कैलासबावु श्रेष्ठ/गोरखा
मेरुदण्डमा चोट लागेर अपाङगता भएकाहरुविच गोरखा पहिलो पटक विभिन्न खेलहरु सम्पन्न भएको छ ।
स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना तथा हरमटारी क्लब र प्रगतिशित अपाङ्ग संघ गोरखाको सह आयोजनामा सदरमुकामको खेलकुद मैदानमा भएको बास्केटल बल र क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो । राजधानी पछि मोफसलमा पहिलो पटक भएको खेलमा विभिन्न ६ समूहको सहभागिता रहेको संघले जानकारी दिएको छ ।
संघले खेलकुद प्रतियोगीताले अपाङ्गता भएका व्यक्तिहरुलाइ सामाजिक तथा मानसिक रुपमा प्रवल बनाउने विश्वास लिएको छ । कार्यक्रमको समापन जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले गरेका थिए । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत समेतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
यसै बिच खेल सम्पन्न भएको साँझ गोरखाको नामजेली डाडाँमा रहेको नेपाली सेनाले सबै खेलाडीहरुलाई रात्री कालीन खाना खुवाएको थियो । सनिबार गोरखा दरर्बारको यात्रा संगै जिल्ला प्रहरी कार्यालय गोरखाले खाना बिहानी खाना खुवाएर खेलाडीहरुलाई राजधानी तर्फ बिदाई गरीने कार्यक्रम तय भएको छ ।
ह्विलचियर खेलहरु सम्पन्न
ह्विलचियर खेलहरु सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



