मोहसिन अलि मियाँ/गोरखा
फाल्गुण ४ गते । भिमसेन थापा गाउँपालिकामा फेरी विवाद पुनः बल्झिएको छ । असन्तुष्ट पक्षले सहमती अनुसार केन्द्र सार्न नदिएको भन्दै घ्याम्पेशालवाशी अन्दोलित भएका छन् । उनिहरुले बगुवावासीले अनावस्यक बखेडा झिकेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् । उनिहरुले बिहिबार घ्याम्पेशाल बजार बन्द गराएका छन् ।

उता असन्तुष्ट पक्षले भने गाउँपालिकाको केन्द्र सम्बन्धी विवादमा यसअघि जिल्ला प्रशासनमा भएको सर्बदलिय बैठकको सहमती कार्यान्वयन नभएको भन्दै आन्दोलनलाई निरन्त्रता दिने निर्णय गरेका छन् । उनिहरु बुधबारदेखि रिले अनशनमा बसेका छन् । लामो समय आन्दोलन भएर गाउँपालिकाको कामकाज ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा बैठक बसी असन्तुष्ट पक्ष सघं सहमती गर्ने फागुन २ गते देखि घ्याम्पेसालबाट काम गर्ने सहमती भएको थियो ।

सरकारले बगुवालाई गाउँपालिकाको केन्द्र प्रस्ताब गरेपनि भिमसेन गाउँपालिकको बहुमतले घ्याम्पेसाल सार्ने निर्णय भएपछि त्यहाँ केही समय यता आन्दोलन भइरहेको छ । स्थानीय तहको निर्वाचन भएको ६ महिना भित्र बहुमतले गाउँपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्ने कानून प्रावधान छ सोही अनुसार गाउँपालिकाको नाम समेत परिर्वतन गरेर भिमसेन थापा गाउँपालिका बनाइएको छ ।
उक्त निर्णय मन्त्रि परिषदले पारित गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।




















