कैलासबावु श्रेष्ठ/गोरखा
फाल्गुण २९ गते । बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीलाई त्यहाँको अदालत दोषी ठहरयाएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ७ बोर्लाङ घर भई हाल साउदी अरबमा कार्यरत कुमार राना मगरले त्यहाँका कानून विपरित सवारी साधन चलाएको आरोपमा साउदी अदालतले २ लाख ९४ हजार रियाल जरिबाना तोकेको छ ।
कम्पनी अनुमिती बिना सवारी चालक अनुमती पत्र समेत नभएको अवस्थामा रानामगरले चलाएको भन्दै उनलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । मगर १ वर्ष देखि साउदी अरबको एक जेलमा सजाय भोगिरहेका छन् । उनले चलाएको सवारी सधानको ठक्करबाट साउदी नागरिक खालिद फाहद सगर घाईते भएका थिए । घाईते खालिदले साउदी अदालतमा क्षतिपुर्तिको मुद्वा दर्ता गए लगत्तै पक्राउ परेका मगरलाई अदालतले २ लाख ९४ हजार रियाल क्षतिपुर्ति तिनुपर्ने फैसला गरेको हो ।
उनलाई अदालतले दोषी ठहरयाएर ठुलो क्षति पुर्ति रकम माग गरेपछि मगर परिवार बिचल्लीमा परेको छ । रोजगारीमा पुगेका राना कारागरा चलान भएपछि परिवारको रोजिरोटी समेत गुम्ने अवस्था भएको भन्दै अहिले उनलाई छुटाउने प्रयास सुरु भएको छ ।
रोजगारीका लागि गएका मगर जेल जिबन बिताउन बाध्य भएको भन्दै गोरखा सेवा समाज कतारले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाइ सहयोग गर्न अपिल गरेको छ । उनलाई साउदी अदालतले तोकेको जरिबाना ८८ लाख २० हजार नेपाली रुपयाँ हो । मगरले मात्र यति ठुलो रकम तिर्न नसक्ने भएपछि विश्वभर रहेका नेपालीहरुलाई सहयोगका लागि अनुरोध गरिएको गैरआवासीय नेपाल संघ अनुरोध गरिएको कतारमा रहेका बुधवल गुरुङले बताए ।
उनी कतारका गैरआवासीय नेपाली संघका महासचिव समेत हुन भने गोरखा सेवा समाज कतारका संरक्षक समेत हुन । मगरले पनि आफू सानो गल्तीका कारण ठुलो सजाय भोग्न बाध्य भएको भन्दै सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।


