गोरखा समाचारदाता
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र एकीकरण भएर बन्न लागेको पार्टीमा सबै पार्टी नेता, कार्यकर्ताहरुको मुल्याङ्कन गरेर स्थान दिईने बताउनुभएको छ । शहिद सुरेस वाग्ले (वासु) स्मृति प्रतिष्ठान गोरखाको प्रथम साधारणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बैचारिक सैद्दान्तिक लाईन एकीकृत पार्टीले प्रष्ट पार्ने र माक्र्सवादको विकास अझै उचाईमा पुरयाउने गरी पार्टी भित्र वैचारिक वहस हुने भएकाले त्यसमा सबैको हैसियत कायम हुने उहाँको भनाई छ । एकीकृत पार्टीसँगै नेताहरुमा रहेको भ्रष्टीकरण, गुटबन्दी निरुत्साहित हुने र जनतासँगको सम्बन्ध झनै बलियो हुने नेता श्रेष्ठको भनाई छ ।
चारित्रिक, सांस्कृति मुल्यमान्यतालाई आधार बनाएर काम गर्नुपर्ने बताउँदै पार्टी एकीकरणका लागि गरिएको पहलकदमीलाई सार्थक बनाइने उहाँको भनाई छ । पार्टी एकता सामान्य एकता नभएको दावी गर्दै यसको दुरगामी महत्व समेत रहेको नेता श्रेष्ठको भनाई छ । माओवादी केन्द्र गोरखा जिल्ला पार्टी पार्टीलाई सबैपक्षबाट शुदृढिकरण गर्नुपर्ने उहाँले बताउनुभयो । शहिद वेपत्ताजनहरुले परिवारका लागि भन्दा पनि देश र जनताका लागि बलिदान र त्याग गरेकाले क्रान्तिकारी आन्दोलनलाई देश र जनताको पक्षमा लगाउनुपर्ने बताए ।
शहिद र वेपत्ता जनहरुको उच्च सम्मान हुनुपर्ने नेता श्रेष्ठको भनाई छ । कार्यक्रममा माओवादी नेता हितराज पाण्डे, लेखनाथ न्यौपाने लगायतका नेताहरुले मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभाको अवसरमा प्रतिष्ठानले आँपपिपलमा निशुल्क स्वास्थ्य शिविरको समेत गरेको छ ।


