×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धार्चेमा प्याराग्लाइडिङ सुरु गर्ने तयारी

  •  
  • बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    फाल्गुण १० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा प्याराग्लाइडिङ सुरु हुने भएको छ । सोको लागि आवश्यक अध्ययन समेत भइसकेको छ । धार्चे ५ सिङ्लाका स्थानीय मान बहादुर गुरुङले प्याराग्लाइडिङ उडानको तालिम लिएर पेसा सुरु गर्ने तयारी गरेका छन् । ‘एकदम सम्भावना छ, प्याराग्लाइडिङ गर्न आवश्यक हाइट पनि छ, ठाउँ पनि सुन्दर छ, अब म सुरु गर्छु’ गोरखा समाचारसँग कुराकानी गर्दै गुरुङले भने । जिल्लामा पोखराको सराङकोट भन्दा अग्ला चचुराहरु रहेपनि प्रवद्र्धनको अभावमा प्याराग्लाइडिङ ओझेलमा परेको भन्दै उनले गाउँपालिकाको समन्वयमा कम्पनी नै दर्ता गरी काम सुरु गर्ने बताएका छन् ।

    स्याङ्जाको बाबु एडभेन्चर प्रालि मार्फत प्याराग्लाडिङको कोर्ष गरेका गुरुङले धार्चे गाउँपालिकाको सम्भावित स्थानहरुबाट परिक्षण उडान समेत गरिसकेका छन् । ‘कम्पनी नै दर्ता गरेर काम गर्ने मेरा योजना छ, मैले त्यसको परिक्षण समेत गरिसकेको सकेको छु ’ गुरुङले भने । उनले धार्चेका ६ वटा डाँडाबाट उडान गरिसकेका छन् । बारपाक र लाप्राकको सिमानामा रहेका पुस्काङ डाँडा, लाप्राकको रिञ्जुलुङ र रुकाङ डाँडा लगायत ठाउँबाट परिक्षण उडान समेत भइसकेको छ । ‘रुकाङ डाँडाबाट हामीले गोरखाको छेवेटार, अजिरकोटको बालुवा बजार र आरुघाटमा समेत ल्याण्ड गर्न सकिन्छ, मैले परिक्षण गरिसकेको छु’ उनले भने ।

    मनास्लु पदमार्ग आउने पर्यटकहरुलाई प्याराग्लाडिङ मार्फत केही समय भुलाउन सकिने भन्दै उनले व्यवसायी रुपमा काम गर्ने योजना बनाएका हुन् । पछिल्लो समय गाउँ÷गाउँमा सडक पुग्ने क्रम बढेसँगै पदमार्गहरु छोटिएको भन्दै उनले पर्यटकलाई भुलाउने उचित माध्यम प्याराग्लाडिङ हुने तर्क अगाडी सारेका छन् । ‘पहिले लार्केपास गर्न १७/१८ दिन लाग्थ्यो, अहिले त माछा खोला सम्म गाडी नै जान्छ अनि ५/७ दिनमै लार्के पास गर्न सकिन्छ, यदि विचमा प्याराग्लाइडिङ पनि गराउन सकियो भने उनीहरु केही दिन भुुलाउन सकिन्छ’ उनले भने ।

    प्रचुरमात्रामा शाहसिक पर्यटनको सम्भावना रहेपनि सरकारी क्षेत्रबाट अहिले सम्म त्यसको प्रर्वद्धनका लागि काम नभएको भन्दै गुरुङले सरकारले उचित वातावरण निर्माण गरिदिए निजि क्षेत्रको आकर्षण बढ्ने बताए । ‘हामीले मात्र चाहेर हुँदैन, अहिले त स्थानीय सरकार समेत बनेको छ, सबै मिलेर काम गर्न सकियो भने धार्चेमा धेरै पर्यटक तान्न सकिन्छ ।’ पोखरामा जस्तो ताल नभएपनि सुन्दर हिमश्रृखला, हरियाली पाखापखेरा र गाउँबस्तीको दृष्य हेर्न पर्यटकहरु लालायित हुने भन्दै उनले प्याराग्लाइडिङले पर्यटनमा ठुलो टेवा पुरयाउने बताए । धार्चेको अलवा अहिले उनी गोरखा विभिन्न ठाउँहरुमा पनि प्याराग्लाडिङको सम्भाव्यता अध्ययनमा व्यस्त छन् । प्याराग्लाडिङ सुरु गर्नका लागि ९ लाख भन्दा बढि लागत आवश्यक पर्ने उनको भनाई छ । स्थानीय तहले उडाउने र अवतरण गर्नेको स्थानको व्यवस्था गरी आवश्यक पुर्वाधार निर्माण गरिदिने हो भने आफूले पर्यटकहरु ल्याएर भएपनि प्याराग्लाडिङ गराउन सक्ने बताए । अहिले जिल्ला सदरमुकाम गोरखामा रहेका गुरुङले गोरखाको उपल्लोकोट बाट परिक्षण उडानको अध्ययन गरिरहेका छन् ।

    उता धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले पनि प्याराग्लाडिङ लागि गाउँपालिका आवश्यक समन्वय गर्ने तयारी गरेको बताए । ‘हामी एक्लैले धार्चेमा केही गर्न सक्दैनौं, यसरी काम गर्छु भनेर आउनेहरुलाइ के सहयोग गर्नु पर्छ, गाउँपालिका सहयोग गर्न तयार छ’ अध्यक्ष गुरुङले भने । गाउँपालिकाले पनि पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.