×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखालाई तामझामका साथ पुर्ण खोपयुक्त घोषणा गरिदै

  •  
  • शुक्रबार, फागुन ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • घोषणाको लागि मात्र ११ लाखको बजेट

    नरेन्द्र ढकाल/गोरखा
    फाल्गुण ११ गते । जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानमा अहिले सरोकारवालाहरु जुटेका छन् । १ वर्ष भित्रका बालबालिकाहरु नेपाल सरकारले तोकेको ११ किसिमका खोपको पहुँचमा रहेको भन्दै आगामी बुधबार गोरखा जिल्ला पुर्ण खोपयुक्त घोषणा गर्न लागिएको हो । ‘नेपाल सरकारको निति अनुसार हामीले सबै प्र्रक्रिया पुरा गरेर औपचारिक घोषणा मात्र गर्न लागेका हौं’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने । उक्त कार्यक्रमका लागि जिल्ला जनस्वास्थ्यले ११ लाखको बजेट बनाएको छ ।

    अतिथि सत्कार, झाँकी एवं ¥याली प्रस्तुती र खानपानका लागि उक्त रकम गर्न योजना बनाइएको छ । घोषणा सभाका लागि क्षेत्र नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रुपमा पहिलो पटक गोरखा आउँदै छन् । साथमा अन्य मन्त्रिहरु समेत कार्यक्रम सहभागी हुने स्रोतको भनाई छ ।

    घोषणा सभाका लागि गाउँ÷गाउँबाट ५ हजार भन्दा बढि दर्शक सहभागी गराउने जिल्ला जनस्वास्थ्य कार्यालयको योजना छ । ‘पाहुनाहरु आउनुहुन्छ, स्वागत संस्कार गर्नुप¥यो,गाउँबाट बसमा सहभागीहरु आउँछन्, मञ्च बनाउनु प¥यो, पानी चिया खाजा गर्दा त्यती खर्च त लागि हाल्छ नी’ जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने ।

    उक्त कार्यक्रमका लागि कार्यालयले २ लाख बजेट छुट्याएको छ भने स्थानीय तहहरु गाउँपालिकासँग ५० हजार र नगरपालिकासँग १ लाख मागिएको छ । जिल्ला स्वास्थ्यले रकम मागेपछि स्थानीय तहका प्रमुखहरुले सशंकित भएका छन । ‘लाभालस्कर मान्छे बोलाएर कार्यक्रम गर्ने कुरामा धार्चे गाउँपालिका सहमत छैन्, अनुत्पादक काममा पैसा खर्च गर्ने योजना छैन्, त्यसका लागि हामी पैसा दिन सक्दैनौं’ धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङले भने ।

    यता गोरखा नगपालिकाका प्रमुख राजनराज पन्तले पनि फजुल खर्च गर्ने गरी कार्यक्रम गरिए आपूmहरुको सहयोग नहुने बताएका छन् । जिल्लालाई पुर्णखोपयुक्त घोषणा गर्नु राम्रो काम भएपनि नचाइदो ठाउँमा खर्च गर्न नहुने उनको तर्क छ । ‘हामीलाई पैसा सहयोग गर्नुप¥यो भनेर चिठ्ठी आएको छ, पहिले उहाँको खर्च विवरण हेर्छौ अनि मात्र आवश्यता परे सहयोग गछौं’ गोरखा समाचारसँगको कुराकानीमा नगरप्रमुख पन्तले भने ।

    घोषणा सभाका लागि मात्र खर्च रकम माग गरेको भए उक्त रकम नदिने संकेत गर्दै उनले तामझामले गरिने कार्यक्रममा गोरखा नगरपालिकाको सहयोग नहुने बताए । पुर्ण खोपयुक्त घोषणाका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको संयोजकत्वमा मुल समारोह समिति बनाइएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्लाका सुरक्षा अङ्गका प्रमुखहरु, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुखहरु लगायतका सरोकारवालाहरु सहभागी छन् ।

    यसैगरी जनस्वास्थ्य प्रमुख पराजुलीको संयोजकत्वमा बनाएको उपसमितिले कार्यक्रमको लागि श्रोत जुटाउने देखि व्यवस्थापनको काम गरिरहेको छ । ‘हामीलाई स्थानीय तहले दिएको पैसाले मात्र पुग्दैन्, संघसस्था, व्यापारी उद्योगीहरु सँग पनि सहयोग मागिरहेका छौं’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पराजुलीले भने ।

    जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने कार्यक्रमलाई तामझाम पुर्ण बनाउनका लागि जिल्ला जनस्वास्थ्य प्रमुख पराजुली नेतृत्वको समितिले जिल्लामा क्रियाशिल संघ सस्था सँग पनि मोटो रकम बार्गेलिङ गरिहेको संघसस्थाहरुले मुख खोलेका छन् । ‘हामीसँग सहयोग गर्ने ठाउँ छैन, टाइट बजेट छ, जनस्वास्थ्यबाट सहयोग गर्नुप¥यो भनेर भनेर दबाब आइरहेको छ’ जिल्लामा क्रियाशिल एक एनजिओकर्मीले भने ।

    जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने महत्पुर्ण कार्यक्रमलाई अनावश्यक तामझाम पुर्ण बनाउन लागिएको भन्दै धेरैले आलोचना नगरेका छन् । यदी फागुन १६ गते जिल्ला सदरमुकामको रानी पोखरी परिसरमा एक भब्य कार्यक्रम गरी जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने सरोकारवालाको तयारी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.