नरेन्द्र ढकाल/गोरखा
फाल्गुण २१ गते । जिल्लाका ५४ प्रतिशत लाभग्राहीको दोश्रो किस्ता रकम पाएका छन् । केन्द्रबिन्दु जिल्ला गोरखामा हालसम्म ३२ हजार ३ सय ९२ जना भुकम्प पिडितले दास्रो किस्ताको रकम बुझेका छन् । ‘३५ हजार भन्दा बढि लाभग्राहीको नाम दोश्रो किस्ताका लागि भवन डिभिजनले सिफारिस गरिसकेको छ, ३२ हजारले त पैसा नै पाईसक्नुभएको छ’ राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख बेद प्रसाद अर्चायले भने । यसै गरी १० हजार ४४५ घरको पुनर्निमाण सकिएको छ ।
ति मध्ये ७ हजार ५ सय ६६ को खातामा तेश्रो किस्ताको रकम समेत गइसकेको उनले बताए । ‘१० हजार भन्दाबढि घर बनिसकेको छन, ७ हजारले त तेश्रो किस्ता समेत पाइसक्नुभएको छ, अरु पनि प्रक्रियामा हुनुहुन्छ’ आर्चायले भने । भुकम्पको केन्द्रविन्दु गोरखा जिल्लामा हाल सम्म ५४ प्रतिशत भुकम्प पिडितले मात्र निजि आवास बापत दोस्रो किस्ताको रकम बुझेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला सचिवालय गोरखाको तथ्याङ अनुसार ५४ प्रतिशत भुकम्प पिडितले दोस्रो किस्ता बापतको रकम लिएको देखिन्छ । 
शहरी आवास तथा भवन डिभिजनबाट दोश्रो र तेश्रो सिफारिसका लागि सिफारिस भएका घरहरु मध्ये झण्डै ३/३ हजार घर समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय, बैङ्कहरुमा प्रक्रियामा रहेको आर्चायको भनाई छ । यदी शहरी आवास तथा भवन डिभिजनबाट सिफारिस भई आएका सबैकोे खातामा रकम पुग्दा यो प्रतिशत बढ्ने प्राधिकरणले बताएको छ । ‘सिफारिस भएका सबै लाभग्राहीको खातामा रकम पुग्ने बित्तिकै यो प्रतिशत बढ्छ’ उनले भने ।अझै ४६ प्रतिशत भुकम्प पिडितले अझै घर बनाउने तदारुकता देखाएका छैनन् । उनीहरुले पहिलो किस्ताको रकम बुझे पनि कतिपयले घर बनाउन नै सुरु गरेका छैन त केहीले डिपिसि गर्ने क्रममा रहेको बताएका छन् ।
जिल्लामा हाल सम्म १० हजार भुकम्प पिडितले निजि आवास पुननिर्माण सम्पन्न गरेका छन् । बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा २ हजार ५ सय घर निर्माण सम्पन्न भएसँगै गोरखामा १० हजार भुकम्प पिडितले निजि आवास पुननिर्माण सम्पन्न भएको उनको भनाई छ । आगामी असार मसान्त सम्म गोरखामा ८० प्रतिशत भुकम्प पिडितले निजि आवासको पुननिर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको दावी छ ।

अन्य जिल्लाको तुलनामा गोरखा जिल्लाको पुननिर्माण तिव्र गतिमा अघि बढेको आर्चायले दाबी गरे । पुनर्निमाणको क्रममा निजि आवास भन्दै विद्यालय, खानेपानी, स्वास्थ्य चौकी पुनर्निमाणको काममा बढि प्रगती देखिएको छ । पुरात्वात्विक सम्पदा पुनर्निमाणको कामले भने गति लिन सकेको छैन् । भुकम्पले भत्काएको गोरखा दरबारको पुनर्निमाण सुरु भए पनि अन्य मठमन्दिर, उत्तरी क्षेत्र गुम्बाहरुको पुनर्निमाणको काम अघि बढ्न सकेको छैन् ।


