गोरखा समाचारदाता
साबिकको बुंकोट गाबिसकामा भएको निशुल्क आँखा शिविरमा २१३ जनाले आँखा जाँच गराएका छन् ।
शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ को संयुक्त आयोजना तथा लायन्य क्लव अफ गोरखा र हिमालय आँखा अस्पताल पोखराको प्राथमिक आँखा शिविरमा २१३ जना जँचाएका हुन । जसमध्ये १३१ महिला र ८२ पुरुषले आँखा जाँच गराएकोकमा १२ जना बिरामीमा मोतिबिन्दुको समस्या देखिएको छ ।
उनीहरुको आगामी २७ गते जिल्ला सदरमुकाममा हुने शिविरमा अप्रेशन गर्न प्रवन्ध मिलाइएको आयोजक शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । शिविरमा आँखा परिक्षण गराउन आएकाहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।




















