गोरखा समाचारदाता
चितवनबाट जिल्ला सदरमुकाम गोरखा आउँदै गरेको यात्रुबाहक वस दुरघटना हुँदा १३ जना घाइते भएका छन् ।
आइतबार साँझ ४ बजे नारायणढबाट गोरखा बजार आउँदै गरेको ग १ ख ४०२१ नम्बर मिनीबस मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा दुर्घटनामा परेको हो ।
१९ जना यात्रु लिए आउँदै गरेको बस ओभरटेक गर्न खोज्दा दुरघटना भएको यात्रुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था सामान्य रहेको छ ।
अन्यको भने पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उक्त बस दासढुङ्गा नजिकैको खोरखोला पुलमा ओभरटेक गर्न क्रममा अनियन्त्रित भई खोलामा किनारामा खसको हो ।


