- फुटेको पाइप लाईन वषौं दिन सम्म मर्मत भएन
मोहसिन अलि मियाँ/गोरखा
माघ २ गते । पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाको कार्यलय नजिकै पाइपलाई फुटेको वर्षो भयो । गोरखा नगरपालिका वडा नम्बर ६ ढाँडगाँउ स्थित मुख्य पाइपलाइनबाट पानी चुहावट खेर गइरहेको छ । सदरमुकाममा पानीको हाहाकार छ । ‘हामीले कत्ति भन्यौ कत्ति, भन्दा भन्दा थाकिसक्यौ, बर्षदिन भन्दा बढि भइसक्यो, अध्यक्ष ज्यूले चासै दिनुहुन्न’ स्थानीय खिल बहादुर कुवँरले भने । सदरमुकाममा वितरणको लागि ल्याइएको मुख्य पाइपबाट नै २४ सै घण्टा पानी चुहावट हुदा मर्मतमा चासो नदिने कार्यालयले बजार क्षेत्रमा भने माग अनुसार पानी पु¥याउन सकेको छैन । स्थानीयले मर्मतका लागि महिनौदेखि कार्यालय र अध्यक्षलाई अनुरोध गर्दा समेत बेवास्ता गरेको कुवँर बताउँछन् । ‘म नै कति पल्ट अफिसमा गएर भने, अध्यक्षलाई भने, तर गर्छु गर्छु मात्रै भन्छन्, गर्ने कहिले होइन, एकतिर पानी अभाव छ, यता यसरी खेर गाछ ।’ 
चुहावट भएको स्थानबाट ढाँडगाँउका करिब ७ घरपरिवारले पानी उपभोग गर्दै आएका छन् । मुख्य लाइनको पाइप भएको हुदा २४ सै घण्टा पानी आउने हुदा ति घरहरुले भने मिटर नै नजोडी पानी उपभोग गर्दै आएको पाइएको छ । ‘अहिले पानी जोड्न कम्तिमा ५०÷६० हजार लाग्छ, २४ सै घण्टा फ्रिमा पानी आउछ किन पैसा खर्च गर्नु प¥यो, मैले त घरको ढलान नै त्यै पानीले गरेको’ नाम नबताउने सर्तमा एक स्थानीयले भने ।
चुहावट भएको स्थानबाट खानेपानीको कार्यालय मुस्किलले दुइ सय मिटरको दुरीमा छ । तर नाकै मुनी बर्षौदेखि मुख्य पाइपबाटै पानी चुहावट भएर जादा समेत कार्यालयले देखेको नदेख्यै गरेको स्थानीयको आरोप छ । ‘त्याइ अफिस छ, त्याइ ट्यांकी छ, अध्यक्ष सधै त्यही बाटो हिड्छन्, अनि आफ्नै अगाडीको कुरा त बनाउदैनन् भने अरु ठाँउको हालत कस्तो होला ?’ ढाँडगाँउ स्थित सरस्वती मार्ग टोल सुधार समितीका अध्यक्ष लक्ष्मण घलेले भने ।

खानेपानी कार्यालयले मर्मतका लागि उपभोक्तासंग चर्को रकम असुल्ने गरेको भएपनि मर्मतमा भने खासै चासो नदिएको विगतदेखि नै गुनासो आउने गरेको छ । बर्षदिन देखि पाइप फुटेर २४ सै घण्टा पानी चुहावट हुदा समेत कार्यालय रमिते बनेको घलेको आरोप छ । कार्यालयले मर्मतमा ध्यान नदिदा बजार क्षेत्रका घरमा भने पानी नचढ्ने, नियमित पानी नआउने समस्या भएको गुनासो बढेको छ । त्यस क्षेत्रमा पाइप समेत ब्यवस्थित नहुदा स्थानीय घरहरुले सास्ती भोग्नु परेको छ । ‘पाइप पनि ब्यवस्थित छैन, माथी माथी पाइप भएर घर भित्र आउन जान समेत जोखिम मोल्नु परेको छ, अध्यक्षलाई भन्यो म गाड्न लगाइहाल्छु भन्छन, गाड्ने कहिल्यै होइन’ टोल सुधार समितीका अध्यक्ष घलले भने ।

यता खानेपानी कार्यालयका अध्यक्ष विनोद अर्याल भने अब काम सुरु गर्ने बताउछन् । ‘हो समस्या छ, मैले स्टाफलाई भनिराको छु, अरु ठाँउमा पनि समस्या भैराको भएर त्याहा जान नभ्याएको हो, अब मै इनिसेशन लिएर भोलीबाटै गर्छु’ सो क्षेत्रमा धेरै ट्याक्टर गुड्ने भएकाले धेरै समस्या आउने गरेको अध्यक्ष अर्यालको तर्क छ । ढाँडगाँउको त्यस स्थानमा धेरै समस्या आएकाले केही माथील्लो स्थानबाट नयाँ पाइप लाइन बिस्तार गरेर नयाँ ट्याँकीबाट दुइ तिरबाट सप्लाई गर्ने बारे पनि कार्यालयमा छलफल भइरहेको अर्यालको भनाई छ ।


