×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

वारिपारि छिमेकी छुट्टयाउने रिङरोड

  •  
  • बुधबार, माघ २४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चेतना गुरागाईं र सुदीप श्रेष्ठ

    रिङरोड श्रृंखला– ३

    (सम्पादकीय नोटः गलत डिजाइनअनुसार बनेको रिङरोड निर्माण सम्पन्न नहुँदै पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। यसमा भएका गल्तीका विभिन्न पाटा र सुधार कसरी गर्न सकिन्छ भन्नेबारे हामीले रिङरोड श्रृंखला सुरु गरेका छौं।)

    सन् ७० दशकतिर काठमाडौं र पाटनको बाहिरी घेरामा २६ किलोमिटर लामो सडक बन्यो।

    त्यतिबेला सहर र गाउँ छुट्टयाउने त्यो सडकले आज गाउँलाई सहरसँगै मिसाएको छ। यसले अब सहरको बाहिरी रेखा खिच्दैन। बरु मध्यसहरको घनाबस्तीबाट कुद्छ, जहाँ दिनैभरि गाडी र मान्छेको घुइँचो हुन्छ ।

    हामी कुरा गर्दैछौं, रिङरोडको। तपाईं रिङरोडको जुनसुकै चोकमा उभिनुस्, सहरको बाहिरी घेरामा छु भन्ने एकरत्ति लाग्दैन।

    ग्वार्को चोककै उदाहरण लिउँ। यसले पाटनको पुरानो बस्ती मंगलबजारलाई इमाडोल, सानागाउँ र लुभूजस्ता पुराना गाउँसँग जोड्छ। यी पनि अब गाउँ रहेनन्। रिङरोड बनेपछि बाटो फैलियो। गाडी चढेर सहर गाउँ पस्यो। अपार्टमेन्ट ठडियो। हाउजिङ बन्यो। इमाडोलदेखि लुभूसम्मै दसौं हजार नयाँ बासिन्दा थपिए। ती दसौं हजार बासिन्दा दिनहुँ यही चोक हुँदै रिङरोड वारपार गर्छन्।

    बीस वर्षदेखि इमाडोल बस्दै आएका विवेक पाण्डे यो परिवर्तनका भुक्तमान हुन्।

    ‘हाम्रो घरको छतबाट खेत मात्र देखिन्थ्यो। हामी खेतको आली–आली हिँड्दै ग्वार्को पुग्थ्यौं। अचेल यही छतबाट अर्को घरको छत मात्र देखिन्छ। बाटो हिँडिसाध्य छैन। गाडी र मान्छेको हुलमुलले दिनैभरि कोलाहल हुन्छ,’ पुल्चोकबाट सरेका पाण्डे भन्छन्, ‘गाउँ थियो, हेर्दा हेर्दै सहर भयो।’

    सडकले सहर बनाउँछ। सहर बढेपछि सडक साँघुरिन्छ। साँघुरो सडकले सहर थेग्न सक्दैन। खुकुलो बनायो, सहरलाई नै खतराको घन्टी बनिदिन्छ।

    ग्वार्को मात्र होइन, पूरै रिङरोड फेरोको नियति यही हो । सहर विस्तारसँगै रिङरोड खुकुलो पारेर आठ लेनको बनाइँदैछ। आठ लेनको रिङरोड भोलि यही सहरलाई खतराको घन्टी बन्ने संकेत देखिँदैछ।

    रिङरोड परियोजनाका अनुसार कोटेश्वर–कलंकी खण्डको काम लगभग ८० प्रतिशत सकियो। दस किलोमिटर यो खण्ड आउँदो छ महिनाभित्र सञ्चालनमा आउने परियोजना प्रमुख प्रकाश भण्डारी बताउँछन्। जति जति काम सकिँदैछ, यस क्षेत्रका बासिन्दाको मुश्किल उति बढ्दैछ।

    अहिले देखिएको मुख्य समस्या पैदलयात्रुलाई हिँड्ने र बाटो काट्ने हो। यहाँ फुटपाथ छैन। जेब्रा–क्रस छैन। आकाशे पुल छैन। ट्राफिक लाइट कतै छैन। एकाध ठाउँमा फुटपाथ बनेका छन्। ती तीन जना नअट्ने साँघुरा छन्। फुटपाथ नभएका ठाउँमा पसलको पेटीमै हिँड्नुपर्छ। पैदलयात्रुलाई दिनहुँ संघर्ष छ।

