गोरखा समाचारदाता
हरमटारी क्लबको आयोजनामा भइरहेको पाँचौ गोर्खाली रनिङ कप फुटवल अन्रतगत हिजो तेस्रो दिन दुइ खेल सम्पन्न भएका छन् । सदरमुकामको हरमटारी स्थित खेलकुद मैदानमा जारी प्रतियोगितामा हिजो पहिलो खेल गोरखकाली युथ क्लब दरवार र जनप्रेमी युवा क्लब जराङ बिच भएको थियो ।
उक्त खेलमा ४–३ को गोल अन्तरले गोरखकाली युथ क्लब बिजयी भएको आयोजक हरमटारी क्लबका जिवन गुरुङले जानकारी दिएका छन् । निर्धारित समयमा दुवै टिमको तर्फबाट एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइव्रेकरमा गएको थियो ।
त्यस्तै आयोजक हरमटारी क्लब र सगरमाथा युथ क्लब धादिङ बिच भएको दोस्रो खेलमा आयोजक क्लब पराजित भएको छ । प्रतियोगितामा ४–३ को गोल अन्तरले सगरमाथा युथ क्लब धादिङ बिजयी भएको हो । प्रतियोगीताको आज दुइ खेल सम्पन्न हुने आयोजक हरमटारी क्लबले जनाएको छ ।
पहिलो खेल नख्खीपोट युथ क्लब ललितपुर र युनाइटेड युथ क्लब तिनधारे बिच हुनेछ भने दोस्रो खेल संखुवासभा युनाइटेड क्लब र कुरिनटार बिच हुने क्लबले जनाएको छ । गत ७ गतेदेखि सुरु भएको खेल आगामी १४ गतेसम्म चल्नेछ ।



