×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काठ ढुवानी थालियो १५ सय क्युफिट ल्याएपछि बाडिने

  •  
  • शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    फाल्गुण १८ गते । लामो समय चितवनमा थन्किएको काठको ढुवानी सुरु भएको छ । भुकम्प पिडितलाई वितरण गरिने अनुदानको काठको जिल्ला भित्रने क्रम सुरु भएको हो । ‘काठ ढुवानी सुरु भएको छ, ढिलै भएपनि जिल्लामा काठ आउन थालेको छ’ जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद भट्टले भने । अघिल्लो आर्थिक वर्षमा ठेक्का लिएको मनकामना सप्लार्यस हरमटारीले काठ ढुवानी नगरी समय गुजारेपछि ठेक्का रद्ध गरिएको थियो । केही समय अघि नयाँ प्रक्रियाबाट घिमिरे फर्निचर उद्योगले काठ ढुवानीको इजाजत पाएमा उसले ढुवानी थालेको हो ।

    अहिले सम्म झण्डै १५ सय क्युफिट काठ जिल्ला आइसेकेको जिल्ला वन पैदावार समितिका सदस्य सचिव समेत रहेका सहायक वन अधिकृत भट्टले बताए ‘ सुरुको दिन २७३, त्यसपछि ५००, अर्को दिन ८०० क्युफिट र आज पनि सोही परिमाणमा काठ आएको हामीले जानकारी पाएका छौ ।’ १५ सय क्युफिट काठ उपलब्ध भएपछि पहिलो चरणमा वितरण गर्ने वन कार्यालयको योजना छ ।

    गत वर्ष नै दोश्रो किस्ताको लागि सिफारिस भएका लाभग्राहीले घर निर्माणका आवश्यक काठ उपलब्ध गराइदिन माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए । ‘गएको जेठ अघि नै दोश्रो किस्तामा सिफारिस भएका, अन्य सामुदायिक वनबाट काठ नपाएकाहरुको निवदेन दिनुभएको छ उहाँले नै काठ पाउनु हुन्छ’ सहायक वन अधिकृत भट्टले भने । त्यतिबेला सहुलियतको काठ माग गर्दै ४५० भन्दा बढि लाभग्राहीले जिल्ला वन कार्यालयमा निवदेन दिएका थिए । जिल्ला वन पैदावार समितिले गत जेठ २५ गते गरेको निर्णय अनुसार ३१६ लाभग्राही काठ वितरण गरिने वन कार्यालयको भनाई छ ।

    यस अघि जिल्लाका भुकम्प पिडितहरुलाई ९० प्रतिसत छुटमा चितवनबाट ल्याउने भनिएको १० हजार क्यु फिट काठ कुहिएर खेर जान भन्दै चर्चा हुने गरेका थियो । ‘हामीले सार्वजानिक खरिद ऐन मिचेर काम गर्न मिल्दैन थियो, सबै कुरा प्रक्रियामा हुँदा केही ढिलाई हुन गएको हो अब काठ आउन थालेको छ’ जिल्ला वन अधिकृत जिवनाथ पौडेलले भने ।

    अहिले जिल्लामा पुनर्निर्माणको कामले तिब्रता लिइरहेका बेला भुकम्प पिडितले सहुलियतको काठ प्रयोग गर्न नपाए पनि जिल्ला वन कार्यालयको पहलमा निजि, कबुलियती, र सामुदायिक वन कटानी गर्न मिल्ने गरी मागको आधारमा स्वीकृती दिएको उनले बताए । उक्त काठ ल्याएपछि संकलन पिडितले बुझाएको १० प्रतिशत रकम जम्मा गरेर अरु काठ पनि ल्याउने योजना वन कार्यालयको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.