संपादकीय
भुकम्प गएको तेश्रो वर्षा लाग्न अब धेरै दिन बाँकी छैन् । भुकम्प पछिको पुनर्निर्माण काम धमाधम भइरहेको छ । प्राधिकरणको तथ्याङ्क हेर्न हो भने अझै धेरै घर बन्न बाँकी छन् । लामो समय सम्म अस्थायी टहरामा बसेका पिडितहरुले अब घर बनाउन थालेका छैन् । सरकारले समय सिमा पनि निर्धारण गरेपछि पुनर्निमाणको कामले गति लिएको छ । उक्त समय सिमाको पालना गर्दै पिडितले घर बनाउने कामलाई प्राथमिकतामा राख्नु आवश्यक छ । आउँदै गरेको वर्खा अगाडी घर निर्माण सम्पन नसक्ने हो भने यो आगामी वर्खा पनि टहरामै बस्नु पर्ने अवस्था आउन सक्छ ।
त्यसको लागि पिडित स्वम् सक्रिय हुन परयो सरकारी निकायले उनीहरुलाई आवश्यक सहयोग समन्वयको प्रवन्ध पनि मिलाउन पर्छ । लाभग्राहीको सूचिमा नसमेटिएका धेरै पिडितहरुले अहिले सम्म घर बनाउन पाएका छैन्, । कतिपय पिडित सँगै घर बनाउनका लागि आवश्यक जमिन छैन । निर्माण सामाग्री, दक्ष जनशक्ति र इन्जिनियर÷ प्राविधिकहरुको समेत अभाव छ । यी कुरालाई ध्यानमा राखेर सरोकारवालाहरुले उचित प्रबन्ध गर्नुपर्छ । स्थानीय तह, पुननिर्माण प्राधिकरणले घर बनाउनका लागि स्थानीयलाई सजिलो हुने खालका निति तथा कार्यक्रम बनाएर पुनर्निमाण जोड दिनपर्छ । लाभग्राहीको सूचिमा नाम समाबेस भएका भुकम्प पिडितहरुले यथाशिघ्र घर बनाउन लाग्नु पर्छ । यदी वर्खा अगाडी घर बनाउन सकिन पनि पुननिर्माणको काम पछि धकेलिने छ । सबै मिलेर पुनर्निमाणको कामलाई जोड दिदै आउँदै गरेको वर्खा अगाडी नै सुरक्षित स्थानमा सर्न र सार्न सरोकारवाला सबैले पहल गरौं ।