    एक किलोमिटर दुरीमा एउटा आकाशे पुल बनाउने योजना छ। भण्डारीका अनुसार कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, बागडोल, एकान्तकुना, सानेपा र बल्खुमा पुल बन्ने छन्। दैनिक दसौं हजार यात्रु वारपार गर्ने सडक निम्ति यो संख्या पर्याप्त होइन। जेब्रा–क्रस बनाउने भनिए पनि संख्या यकिन छैन। कहाँ–कहाँ बनाउने पनि थाहा छैन।

    पैदलयात्रुलाई बाटो काट्न आकाशे पुल भरपर्दो विकल्प होइन। यसमा चढ्ने र झर्ने समस्या हामीले भोगेका छौं। यही समस्याले आकाशे पुल भएका ठाउँमा पनि यात्रु जोखिम मोलेर बीचबाटै बाटो काट्छन्। पुल्चोक, लबिम मल अगाडिको आकाशे पुल प्रायः सुनसान रहन्छ। त्यहीँमुनि गाडी छल्दै बाटो काट्नेहरू प्रशस्तै हुन्छन्।

    फराकिलो सडकमा बन्ने उत्तिकै फराकिलो आकाशे पुलले पैदलयात्रु अलमल्याएको हाम्रो अनुभव छ। कलंकीको आकाशे पुल चढेर अर्को छेउ झर्न कम्ता सास्ती थिएन। अस्वस्थ, वृद्ध, गर्भवती, केटाकेटी र शारीरिक अपांगता भएकालाई अझ गाह्रो हुन्छ।

    एक अध्ययनअनुसार राजधानीमा ५० प्रतिशतभन्दा बढी पैदलयात्रु छन्। गाडी हाँक्ने हैसियत भएकालाई आठ लेन सडक बनाइएको छ। पैदलयात्रुलाई भने बाटो काट्ने सुविधासम्म छैन।

    ‘सडक गाडी चलाउनेको मात्रै हो भन्ने मानसिकताको उपज हो,’ नेपाल इञ्जिनियर्स एसोसियन, सडक सुरक्षा इकाई प्रमुख लक्ष्मण केसी भन्छन्।

    फराकिलो सडकमा बाटो काट्ने सुविधा नहुँदाको मुश्किल अहिल्यै देखिन थालिसक्यो। आकाशे पुल नबनेको र पुराना जेब्रा–क्रस मासिएकाले पैदलयात्रु अलमलिन्छन्। बालकुमारी बस्नेले सडक नाघ्न कि बीच बाटोमै जोखिम मोलेर दौडिनुपर्छ, नभए कोटेश्वर चक्कर काट्नुपर्छ। मानिलिउँ, उनीहरूलाई लगनखेल जाने बस चढ्नुपर्यो। यस निम्ति रिङरोड काटेर पारि जानैपर्छ। अहिलेको संरचनामा कसरी जाने? बीचबाटै दौडिने पनि सडक नबनेसम्म हो। आठ लेन सञ्चालनमा आएपछि जब चिल्लो सडकको फाइदा उठाउँदै गाडी कुद्न थाल्छन्, यसरी दौडिनु दुर्घटना निम्त्याउनु हो।

    इञ्जिनियर केसीका अनुसार समस्याको हल आकाशे पुल होइन, जेब्रा–क्रस हो।

    आकाशे पुल धेरै ठाउँ बनाउन सकिँदैन। पैदलयात्रुलाई सकस मात्र थपिन्छ। जेब्रा–क्रस भने सहरी सडकमा २ सय ५० मिटरभित्र बनाउनुपर्ने अन्तर्राष्ट्रिय नियम छ। ‘प्रत्येक २ सय ५० मिटरमा जेब्रा–क्रस छ भन्ने थाहा पाएपछि चालकले गति बढाउन सक्दैन,’ केसीले भने।

    सडक निर्माण क्रममै फुटपाथ र साइकल लेन छुट्टयाउन पनि उनले सुझाए। ‘दुवैतर्फको सर्भिस लेनबाट एक–एक मिटर निकालेर साइकल लेन बनाउन सकिन्छ, त्योसँगै फराकिलो फुटपाथ बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा छाड्ने हो भने सडकमा गाडीको हानथापबाहेक केही हुन्न, पैदलयात्रु त्यही हानथापको शिकार हुन्छन्।’

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.