अनुसार कलाकारहरु काम गर्दै हुनुहुन्छ’ गुरुङले भने ।
कलाकारहरुको टोलीले भ¥याङमा चढेर भिरको चट्टान खोपेर बुद्धको मुर्ति निर्माण गरिहेका छन् । ‘शुरुवात वुद्धको मुर्तिबाट गरेका हौं, हाम्रा मौलिक धर्म सस्कृति र पहिचान झल्कने अन्य कुराहरु पनि बनाउछौं’ गुरुङले थपे । देवी देवता चित्र, लोप उन्मुख सस्कृतिका कुरालाई पहिलो प्राथमिकतमा राख्ने र अन्य सिर्जनात्मक कुराहरुको पनि चित्र बनाउँदै लैजाने उनले बताए ।
घर भित्र र बाहिर दुबै ठाउँमा ग्यालरी निर्माणलाई बिशेष जोड दिने गरी नियमित रुपमा बजेट समेत छुट्याउने गाउँपालिकाको योजना छ । धार्चे गाउँपालिकाले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न रचनात्मक कामले विशेष जोड दिएको छ ।


