×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

घडेरी रेखाङ्कनका लागि एनआरएनएले थुतायो चिठ्ठा

  •  
  • सोमबार, फागुन २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    लाप्राकको गुप्सीपाखामा जग्गा रेखाङ्कन गरिएको छ । गैरआवासिय नेपाली संघ एनआरएनएले लाप्राकको गुप्सीपाखामा निर्माण गरिहेको एकिकृत बस्तीको जग्गा पिडित लागि विभाजन गरिएको हो । ‘हामीले जग्गाको रेखाङ्कन गरायौं, अब कसको जग्गा कुन पर्छ भन्ने एकिन भएको छ’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले भने । एनआरएनएका अध्यक्ष भवन भट्ट, प्रमुख कार्यकारी अधिकृत डाक्टर हेमन्त दुवाडी, इन्जिनियर सुवास अधिकारी लगायतको एनआरएनएका उच्च पदस्थ अधिकारीहरुको उपस्थितीमा स्थानीयलाई गोला थुताइएको हो ।

    ‘५७३ घरधुरीलाई १६ वटा ब्लकमा विभाजन गराएर रेखाङ्कन गरी आ–आफ्नो घडेरी छुट्याइयो हो’ अध्यक्ष गुरुङले भने । घडेरीको रेखाङ्कन भएपछि स्थानीय समेत खुसि भएका छन् । उनीहरुले यस अघि घर बनाउने क्रममा आफ्नो घर कुन पर्छ भन्ने एकिन नभएको भन्दै निर्माण कार्यका लागि आवश्यक सहयोग समेत गरेका थिएनन् । त्यस पछि एनआरएनएका तत्कालिन अध्यक्ष शेष घले चिठ्ठा थुताउने निर्णय गरेका थिए ।‘आफू बस्ने घर कुन पर्छ थाहा थिएन, भएको काठ, ढुङ्गा दिन पनि सबैले इन्कार गर्दै आएका थिए’ वडा अध्यक्ष राज गुरुङले भने ।

    सोही कार्यक्रममा उपस्थित भएका एनआरएनएका अध्यक्ष भवन भट्टले घरको भौतिक संरचना र छाना छाउने जस्ता पनि परिर्वतन गरिदिने उद्घोष गरेका छन् । ‘यहाँहरुको चाहना अनुसार नै घरको संरचना परिर्वतन गर्ने हामीले निधो गरेका छौ, छानामा अब प्लास्टिकको जस्ता प्रयोग गर्ने निर्णय भएको छ’ अध्यक्ष भट्टलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष गुरुङले भने । पहिले निलो रङको जस्ताले छाउने स्टेटमेन्ट भएपनि अब फाइबरको जस्ताले छाउने तयारी गरिएको छ ।

    गुप्सीपाखा निकै चिसो ठाउँमा रहेकाले हिउँ पर्ने र सधै शित परिरहने हुँदा जस्ताको छानामा समस्या हुने स्थानीयको गुनासोका आधारमा अहिले फाइबरको जस्ताले छाउने निष्र्कष निकालिएको हो । ‘तला छाप्ने ठाउँमा पनि माटो सट्टा काठ प्रयोग कुरामा भएको छ, त्यस बारेमा पनि उहाँले जानकारी गराउनु भएको छ’ गुरुङले भने । त्यसको लागि स्थानीयले पनि सहयोग गर्नुपर्ने प्रस्ताव राखिएको छ । उनीहरुले स्थानीय सामुदायिक वन मार्फत पुर्जी काठ काट्ने त्यसको ढुवानी देखि चिर्ने काम समेत एनआरएनएले गर्ने सहमती भएको छ ।

    ‘हाम्रो त्यहाँको काठ तला छाप्नको लागि त काम लाग्दै तर उहाँहरुले अरु काममा प्रयोग गर्नुहुन्छ तल्ला छाप्न आवश्यक काठ भने उहाँहरुले नै उपलब्ध गराउने बताउनुभएको छ’ अध्यक्ष गुरुङले भने । तला माथि बाँसले बारिएको ठाउँमा पनि ब्लक लगाउने बताइएको छ । फाइबरको जस्ता ल्याउने भएपछि पहिले ल्याएको मेटलको जस्ता बिक्रि गर्ने भट्टले बताएका छन् । भुकम्पको केन्द्रबिन्दु बारपाक नजिकै रहेको उक्त गाउँ भुकम्प पहिले देखि पहिरोको कारण जोखिम थियो ।

    पुरानो लाप्राक गाउँ भन्दा माथि पुप्सीपाखा भन्ने ठाउँमा एकिकृत बस्तीको रुपमा नयाँ बस्ती बसाउन लागिएको हो । विभिन्न कारण देखाएर भाखा राख्दै आएको एनआरएनएले आगामी असार मसान्त सम्म निर्माण काय सम्पन्न गरी घर हस्तान्तरण गर्ने बताउँदै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.