संपादकीय
जिल्ला अस्पताल १५ शैया बाट स्तरउन्नती भएर ५० शैयाको बन्दा खुसि नहुँदै सादय कोही गोरर्खाली थिएन होला । अब जिल्ला भित्रै बिशेषज्ञ सहितको स्वास्थ्य सुबिधा पाईने भयो भन्दै खुसिले गदगद भएका जनताको सपना अझै पुरा भएको छैन् । १५ शैयाको अस्पताल र अहिले ५० शैया हुँदा समेत जनताले फरक अनुुभुति गर्न नपाएको गुनासो गरिरहेका छन् । गोरखा जिल्ला काठमाण्डौसँग नजिक रहेर पनि धेरै पुर्वाधार नहुँदा डाक्टरहरु आकर्षित हुन सकिरहेका छैन् ।
अस्पतालको पुर्वाधार पनि उस्तै छ । हुन त सरकारले दरबन्दी सहित खटाएका डाक्टरहरुले जिल्लामा आएर सेवा दिनुपर्ने हो । नेपालमा धेरै जसो दरबन्दीका डाक्टरहरु काठमाण्डौमा बसेर जागिर पकाउँछन् । नाम मात्रको दरबन्दी यस्ता अस्पतालमा रहन्छ । यहाँ पनि त्यस्तै छ । विशेषज्ञ सेवा सुरु भए पछि हुनु पर्ने न्युनतम दरबन्दी र डाक्टर पनि खटाएको देखिन्छ तर उनीहरु यहाँ हाजिर हुन सम्म आउँदैनन् । तर हामी सबैले यो साझा सम्पती जिल्ला अस्पतालको स्तरउन्नतीका लागि पहल गर्नुपर्छ । पाटन अस्पतालको सहयोग अहिले रहेका डाक्टरहरुले यहाँको आवश्यकता त परिपूर्ति गरेका छन नै । यो अबस्था सधै रहला भन्न सकिदैन् । त्यसैले अस्पतालमा दरबन्दी अनुसारको डाक्टर ल्याउने र अन्य सेवा सुविधा पनि सँगै बिकास गराउँदै लैजानु आबश्यक छ । अस्पतालले वर्तमान अबस्था गरेका कामहरु निकै राम्रा छन् तर यतिले प्रयाप्त हुने अबस्था छैन । त्यसका लागि अब गोरखा नगरपाकिलाले पनि गम्भीर भएर सोच्नुपर्छ । अस्पताल प्रशासन, बिकास समिति र गोरखा नगरपालिका बसेर अस्पताल सञ्चालको स्पष्ट खाका बनाएर अगाडी बढ्नु आवश्यक छ ।




















